Author: महेन्द्रनगर पोष्ट

स्याङ्जा – टिकापुर घटनाका मुख्य आरोपित रेशमलाल चौधरीलाई आममाफी दिएको प्रति स्याङ्जाको पुतली बजारमा विरोध प्रदर्शन भएको छ । पुतली बजार नगर कमिटी युवा सङ्घले र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन्। गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएपछि चौधरी सोमबार बिहान रिहा भए । एमालेको भातृ सङ्गठन युवा सङ्घसहित एमाले नेता सम्मिलित समूहले प्ले कार्ड बोकेर नारा लगाउँदै मुख्य बजार परिक्रमा गरेका छन्। टीकापुर घटनाका मुख्य दोषी चौधरीलाई तीन तहका अदालतले दोषी ठहर गरेको अवस्थामा सरकारले षडयन्त्रपूर्वक दिइएको आममाफीविरुद्ध विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले सरकार र राष्ट्रपतिविरुद्ध चर्को नारा लगाएका छन् ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका माछा र बोईलर कुखुरा नष्ट गरिएको छ । जिल्लाको लालझाडी गाउँपालिका–३ का ३८ वर्षीय रामबहादुर चौधरीले चलाएको म १ प ८५२ नम्बरको मोटरसाइकलमा भन्सार छली ल्याएका २५ किलो माछा र १ क्विन्टल २५ किलो बोईलर कुखुरा बरामद गरी नष्ट गरिएको हो । इलाका प्रहरी कार्यालय झलारी र बन्साहबाट खटिएको संयुक्त प्रहरी टोलीले कलुवापुर बेलौरी सडक खण्डमा मोटरसाइकलसहित माछा र कुखुरा बरामद गरेको प्रहरीले जनाएको छ । माछा र कुखुरा इलाका प्रहरी कार्यालय झलारीमा ल्याइ रितपूर्वक नष्ट गरिएको प्रहरीले बताएको छ। चालकलाई आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाएको जनाइएको छ।

Read More

धनगढी: सुदूरपश्चिममा सरकारी पुरस्कार बाँड्न विज्ञापन खोलिएको छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन दिन भन्दै सोमवार सूचना निकालेको हो । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन भनिएको छ । लोक संस्कृति, संगीत तथा नाट्य, भाषा तथा साहित्य र ललितकलातर्फ गरी चार विधामा पुरस्कार प्रदान गरिने र सोका लागि आवेदन दिन सूचनामा भनिएको छ । यसरी सार्वजनिक सूचना निकालेर आवेदन माग गरेपछि सर्जक तथा श्रष्टाहरुले आपत्ति प्रकट गरेका छन् । यसले पुरस्कारजस्तो कुरालाई ‘भिख’ मागेजस्तै माग्नुपर्ने अवस्था दर्शाउने र यसको औचित्यतामा प्रश्न उठ्ने उनीहरुको तर्क छ । यो सूचना केही दिनयता व्यापक विवादित बन्दै आएको…

Read More

काठमाडौं: टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध मृ‌तककी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको छ । उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् । सरकारले चौधरीलाई आम माफी दिने तयारी गरेपछि शारदा रिट लिएर सर्वोच्च पुगेपनि त्यस दिन दर्ता भएको थिएन । चौधरी सोमबार माफी पाएर जेलमुक्त भइसकेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटको पेशी बुधबारका लागि तोकिएको जानकारी दिए ।

Read More

काठमाडौँ: भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख नयाँ दिल्लीतर्फ लागेका छन् । प्रमुख राघवप्रसाद भट्नागर नेपाल वायुसेवाको उडान नम्बर आरए २०५ बाट बिहान साढे ८ बजे गएका हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसम्बन्धी रिपोर्टिङका लागि गएका बताइएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि चारदिने भारत भ्रमणमा जाने कार्यक्रम छ । उनी शनिवार स्वदेश फर्कनेछन् ।

