Author: महेन्द्रनगर पोष्ट

नयाँ दिल्ली: भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए । नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । “जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ”, उनले भने, “नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो ।” महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाउने…

Read More

काठमाडौँ: आज सुनको मूल्य तोलामा एक लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हिजोको भन्दा तोलामा आठ सय रुपैयाँले धेरै हो । हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार सुनको मूल्य अझै बढ्ने सम्भावना छ । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको र सुनको आयातमा लाग्ने भन्सार दर समेत सरकारले बढाएकाले मूल्य अझै बढ्ने सम्भावना छ । आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

बैतडी: बैतडीको सुर्नया गाउँपालिका-५ को रडीगाउँमा लिफ्ट प्रणालीबाट खानेपानी पुगेको छ । गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टका अनुसार मुहानबाट झण्डै १८० मिटर उचाइमा रहेको गाउँमा आकुडी खोलाबाट खानेपानी पुर्याइएको हो । आकुडी खोला लिफ्ट खानेपानी योजनाबाट सुर्नया ५ को रडीगाउँ र धुलिधारमा खानेपानीको व्यवस्था गर्ने योजना रहेको छ । मुहानमा ३५ हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिएको छ । गाउँपालिकाका सब इन्जिनियर शेरसिंह विष्टले रडीगाउँमा पनि ३५ हजार लिटर क्षमताकै ट्यांकी निर्माण गर्ने योजना रहेको बताए । सुदूरपश्चिम प्रदेश सरकार र सुर्नया गाउँपालिकाको संयुक्त लगानीमा सो खानेपानी योजना निर्माण भइरहेको हो । ४० लाखको लागतमा निर्माण भइरहेको योजना अन्तर्गत रडीगाउँका घरघरमा…

Read More

धनगढी: हालै मात्र रिहा भएका रेशमलाल चौधरीले सरकारी सवारीको दुरुपयोग गरेको पाइएको छ। नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका चौधरीले टिकापुर नगरपालिकाको गाडी प्रयोग गर्दै आएका हुन्। अस्ती बुधबार कैलाली कारागारमा टीकापुर घटनाका बन्दीलाई भेट्न उनी नगरपालिकाकै से १ झ २९४ नम्बरको गाडी गाडीमा गएका थिए। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी सोमबार बिहान रिहा भएका थिए। राष्ट्रपतिले आममाफी दिएपछि उनी सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्। थरुहट थारुवान संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो। सोही घटनामा…

Read More

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनमा नेपालभित्र फेला परेका तर बाबु वा आमा पत्ता नलागेसम्म उनीहरूलाई नेपाली नागरिक मान्ने प्रावधान राखिएको छ। उनीहरूले १६ वर्ष उमेर पूरा गरेपछि वंशजको आधारमा नेपालको नागरिकता लिन सक्ने व्यवस्था ऐनमा राखिएको छ। https://drive.google.com/file/d/1zXINAYbu1_4sPlRZWf3dVCVPz-DK6M3v/view?usp=drivesdk

Read More

काठमाडौँ:  नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पुरा भएको छ । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो । उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, यो प्रतिवेदनप्रति आम नागरिकले विश्वास जताउन सकेका छैनन् ।  नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते भएको घटना सम्बन्धमा…

Read More

एजेन्सी: ८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमी कार्यक्रममा ढलेका छन्। उनी यहाँ दीक्षान्त समारोहमा सहभागी हुन आएका थिए। आफ्नो मन्तव्य सकिएपछि आफ्नो सिटतर्फ जाने क्रममा उनी मञ्चबाट ढलेका हुन् । वायुसेनाका अधिकारीहरूले उनलाई उठाएका थिए। उठ्न अलि अप्ठ्यारो परे पनि उनले उभिएपछि भने कसैको मद्दत लिएनन्। ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको जानकारी दिएका छन्।

Read More

धनगढी: सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कुनै पनि योजना सम्बन्धी भेटघाट नगर्न मन्त्रालयका सचिव तथा कर्मचारीलाई निर्देशन दिएका छन्। उनले एक बैठक डाँकेर सबै मन्त्री, लोकसेवा आयोग, निती योजना आयोग, सबै मन्त्रालयका सचिव तथा कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन्। मुख्यमन्त्री शाहले आगामी २०८०/०८१ को बजेट वक्तव्य नहुन्जेलसम्म योजना सम्बन्धी अनावश्यक भेटघाट नगर्न सबैलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका १६ मझगाउँबाट हिजो (बिहीबार) प्रेम नेपाली लागु औषधसहित एक जना पक्राउ परेका हुन्। प्रहरीका अनुसार भिमदत्त नगरपालिका १८ बस्ने २८ वर्षीय प्रेमको साथबाट साथबाट २ थान रेक्सोजेसिक एम्पुल, २ थान, फिनारगन तथा ६ वटा एम्पुल रेक्सोजेसिक फुटाएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। उनलाई अस्थायी प्रहरी पोस्ट मझगाँउको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

धनगढी: कैलाली र बैतडीबाट प्रहरीले करीब साढे २ लाख रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ । कैलालीको भजनी नगरपालिकाको कुटीबाट बिहीबार अवैध समानसहित भारतको लखिमपुर खिरीका २३ वर्षीय सरिफ अलिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार उनले चलाएको युपी३१एसी३७३९ को मोटरसाइकलमा ल्याइरहेको ६ पेटी र मोटरसाइकलसहित अन्दाजी एक लाख १० हजारको समान बरामद गरिएको हो । उक्त समान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ । यस्तै बैतडीको दशरथचन्द नगरपालिकाको गोठलापानीबाट भन्सार छलीको समान बरामद गरिएको छ। भारतबाट भन्सार छलि गरि ल्याएको चप्पल, छाता, पलाष्टिक, अचार, ज्वानो, बिडी, चाबी सलाई, मंगला तेल, बेसन, कापी, ताला,…

Read More