Author: महेन्द्रनगर पोष्ट

सर्लाही: दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका-३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट रु एक लाख नल्याएको भन्दै पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए । यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समय अगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताए । ईदा बुबा मन्सुर साह फकिरले…

Read More

काठमाडौँ: नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा पूजा गरेकोप्रति टिप्पणी गरेका छन् । शनिवार प्रधानमन्त्रीले पशुपतिनाथ मन्दिरमा पूजा गरेपछि आइतवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सोप्रति टिप्पणी गरेका हुन् । उनले यही ’चिन्तन २०५२ सालतिर आएको भए राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ?’ भन्दै प्रश्न गरेका छन् । साथै भारतको इन्दौरमा गेरू बस्त्र लगाई पूजा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई आध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने बताएको समेत रावलले स्मरण गरेका छन् । ’प्रमं प्रचण्डले मन्त्रीहरूसहित पशुपतिनाथको दर्शन गर्नुभएछ । यस्तो चिन्तन उहाँमा २०५२ सालतिर आएको भए राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ?,’ उनले भनेका…

Read More

तनहुँ: तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो । जथाभावी रुपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारी साधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशन सहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । उनले भने, “नगरपालिकालाई वातावरणमैत्री शहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारी साधनमा अनिवार्य डस्टविन राख्न भनेका छौ ।” सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई पनि जथाभावी रुपमा फोहर नफाल्न यातायात समितिमार्फत् जानकारी गराउन निर्देशन दिइएको उनले बताए…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेरेर खप्तड थरुहट प्रदेश राख्न माग गरेको छ । आइतवार प्रदेश सभाको बैठकमा पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम खप्तड थरुहट राख्नुपर्ने माग गरेका हुन् । उनले प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधन गरी खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका छन् । ‘प्रदेशको लोगो संशोधन गर्न समिति गठन गरिएको कुराको स्वागत गर्न चाहान्छु, लोगो मात्र फेरिएर हुँदैन,’ चौधरीले भने, ‘प्रदेशको नाम पनि फेरिनुपर्छ । सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान भएको छ । नाम संशोधन गरिनुपर्छ…

Read More

धनगढी: नेकपा एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय विपरीत प्रतिष्ठानका रुपमा अघि बढाउने सरकारको घोषणाबारे सुदूरपश्चिम प्रदेश सरकारको धारणा मागेको छ । आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेश सरकारको धारणा मागेका हुन् । उनले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै आन्दोलन भइरहेका बेला प्रदेश सरकारको कुनै धारणा नआएको बताए । उनले प्रदेशवासीको आन्दोलनमा नेकपा एमालेको समर्थन रहेको समेत बताए । ‘गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको ऐक्यबद्धता छ तर यसबारे प्रदेश सरकारको धारणा के हो ?’ पाठकले भने, ‘हामीले यसअघिको बैठकमा पनि…

Read More

काठमाडौँ: रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा जिप चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा२०च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा–३ शान्तिकुन्जमा अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा जिपमा सवार अन्य पाँच जना घाइते भएका छन् । १७ वर्षीय सुशान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ र ३५ वर्षका विशाल श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कैलाली: गणतन्त्र दिवसमा आममाफी पाएपछि रिहा भएका रेशमलाल चौधरीले धरान जाने घोषणा गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले श्रमदान गर्न धरान जाने बताएका हुन्। उनले सामाजिक सञ्जालमार्फत धरानका मेयर हर्क साम्पाङलाई सघाउन जाने प्रतिबद्धता जनाएका छन्।

Read More

धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले प्रदेशसभा बैठक बहिष्कार गरेकी छिन्। कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रदेशबासी आन्दोलित भएकाले प्रदेश सभा बैठक बहिष्कार गरेकी हुन्. सभामा बोल्दै विष्टले भनिन्, ‘अहिले मेडिकल कलेज सञ्चालनका लागि प्रदेशबासी आन्दोलित छन्। आज बन्दको घोषणा पनि गरिएको छ। यस्तो समयमा प्रदेश सभा बैठक सञ्चालन हुनु उचित होइन तसर्थ बैठक स्थगित गरिनुपर्छ। साथै आजको बैठक म बहिष्कार गरेको छु।’

Read More

धनगढी: एमालेका नेता भीम रावलले कैलालीस्थित गेटामा निर्माणाधीन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको बारेमा मुख खोलेका छन्। उनले आइतबार सामाजिक संजालमार्फत सरकारले सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न बाध्य बनाएको बताएका छन्। उनले लेखेका छन्, ‘कैलालीको गेटामा शिक्षण अस्पताल सहितको विश्वविद्यालय बनाउने भनी धेरै ठूलो लगानी गर्दै भवन लगायतका पूर्वाधार बनिसकेपछि सरकारले अन्यथा गरी त्यहाँका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको? जनताको माग सुदूरपश्चिम कै आवश्यकता हो।तुरून्त पूरा गरियोस्।’ गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ। उक्त मागका लागि कैलालीमा १० दिनदेखि आन्दोलन भइरहेको छ। संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र…

Read More

धनगढी: भारतमा काम्का लागि गएका अछामका एक जनाको हत्या भएको छ। चौरपाटी गाउँपालिका-१ का झुसे साउँदको पञ्जाबको लुधियानामा हत्या भएको हो। भारतको पञ्जाबमा बसेर मजदुरी गर्दै आएका साउँदको त्यहीँ हत्या भएको परिवारले जनाएको छ। केही दिनदेखि बेपत्ता भएका साउँदको ४/५ दिनपछि हत्या गरिएको अवस्थामा शव भेटिएको बताइएको छ। हत्याको कारण भने खुलेको छैन। अहिले त्यहाँको प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सोही गाउँपालिकाकै वडा नम्बर ३ का एक जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More