Read More

काठमाडौंः उमेर नपुगेकी किशोरी बलात्कारको आभियोगमा मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको बचाउमा युवाहरुको एक समूहले आज काठमाडौंमा धर्ना दिएको छ। आज बिहान माइतीघर मण्डलामा सन्दीपको न्यायको लागि भन्दै विप्लव खड्का, प्रदिप कटवाललगायत युवाहरुले शान्तिपूर्ण धर्ना दिएका हुन् । अदालतमा लामिछानेको मुद्दाको पेशी तोकिने भनिएकै दिन उनलाई जोगाउन, साथ दिन र पक्षमा उभिन भन्दै विप्लवलगायत केही युवा धर्नामा उत्रिएका हुन्। नेपाली क्रिकेट टोलीका महत्वपूर्ण खेलाडी लामिछानेविरुद्ध बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। पटक–पटक स्थगित हुँदै आएको उनको मुद्दाको सुनुवाई आज पनि रोकिएको छ।

Read More

काठमाडौँ: अमेरिकाको न्युयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । यो सडकलाई नामकरणका लागि गएको छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र यूएसए नेपाल क्लाइम्बर्स एसोसिएशनले सिटीसँग पहल गर्दै आएकामा गएको अप्रिलमा न्युयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो । क्लाइम्बर्स एसोसिएशनका अध्यक्ष पासाङनिमा शेर्पाले भने, ‘सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर यो सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ । हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्युयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो ।’ कार्यक्रममा…

Read More

धनगढीः धनगढीबाट एक फरार प्रतिवादी पक्राउ परेका छन्। सोमवार धनगढी उपमहानगरपालिका–७ बेलीका ३६ वर्षीय मेलाराम रानालाई पक्राउ गरिएको हो। उनी चेक अनादर लेनदेन मुद्दामा फरार रहेका थिए। उनलाई धनगढी–२ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। कैलाली जिल्ला अदालतले २०७८÷०४÷१० गते रानालाई ५ सय जरीवाना सजाय सुनाएको थियो। आवश्यक कारवाहीका लागि उनलाई कैलाली जिल्ला अदालतमा पठाएको प्रहरीले बताएको छ।

Read More

काठमाडौँ: धनगढीस्थित निसर्ग अस्पतालमा उपचाररत बैतडीको पुर्चौँडी नगरपालिका ८ मल्लादेहीका ३८ वर्षीय डम्मर सार्कीलाई सांसद जानकी ऐर बमले सहयोग गरेकी छन् । आर्थिक अवस्था कमजोर भएका सार्कीलाई प्रदेश सभा सदस्य बमले सहयोग गरेकी हुन् । यही जेठ ३ गते राति हाटबजारबाट घर फर्कँदै गर्दा धन्तडा तुणकट्याको भीरबाट लडेर उनी घाइते भएका थिए । चार दिन आइसीयूमा राखेर उपचार गरिएका उनलाई जनरल वार्डमा राखिएको र उनी बेहोस अवस्थामा रहेको बताइएको छ । सार्कीलाई बचाउनका लागि आर्थिक सहयोग जुटाउन अभियान पनि सञ्चालन गरिएको छ । उनलाई उत्तम सर्कीको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर १२४०७०१००००००६ मा पैसा जम्मा गरी सहयोग गरिदिन…

Read More

धनगढीः महोत्तरीमा हतियारधारीहरुको एउटा समूहले एनएमबी बैंक लुटेको छ। महोत्तरी गाउँपालिकामा रहेको उक्त बैंकको शाखामा पसेर उनीहरुले नगद लुटेका हुन्। दिउँसोको समयमा बैंक लुटिएको प्रहरीले जनाएको छ। दुई वटा मोटरसाइकलमा आएको समूहमा चार जना थिए। मुख छोपेर बैंक भित्र पसेका लुटेराले सरासर पैसा लिएर गएको बताइन्छ। प्रहरीका अनुसार बैंकभित्र र बाहिरको सीसीटिभी फुटेजमा उनीहरुले सजिलैसँग बैंक लुटेको देखिएको हो। हतियार बोकेका उनीहरु सरासर बैंक काउण्टरमा गएर त्यहाँको रकम झोलामा हालेर सजिलैसँग बाहिरिएका हुन्। लुटिएको रकमबारे यकिन भइनसकेको बताइन्छ। प्रहरीले उनीहरुको खोजी जारी रहेको बताएको छ। यता, बैंकले औपचारिक रुपमा केही बताएको छैन।

Read More