Author: महेन्द्रनगर पोष्ट

चितवन: नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ । रासस

Read More

धनगढीः प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर डोटी छोडेर कैलाली बसाईसराई गरेका छन् । कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बलायर डोटीबाट बसाइसराइ गरेर कैलाली झरेका हुन् । बलायर डोटीको शिखर नगरपालिका–८ बाट कैलालीको गोदावरी नगरपालिका–१० मा बसाई सरेका छन् । सोमबार बसाइसराइको प्रमाणपत्र उनका स्वकिय सचिव सुरत रावतले वडा कार्यालयबाट बुझेका छन् । डोटीलाई आधार बनाएर राजनीतिक यात्रा सुरु गरेका बलायर २०७९ को निर्वाचनमा कैलाली–४ बाट निर्वाचन लडेका थिए ।

Read More

बझाङ: बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएकी जामती धामीको शव फेला परेको छ । आइतबार हिमपहिरोमा परी बेपत्ता भएकी जिल्लाको जयपृथ्वी नगरपालिका-११ की १४ वर्षीया धामीको शव फेला परेको प्रहरीले बताएको हो । सुर्मा गाउँपालिकाको धानसेरा भन्ने लेकमा गएको हिमपहिरोमा परी मृत्यु भएका सोही गाउँपालिका-३ की ३८ वर्षीया रामकोइला देवी बोहरा र जयपृथ्वी नगरपालिका–११ की रमिता धामीको शव फेला परिसकेको छ । यस्तै, घटनामा ४१ वर्षीय उनका श्रीमान बाबजी बोहरा र जयपृथ्वी नगरपालिका-११ घर भएका १५ वर्षीय आकाश धामी घाइते भएका छन् ।

Read More

बैतडी: बैतडीमा छोटो दुरीका सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले छोटो दुरीका सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको हो । जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले जेठ १० गतेदेखि लागु हुने गरी नयाँ भाडादर निर्धारण गरिएको बताए । यस्तै, राजमार्ग तथा स्थानीय तहका ग्रामीण सडकका खल्डाहरु मर्मत गरी सडकलाई चुस्त राख्न डिभिजन सडक, पूर्वाधार कार्यालय तथा स्थानीय तहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ । यस्तै, क्षमताभन्दा बढी यात्रु नबोक्न र प्रशासनले गोठलापानी बजारमा गाडी पार्किङ नगर्न अनुरोध गर्दै निर्णयको अवज्ञा गरिए कारबाही हुने समेत बताएको छ ।

Read More

धनगढी: सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल (एसएसबी) का वरिष्ठ अधिकारीबीच सोमबार सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ वाहिनी अत्तरिया कैलालीले आयोजना गरेको बैठकमा भारतबाट दुई जना डीआईजीको नेतृत्वमा सुरक्षा अधिकारीहरु सहभागी थिए । बैठकमा दुवै पक्षले सीमा अपराध नियन्त्रणका लागि सहकार्य गर्ने सहमति जनाएका छन् । यस्तै सीमाबाट हुने चेलीबेटी बेचबिखन तथा मानव तस्करी रोकथाम, सीमा स्तम्भहरुको सुरक्षा, कोभिड–१९ महामारी रोकथाम र लागुऔषध, हातहतियार तथा विष्फोटक पदार्थ ओसारपसार नियन्त्रणका लागि एकआपसमा सूचनाहरु आदान प्रदान गर्ने सहमति भएको छ । दुवै देशका सुरक्षाकर्मीहरुबीच सीमावर्ती इलाकामा हुन सक्ने नक्कली मुद्रा (जाली…

Read More

खोटाङ: खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो । विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नं को ट्याक्टरले किचिएर प्रधानाध्यापक राईको मृत्यु भएको हो ।ट्याक्टर चढ्न खोज्दा उनी खसेका थिए । खसेपछि ट्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । रासस

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका–९ रतनपुरका स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । उक्त वडास्थित सिद्धनाथ–कालिका मन्दिरको सिमाङ्कनको माग राख्दै मन्दिर समिति र स्थानीयले सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा कर्यालयले मन्दिरको जमिन विवाद समाधान नगरेसम्म ताला नखोल्ने मन्दिर समितिले जनाएको छ । हुलाकी सडकखण्डसँग जोडिएको सिद्धनाथ–कालिका मन्दिरको करिब १८ कट्टा ४ धुर जमिनलाई वडा कार्यालयले पालिकाबाट अमिन बोलाई नापि गरी मन्दिरको जमिन छुट्याइसकेको छ । वडा कार्यालयले नापि गरी छुट्याएको जमिनमा पुनः वडा कार्यालयले नै विवाद ल्याउन खोजेको मन्दिर समितिका अध्यक्ष दिनेशराज भट्टको भनाइ छ । मन्दिर समितिलाई जानकारी नै नगराई स्थानीयको जमिन बचाउन वडाअध्यक्षले भूमिका खेलेको उनी…

Read More

धनगढीः कैलालीको धनगढीमा सञ्चालित निजी अस्पतालहरु मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) अनुसार धनगढीका निजी अस्पताल सञ्चालन नभएको पाइएको हो । सो मापदण्डअनुसार अस्पतालमा उपचारका लागि आउने विपन्न, असाहय, तथा बेवारिसे बिरामीका लागि कुल अस्पतालमा भएको बेड संख्याको १० प्रतिशत निःशुल्क अनिवार्य उपचार उपलब्ध गराउनुपर्ने भए पनि धनगढीमा त्यसको कार्यान्वयन नभएको देखिएको छ । उपमहानगरपालिकाले सूचना नै जारी गरेर मापदण्डअनुसार अस्पताल सञ्चालन गर्न भनेको छ । तोकिएको मापदण्डअनुसार अस्पताल सञ्चालन नभए कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

Read More

धनगढीः धनगढी र कञ्चनपुरको डोकेबजारबाट लागुऔषधसहित दुई पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट ७५ मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–८ का २६ वर्षीय समिर चौधरी पक्राउ परेका छन्। उनी आइतबार राति पक्राउ परेका हुन्। त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारका ४६ वर्षीय ऋषिराम कँडेल पनि लागूऔषधसहित पक्राउ परेका छन्। ७ सय मिलिग्राम लागुऔषधसहित उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीलाई सरकारले रिहा गर्ने तयारी गरेको बताइएको छ। स्रोतका अनुसार हालै सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका चौधरीलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाइएको हो। उनलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको बताइन्छ। कैद मिनाहा गरी रिहाइका लागि डिल्लीबजार कारागार कार्यालयमार्फत रेशमले महान्यायाधिवक्ता कार्यालयमा पत्राचार समेत गरिसकेका छन्। यस्तै सो पत्र माफी मिनाहाको प्रक्रिया अगाडि बढाउनका लागि गृह मन्त्रालयमा पठाउने तयारी भइरहेको कारागार स्रोतले बतायो। गृहबाट रेशमलाई माफी दिने प्रस्ताव मन्त्रिपरिषदमा जाने र त्यहाँबाट निर्णय भएर राष्ट्रपति कार्यालयसमक्ष सिफारिश गरिने गृह स्रोतले जानकारी दियो। माफी मिनाहा वा कैद…

Read More