Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

Read More

धनगढी : सुदूरपश्चिममा बजेट शुन्यताको अवस्था आएपछि प्रदेश प्रमुख नजीर मियाँले साउन ८ गते संसदको विषेश अधिवेशन आह्वान गरेका छन । विहीबार मात्रै राती १२ बजेटबाट लागुहुने गरी प्रदेश प्रमुख मियाँले संसदको बजेट अधिवशन अन्त्य गरेका थिए । संसद अधिवेशन अन्त्य भएपछि आज संसदको एक चौथाई प्रदेश सभा सदस्यहरुले हस्ताक्षर सहित विषेश अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख मियाँले साउन ८ गतेका लागि विषेश अधिवेशन आह्वान गरेका हुन । संविधानमा संसदको अधिवेशन अन्त्य भएको अवस्थामा कम्तीमा पनि एक चौथाई सांसदहरुले हस्ताक्षर गरि विषेश अधिवेशन माग गर्नसक्ने प्रावधान छ । मुख्यमन्त्री सोडारीले असारको ३० गते संसदको बजेट अधिवेशन अन्त्य गर्न भन्दै प्रदेश…

Read More

काठमाडौं : श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ । युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । एसिया कपमा तेस्रो पटक सहभागी भएको नेपालले पहिलो जित निकालेको हो । नेपालका लागि सम्झना खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । सम्झना टी-२०आईमा अर्धशतक प्रहार गर्ने पाँचौँ नेपाली खेलाडी बनेकी छन् । यसअघि इन्दु बर्मा, सीता रानामगर, पूजा महतो र रुविना क्षेत्रीले अर्धशतक प्रहार गरेका थिए । ओपनर सम्झनाले ४५ बलमा ७२ रनमा अविजित रहिन् । रुविना क्षेत्रीले १०, सीता रानामगरले ७, कप्तान…

Read More

धनगढी: धनगढीमा एक विवाहित युवती मृत अवस्थामा भेटिएकी छन्। धनगढी उपमहानगरपालिका-४ नवजीवन अस्पताल पछाडि बस्ने सुनिल चौधरीको श्रीमती २३ वर्षीया राधिका चौधरी मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बाेहाेराले चाैधरी बिहीबार घरमै मृत अवस्थामा फेला परेकी बताए। उनकाअनुसार उनी मृत भेटिएको कुरा आफन्तहरुले नै प्रहरीमा जाहेर गरेका थिए। घटनास्थल कार्य समाप्त गरेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै दुवै दलले मुख्यमन्त्री सोडारीलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष २०८१/०८२ को प्रदेशको बजेट किन आएन ? अथवा किन अरु जायज विकल्पहरु खोजिएन ? यसको जवाफ त सरकारले दिनु नै पर्ला तर आर्थिक डेडलकको अवस्थामा आइपुग्दा अल्पमतमा रहेको कामचलाउ सरकार र मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त्र गर्न नेपाली काँग्रेस र नेकपा (एमाले) कैलाली आग्रह गर्दछ।’ प्रदेशसभामा प्रस्तुत गरेको बजेट समेत अलपत्र पारेको भन्दै बजेटमाथि छलफल गर्नमा जानाजान ढिलासुस्ती…

Read More

काठमाडौं: नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति)का सम्बन्धमा कुनै कैफियत नरहेको स्पष्ट पारेको छ। सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममितिसम्बन्धी विवरणमा आशंका गर्ने ठाउँ नरहेको बताए।  रथी सिग्देलले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पहिलोपटक लिएको नागरिकता र ‘प्रथम प्रतिलिपी’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मितिमा कुनै फरक नरहेको उनले स्पष्ट पारे।  रथी सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी)को प्रमाणपत्र (२०४० भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट जारी)मा जन्ममिति २०२३ माघ १९ उल्लेख छ। यस्तै, विसं २०४३ भदौ…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ। प्रदेश सभाको सचिवालयका अनुसार आज राति १२ बजेदेखि सुदूरपश्चिममा चालू चौथो अधिवेशन अन्त्य भएको हो। प्रदेश सभा सचिवालयले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु चौथो अधिवेशन बिहिबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको जनाएको छ। सो अधिवेशन प्रदेश प्रमुखको कार्यालयको पत्रमार्फत अन्त्य भएको हो। यस अगाडि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २९ असारमा प्रदेश प्रमुखलाई प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो। तर, प्रदेश प्रमुख उक्त सिफारिसलाई बेवास्ता गर्दै काठमाडौँ गएपछि आज पुनः उतै पत्र पठाइएको थियो। त्यसकारण अधिवेशन अन्त्यमा ढिलाई भएको थियो।…

Read More

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–७ देवरीयामा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालक विवेक राना र रामनारायण चौधरी घाइते भएका हुन्। से ६ प ६९९७ र से ७ प ३९७९ नम्बरका मोटरसाइकल दुर्घटना घाइते भएका चालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै डोटीमा ट्याक्टर दुर्घटना भएको छ। केआईसिह गाउँपालिका–३ बासुदेबिमा ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा २ जना घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Read More

धनगढी: धनगढीस्थित विमानस्थललाई सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट ‘सरल’ले डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण गरेका छन्। आज (बिहीबार) प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा मन्त्री भाटले बोर्ड हस्तान्तरण गरेका हुन्। विमानस्थलका प्रमुखले मन्त्री भाटबाट स्मार्ट बोर्ड बुझेका थिए। स्वास्थ्य तथा सुरक्षा सम्बन्धि जनचेतनामूलक सामग्री प्रदर्शनीका लागि उक्त बोर्ड हस्तान्तरण गरिएको हो। सो बोर्डमा यात्रुलाई जनचेतनामूलक सूचना देखाउने, स्वास्थ्य सम्बन्धि र विमानस्थल सुरक्षाका लागि सूचना तथा जानकारीहरु प्रदर्शनी गराइने जनाइएको छ। सो बोर्ड विमानस्थलले आफ्नो क्षेत्रमा लगाउने छ।

Read More

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ स्वास्थ्य समस्याको कारण देखाउँदै काठमाडौँबाट नफर्किएपछि सरकारले पठाएको पत्र काठमाडौं पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रममा काठमाडौँ गएका प्रदेश प्रमुखले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको सिलबन्दी पत्र उतै पठाइएको हो । बिहीबार उक्त पत्र काठमाडौँ पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २९ असारमा प्रदेश प्रमुखलाई प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने सिफारिस गरिएको जनाएको छ तर प्रदेश प्रमुख उक्त सिफारिसलाई वेवास्ता गर्दै काठमाडौँ हिडेको भन्दै सरकारले उनको भूमिकामाथि प्रश्न उठाएको छ । प्रदेश प्रमुखको कार्यालयले भने उनी काठमाडौँ उडिसकेपछि मात्र सरकारको पत्र प्राप्त भएको…

Read More