Author: महेन्द्रनगर पोष्ट

हुम्लाः हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्याछरा भिरबाट कर्णाली नदीमा जिप खसेको छ। सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जिप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिपमा चालकसहित १३ जना सवार थिए । हाम फालेर बाँच्न सफल भएका चालक जनकपुरका २५ वर्षीय राजेश लामा सख्त घाइते भएका र उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ। उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको बताइएको छ ।

Read More

काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो। सो भेटवार्तामा दुवै नेताका बिचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए। ‘हामीबीच राजनीतिक भेटघाट भएको हो। भेटमा उहाँले साह्रै अन्यायमा पर्नुभएको बताउनुभयो’, रेशमले भने। ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए। उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के-कस्ता यातना दिएको कुरा स्मरण गरेको रेशमले बताए। गणतन्त्र दिवसमा आममाफी पाएर रिहाइ भएका रेशम चौधरी पछिल्लो…

Read More

धनगढी: भारतमा एक नेपाली महिलाको ज्यान गएको छ। कञ्चनपुर स्थायी घर भएकी निर्मला रावल सेठीको मुम्बईमा मृत्यु भएको हो। आफन्तका अनुसार जेठ ३१ गते उनी मृत फेला परेकी थिइन्। उनी झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ। तर, मृतकका बुबा र माइती पक्षले भने उनको हत्या भएको आरोप लगाएका छन्। उनीसितै बस्ने २ नन्दहरुले हत्या गरेको आफन्तको आरोप छ। कैलालीको गोदावरी नगरपालिका माइत भएकी मृतकको गत माघमा बिहे भएको थियो। बिहेपछि उनी भारत गएकी थिइन्। त्यहाँ उनी श्रीमान, नन्दहरु र सासू ससुरासित बस्दै आएकी थिइन्।

Read More

धनगढी: प्रहरीले कैलाली र कञ्चनपुरबाट ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। आइतबार साँझ कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरमा सोही ठाउँका १९ वर्षीय नबीन कठरीयालाई खानतलास गर्दा उनको साथबाट प्रहरीले दुई सय मिलिग्राम ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले कठरियालाई पक्राउ गरेको थियो। त्यस्तै हिजो साझनै कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझामा सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र बडायकलाई प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेको अवस्थामा खानतलास गर्दा उनको साथबाट ०.३७ मिलिग्राम ब्राउनससगर भेटिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बडायकलाई पक्राउ गरेको हो। घटना सम्बन्धमा थप…

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेका एक व्यक्तिबाट लागुऔषध फेला परेको छ। भीमदत्त नगरपालिका–१२ ओदालीका २७ वर्षीय शंकरदत्त भट्टको साथबाट अवैध रेक्सोजेसिक औषधीको ८ सिसी, जेनारगन २ सिसी, अवैध चरेशको २ डल्ला पाइएको प्रहरीले जनाएको छ। भट्टले चलाएको बा७१प ३१६९ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा उनी घाइते भएका थिए। दुर्घटनापछि उद्दार गर्न पुगेको प्रहरी टोलीले उनको साथबाट ती लागुऔषधीको फेला पारेको थियो। प्रहरीले घाइते भट्टलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

काठमाडौं: नेकपा एमालेका सांसद तारा लामा तामाङले तराईमा गर्मी बढिरहेको र रोपाइँको सिजन चलिरहेका वेला अघोषित लोडसेडिङ नगर्न माग गरेका छन्। हिजो प्रतिनिधिसभाको शून्य समयमा बोल्दै तामाङले भने, ‘कञ्चनपुर जिल्लाको बेलडाँडी, लालझाडी, बेलौरी र पुनर्वास क्षेत्रमा अघोषित लोडसेडिङ र विद्युत् आएको वेला पनि पावर डिमको कारण यस्तो तराईको गर्मी र रोपाइँको वेला सो क्षेत्रका जनताहरूले ठूलो सास्ती व्यहोर्नुपरेकोले सो समस्यालाई छिटोभन्दा छिटो समाधानको लागि सम्बन्धित निकायसँग जोडदार माग राख्छु।’

Read More

कैलाली: कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। सोमबार बिहान गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा नामथर, वतन नखुलेकी अन्दाजी २५/३० वर्षकी महिला मृत फेला परेकी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक महिलाले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन्। घटनासम्बन्धमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट थप अनुसन्धान भइरहेको बताइएको छ।

Read More

बैतडी: बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरुमा आज शोक बिदा दिइएको छ।  नगरपालिकाको वडा नम्बर ८ स्थित कमलपुर माविमा कार्यरत लेखा कर्मचारी राजसिंह बिष्टको निधन भएको शोकमा विद्यालयहरुमा शोक बिदा दिइएको हो। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सोमबार पालिकाभरीका विद्यालयहरुमा शोक बिदा रहेकाले पठनपाठन नहुने जनाएको हो।  जण्डीसबाट ग्रसित बिष्टको यही असार १ गते शुक्रबार राति ४३ बर्षको उमेरमा निधन भएको भएको थियो।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढालाई टेलिफोन सम्पर्क गर्न रुख चढेको सम्झना ताजै छ । नेपाल टेलिकमको ‘टावर’ पुगेपछि अहिले उनको बाध्यता हटेको छ ।  उनी अहिले नेपाली सिमकार्डकै प्रयोग गरेर टेलिफोन सम्पर्क गर्ने गर्छन् । “यहाँ टावर नहुँदा नेपाली सिमबाट सम्पर्क गर्न डाँडो वा रुख उक्लिनुप¥थ्यो, त्यसैले अधिकांश स्थानीयले भारतीय सिम प्रयोग गर्थे”, उनले भने, “अहिले यो बाध्यता हटेको छ, बिजुलीसँगै टावर बनेपछि सहजै सम्पर्क हुन्छ ।” कञ्चनपुरको दुर्गम भेगका रुपमा चिनिने भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुँडिखेलले स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणमा गति लिएको छ । विकासका पूर्वाधारबाट पछाडि परेका चुरे फेदीका यी बस्ती सडक…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाले आज देखि आफ्नो क्षेत्रभित्र रहेका सिनेमा हलमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ। महानगरका प्रमुख बालेन शाहले आइतबार भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश नहटाएपछि आजदेखि महानगरमा भारतीय फिल्मलाई प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन्।  उनले भनेका छन्, ‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ । नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।…

Read More