Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ। कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ। उक्त बोलत बियरको भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै उक्त भिडियोमा उल्लेख छ। रोमनियामा जुन २५ गते अर्थात् हिजो आइतबार उक्त कार्यक्रम भएको थियो। यस घटनाबारे आधिकारिक जानकारी आउन बाँकी छ।

Read More

धनगढीः निरन्तर भइरहेको वर्षाका कारण आज नदीहरुमा आकस्मिक बहावको जोखिम रहेको छ। सोमवार बिहानको मापन अनुसार महाकाली, कोशी, कन्काई, नारायणी, कर्णाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेल्धुरा, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालिकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा, सिन्धुपाल्चोक र आसपास भई बहने केही स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ। उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह सम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले महाकालीको तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More

धनगढी: नक्कली डाक्टर बनेर ठगी गर्ने कञ्चनपुर परासन– ७ का २७ वर्षीय मातृकाप्रसाद जैसीले आफ्ना पूर्व प्रेमिकाहरुको हत्या गरेको समेत खुलेको छ। यसअघि उनले बिहे गर्छु भन्दै २ युवतीको पैसा खाएको खुलासा भएको थियो। आफूलाई डाक्टर हुँ भन्दै युवतीसँग ७८ लाख बढी ठगी गर्ने उनी अहिले प्रहरीको खोरमा पुगेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई हाल भक्तपुर कौशलटार बस्ने बस्दै आएका जैसीले नक्कली डाक्टर बनेर युवतीसँग बिहे गर्ने बहानमा ७८ लाख ठगी गरेको प्रहरीले जनाएको छ। जैसीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो। जैसीले आफू १२औं तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको थियो। एक युवतीलाई बिहे गर्ने भनेर…

Read More

डडेल्धुरा: केआइसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा मिनी ट्रक खसेको छ। सोमबार बिहान धनगढीदेखि बाजुरा जाँदै गरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। उक्त खाद्यान्न बोकेको ट्रक डोटीको जोरायल गाउँपालिका-२ बस्ने २३ वर्षका प्रकाश मल्लले चलाइरहेका थिए। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको बताइएको छ।

Read More

धनगढी: कैलालीका १३ वटा स्थानीय तहहरुमध्ये १२ वटा पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यताअनुसार कैलालीका १२ वटा स्थानीय तहहरुले आइतबार नगर तथा गाउँ सभा आयोजना गरि नीति, कार्यक्रम तथा बजेट पेस गरेका हुन्। सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० लागि अनुमानित एक अर्ब ९३ करोड बढी बजेट प्रस्तुत गरेको छ। धनगढी उपमहानगरपालिकाको कूल बजेटः एक अर्ब ९३ करोड आठ लाख २४ हजार दुई सय १८ रहेको छ। चालू तर्फः एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रहेको छ भने…

Read More

काठमाडौँ: पूर्वप्रधानमन्त्री केपी ‌ओलीसँग निकट रहेका प्रेम राई प्रमुख आयुक्त रहेका बेला अख्तियार दुरुपयोग आयोगले ओलीकै पालामा भएको ठूलो सम्पत्ति हिनामिनाको उजुरीमाथि छानबिन अघि बढाएको छ। राष्ट्र बैँकबाट ८० करोड रुपैयाँमा किनिएको १०३ किलो ७७३ ग्राम सुनमा करिब १० किलो हिनामिना भएको तथ्य महालेखा परीक्षकको कार्यालयले औँल्याएपछि आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको मन्दिरमा रहेको सुनको नापजाँच गरिरहेको छ। नापजाँचका लागि जलहरी निकालेपछि त्यसमा १३ जनाको नाम कुँदेको पाइएको स्रोतले जानकारी दिएको छ। केपी ओली प्रधानमन्त्री रहेको बेला राखिएको जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री ओलीसहित उनीहरु निकटका १३ जनाको नाम कुँदिएको पाइएको छ। राष्ट्रबैँकबाट किनिएको १०३ किलो…

Read More

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले ४५ करोड ३९ लाख ६ हजार बजेट ल्याएको छ। आइतबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उक्त बजेट गाउँसभाको १३औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्। जसमध्ये चालुतर्फ ९ करोड ५७ लाख ६० हजार, पूँजीगततर्फ १४ करोड १४ लाख ५३ हजार र शसर्ततर्फ २३ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम केहीदिनअघि अध्यक्ष उमेशप्रसाद भट्टले प्रस्तुत गरेका थिए। गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए। अधिवेशले बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको उनले बताए। अजयमेरुले चालु आर्थिक वर्षभन्दा बजेट घटाएर ल्याएको हो।…

Read More

धनगढीः हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। मधेस प्रदेशका धेरै भू–भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। भारी वर्षा र मेघ–गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।

Read More

धनगढी: काठमाडौँ महानगरपालिकाले सुदूरपश्चिम प्रदेश हाराहारीकै बजेट पेस गरेको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेशले ल्याएको हाराहारीकै बजेट ल्याएको हो । आज असार १० गते आफ्नो बजेट पेस गर्दै संघीय राजधानी समेत रहेको महानगरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यो बजेट प्रदेशहरूमध्ये सबैभन्दा न्यून बजेट ल्याएको सुदूरपश्चिम प्रदेशकोभन्दा ३ अर्ब ७२ करोड मात्रै कम हो । यसअघि, असार १ गते सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड रुपैयाँको बजेट पेस गरेको थियो । उक्त मितिमा सात वटै प्रदेशहरूले आफ्नो बजेट पेस गरेका थिए । र, ७ प्रदेशमध्ये सबैभन्दा न्यून बजेट ल्याउनेको सूचीमा…

Read More

धनगढी: नेपाली सेनाका पूर्व ११ जना उपरथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीको सल्लाहकार समितिमा मनोनीत भएका छन्। आज उनीहरु राप्रपाको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनीत भएका हुन्। स्रोतका अनुसार यसरी मनोनीत हुनेहरुमा  नेपाली सेनाका अवकाश प्राप्त उपरथी र सहायक रथीहरु रहेका छन्। जसमा उपरथी गजेन्द्रबहादुर लिम्बू (अप्रा) ताप्लेजुङ, उपरथी नरबहादुर कंडेल (अप्रा) गुल्मी, उपरथी समीर शाही (अप्रा) नवलपरासी ( डोटी पुर्ख्यौली घर), उपरथी शशीचन्द्र बहादुर सिंह (अप्रा) काठमाडौं, उपरथी सुवर्णबहादुर शाह (अप्रा) दाङ्ग, उपरथी भरतबहादुर खडका (अप्रा) भक्तपुर, उपरथी कुबेर थापा (अप्रा) ललितपुर, उपरथी संजय थापा (काठमाडौं), सहायकरथी खड्ग मल्ल (अप्रा)म्याग्दी, सहायकरथी प्रकाश सिंह बोगटी (अप्रा) मोरङ्ग, प्रा.डा.उपरथी होमकुमार लावती (अप्रा) पाँचथर…

Read More