Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा घोषणा गरिएको हो ।

Read More

काठमाडौँ: बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात् आईपीओ भरेमा कारबाही हुने भएको छ । घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट शेयर भरेमा कारबाही हुने जनाएको हो । अहिलेसम्म रकम नभएको वा अपुग रकम भएको बैंक खाताबाट आईपीओ भर्दा रद्दमात्रै हुने गरेको थियो । अब भने धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवम् जालसाजीयुक्त कारोबारअन्तर्गत कारबाही हुने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

Read More

काठमाडौँ: तीन करोड ५७ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनले अवकाश पाइसकेका छन्। राजभण्डारी सार्वजनिक सेवामा प्रवेश गरेको ३० फागुन ०५१ देखि ३१ भदौ ०७९ सम्मको आम्दानी र खर्चको अख्तियारले विश्लेषण गरेको थियो। उक्त अवधिमा उनको वैधानिक आय तीन करोड ८५ लाख ५१ हजार सात सय ४१ रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ । सोही अवधिमा उनको खर्च तथा लगानी सात करोड ४२ लाख २९ हजार छयासी रुपैयाँ देखिएको थियो। कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड ५६…

Read More

बैतडी: बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीमा पानी अभावले बन्द भएको प्रसुति सेवा सुचारु भएको छ । मेलौली नगरपालिका अन्तर्गत पर्ने स्याडी खोलाबाट ट्यांकरमा पानी लगेर प्रसूती सेवा सुचारु गरिएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । स्वास्थ्य चौकी छेउबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि स्वास्थ्य चौकीले अझै पानी भर्न पाएको छैन । प्रसूती भएका महिलाले स्वास्थ्यचौकी छोएमा पानी सुक्छ भन्ने अन्धविश्वासका कारण स्वास्थ्य चौकीले पानी पाउन नसकेको हो । स्वास्थ्य चौकीलाई पानी नदिएपछि जेठ २८ गतेदेखि प्रसूती सेवा बन्द गरिएको थियो । पानीको अभावमा प्रसुती सेवा बन्द भएपछि झण्डै ४६ किलोमिटर टाढाबाट २५ हजार बढी रुपैयाँ तिरेर पानी…

Read More

धनगढी: कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका–३ नारायणपुरमा विद्युतको पोलबाट करेन्ट लागेर सोही ठाउँका ३५ वर्षीय फुलाराम चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका चौधरीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: गेटा चिकित्सा विश्वविद्यालयको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। आज सोमबार गेटामा निर्मित संरचना हेर्न अस्तीदेखी कैलालीमा आन्दोलन गर्नेहरु गएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेर आन्दोलनकारीमाथि बल प्रयोग गर्दै बाहिर निकालेको हो। आन्दोलन गर्नेहरु गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीलाई भेट्न गएका थिए। सोही बेला आन्दोलनकारीहरूलाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेको जनाइएको छ। अस्पताल सञ्चालनको अवस्थाबारे बुझ्न गएका आन्दोलनकारीले डाक्टर जोशीसँग भेट गर्न पाएनन्। गेटामा युनिभर्सिटी माग गर्दै संघर्ष समितिले आन्दोलन गर्दै आएको छ।

Read More

धनगढी: कैलालीमा अवैध काठसहित फर्निचर सञ्चालकलाई पक्राउ गरिएको छ। सोमबार जिल्लाको कैलारी गाउँपालिका–२ उजेरीसिमरामा रहेको रामबिर फर्निचर उद्योगका सञ्चालक सोही ठाउँका ५४ वर्षीय रामकुमार चौधरीलाई पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले विशेष सूचनाका आधारमा चौधरीलाई एक लाख ७० हजार रुपैयाँ पर्ने १०६ दशमव ५१ क्युफिटका ७ वटा सालका गोलिया र १८ वटा सिलापट बरामद गरिएको जानकारी दिए। चौधरीलाई ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले पक्राउ गरेको थियो। चौधरीलाई काठसहित आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय उदासीपुरमा बुझाइएको प्रहरी निरीक्षक साउदले बताए।

Read More

काठमाडौं: भारत सरकारले त्यहाँको बाह्य गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुखमा रवी सिन्हालाई नियुक्त गरेको छ। भारतको बिहार राज्यका स्थायी बासिन्दा सिन्हा नेपाल मामिलाका जानकार हुन्। भारत सरकार कार्मिक, सार्वजनिक गुनासो तथा निवृत्तिभरण विभाग, कर्मचारी तथा तालिम मन्त्रालयको मन्त्रिपरिषद्को नियुक्ति समितिले सोमबार भारतीय प्रहरी सेवा (आइपीएस) मा १९८८ ब्याचका उत्कृष्ट अधिकृत सिन्हालाई प्रमुख गुप्तचर एजेन्सीको जिम्मेवारी दिएको हो। सिन्हा अन्तर्राष्ट्रिय मामिला र आन्तरिक आतंकवादविरुद्ध सशक्त कारबाहीका लागि कहलिएका सुरक्षा अधिकारी हुन्। उनी भारतको जम्मु–कश्मिर, उत्तर पूर्वी राज्यहरु र चरम वामपन्थी आन्दोलनका जानकार मानिन्छन्। हालका र’अ प्रमुख सामन्तकुमार गोयलले १५ असार (३० जुन, २०२३) बाट अनिवार्य अवकाश पाउने छन्।…

Read More

दार्चुला: बैतडीको डिलाशैनी गाउँपालिका-१ का ५० वर्षीय कमलकुमार राना लागुऔषध चरेशसहित दार्चुलाबाट पक्राउ परेका छन् । उनलाई दार्चुलाको शैल्यशिखर नगरपालिक- ९ नायलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । रानाको साथबाट एक केजी ७०० ग्राम लागुऔषध चरेश फेला परेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिएको सुन्धारास्थित केन्द्रीय कारागारभित्र आपराधिक क्रियाकलाप हुने गरेको पाइएको छ । गैरकानूनी मिटरव्याजीदेखि लुटपाटसम्म हुन थालेपछि गृहमन्त्रालय र विभागीय निकायमा उजुरीसमेत दर्ता भएको छ । एक महिला कैदीले उजुरी दिएकी हुन् । कारागारभित्रै कैदीका आफन्तले सीधै पैसा दिन नपाउने व्यवस्था छ । यसका लागि कारागारभित्र कैदीबन्दीका आफन्तबाट पैसा लिन रोकी ऋण लिन लगाउने र त्यस्तो ऋणको सयकडा ५ रूपैंयाका दरले हिसाब गरी मिटरब्याज उठाउने गरिएको छ । त्यस्तै कैदीबन्दीका लागि आफन्तले दिएको रकम मूल नाइकेले आधा कमिसन लिएर दिने गरेको पीडितको तर्फबाट दिइएको उजुरीमा उल्लेख छ । यस्तै कारागारभित्र लागुऔषध, चुरोट र मदिराको समेत गैरकानूनी…

Read More