Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा भन्सार छलीका २ लाख बढीका सामानसहित मोटरसाईकल फेला परेको छ। जिल्लाको भजनी नगरपालिका–५ हलुवाघाट जंगलमा भारतबाट भन्सार छलीगरि ल्याएका जुता, चप्पल, प्लाष्टिक पाईप अन्दाजी १ लाख ६१ हजार ५० मुल्य बराबरको सामान फेला परेको छ। शनिवार इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सामानसहित मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। से.४ प.१४१२ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । उनकी ९० वर्षीया आमा डम्बरकुमारी थपलियाको शुक्रवार निधन भएको हो । प्रमुख निर्वाचन आयुक्त थपलिया तीन भाइमध्येका कान्छा हुन् । उनका दुई जना दाइहरुमध्ये जेठा योगराज थपलिया र माइला सुरेश थपलिया हुन् ।

Read More

धनगढी: धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ । उप–महानगरपालिकाको वडा नम्बर २ ट्राफिक चौराहमा भारतबाट भन्सार छली ल्याएका नौँ हजार मूल्य बराबरका सामान बरामद गरिएको हो । चिनी, ललिपप, पास्ता, माउन्टेन डिउ, बिडी लगायतका सामानहरु बेवारीसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै, धनगढी–१९ थापाघाटमा भारतबाट भन्सार छली ल्याएका १० हजार मूल्य बराबरका चिनी, पास्ता बेवारिसे अवस्थामै फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिका-१ पशुपति टोलका शेख मुनिर अहमदको घर नेपाल कम्युनिष्ट पार्टीले कब्जामा लिएको छ । मुनिरको घरमा सूचना टाँस गर्दै नेपाल कम्युनिष्ट पार्टीले घर कब्जामा लिएको जनाएको हो । जनताको आग्रहमा घर कब्जा गरिएको जनाउँदै सूचनामा लेखिएको छ,‘सयौँ जनालाई घरबारविहीन बनाउने, कयौँलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौँलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घर जनताको आग्रह र सहभागितामा जननियन्त्रणमा लिइएको छ ।’ नेपाल कम्युनिष्ट पार्टीले अहमदलाई कुख्यात मिटरव्याजीको संज्ञा दिँदै लेखेको छ, ‘कुख्यात अपराधिका अन्य चल–अचल सम्पत्तिको सूचना पाउने बित्तिकै जफत गरिनेछ र सो सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहनेछ ।’

Read More

बैतडी: बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउद पेसाले शिक्षक हुन् । उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउँछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्ने गरेको छ । गाउँमा उनी ‘नमूना कृषक’का नामले पनि चिनिँदै आएका छन् । साउदले तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका हुन् । लोभलाग्दो तरिकाले तरकारी खेती गर्दै आएका साउदले वार्षिक रू चार लाखसम्म आम्दानी गर्छन् । साउदलाई तरकारी खेतीका लागि शिवनाथ गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ । पोलिहाउसभित्र गरिएको तरकारी खेतीमा अहिले गोलभेँडा, बन्दा उत्पादन भएका छन् । पोलिहाउसमा लटरम्म फलेका…

Read More

धनगढी: कृष्णपुर नगरपालिकामा खाद्य अधिकार र लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी कानुनी प्रावधानबारे छलफल गरिएको । परिवर्तनका लागि कार्यरत युवा समुह, नेपाल (याक नेपाल) को आयोजना र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि– बर्ड) को सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। याक नेपालको खाद्य अधिकार सवलिकरण प्रयोजनाका परियोजना संयोजक देवि खनालले नगरपालिकाले भुमी हिनका लागि करार खेतीका लागि नगरपालिकाले पहल गर्नु पर्ने बताएका छन्। उनले नगरपालिकाले खाद्य अधिकार समुन्वय समति बनाएर यस क्षेत्रमा कार्य गर्नु सक्ने सुझाव दिएका छन्। लैङ्गिक उत्तरदायी बजेट ल्याउन पनि उनले आग्रह गरेका छन्। कृष्णपुर नगरपालिका वडा नम्बर २ र ४ मा रहेका मुक्त कमैयाका…

Read More

धनगढी: शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा सुदूरपश्चिम टुर सम्पन्न भएको छ। असार १ गते धनगढीको जलशा होटल र असार २ गते महेन्द्रनगरको ओपेरा होटलमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा अबको शिक्षा कस्तो हुनुपर्छ ? लगायत अबको शिक्षा प्रणाली र शिक्षा क्षेत्रको विषयमा छलफल गरिएको थियो। सो कार्यक्रममा स्कुलका अध्यक्ष इ.डा.मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलाललगायतका व्यक्तिहरुको उपस्थिति थियो। कार्यक्रममा शिक्षाको विषयमा उनीहरुले खुलालले प्रशिक्षात्मक प्रस्तुती राखेका थिए। काठमाडौंको विशिष्ट स्कुलका रुपमा स्थापित काठमाडौं वल्ड स्कुलले पछिल्ला…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–१० भुडा लठ्ठाघाट स्थित नेपाल भारत सीमा नजिकबाट टमाटर, बोडी, हरियो खुर्सानी, काक्रा, सिम्ला मिर्च, भिण्डी लगायतका १५ हजार मूल्य बराबरको तरकारी बरामद गरिएको हो । प्रहरीका अनुसार ती तरकारी बेवारिसे अवस्थामा फेला परेको हो । यस्तै, बेलौरी–२ बैजुडाँडाबाट अवैध रुपमा भंन्सार छली ल्याएका ९० हजार आठ सय मूल्य बराबरका कुरकुरे, चिसो पेय पदार्थ, मैदा, लिचि लगायतका पनि बरामद गरिएको छ । सामानसँगै से.७ प.७१५ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: सशस्त्र प्रहरीका जवान महेन्द्र बिकको मृत्यु भएको छ । बाँकेमा कार्यरत उनको हिजो राति मृत्यु भएको हो । मृगौला रोगबाट पीडित उनको कर्णाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता राजेन्द्र खड्काले महेन्द्रनगरपोष्टलाई बताए ।

Read More

स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने ९ वर्षीय बालक हर्षित देवकोटाको हत्या गरेका हुन् । शुक्रबार साँझ हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटनापश्चात् फरार रहेकोमा प्रहरीले पुतलीबजार–१ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । हत्याको कारण खुल्न सकेको छैन । रासस

Read More