Author: महेन्द्रनगर पोष्ट

धनगढी : बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाँउपालिका–५ की ३४ वर्षीया बिन्दु चन्दको भिरबाट लडेर मृत्यु भएको गाँउपालिका प्रवक्ता केशवबहादुर चन्दले बताए। मंगलबार घाँस काट्ने क्रममा कोट भिरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको उनले बताएका हुन्। मृतक चन्द महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हुन्। उनी उदयदेव आधारभुत स्वास्थ सेवा केन्द्रमा विगत १३ वर्षदेखि स्वंयमसेविकाको रुपमा कार्यरत थिइन।

Read More

बैतडीः बैतडीमा ‘माल’ थर परिवर्तनका लागि दुई सय जनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। माल थरकै कारण महिला र पुरुषलाई अप्ठ्यारो महसुस भएपछि परिवर्तन गर्नु परेको उनीहरुको भनाइ छ। डिलासैनी गाउँपालिका–६, गोकुलेश्वरका क्षेत्री समुदायका करिब दुई सय जना थर परिवर्तनका लागि प्रशासन कार्यालय पुगेको निवेदक रमेशसिंह मालले बताए। विद्यालय र क्याम्पसमा पढ्ने युवतीलाई थरका कारण समस्या हुन थालेको छ। साथीभाइले सहर बजारमा बसेर पढ्ने महिलालाई यो थरबाट बोलाउँदा हेपेको र जिस्क्याएको जस्तो लाग्न थालेपछि थर नै परिवर्तन गर्नुपरेको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले थर परिवर्तनका लागि दुई सय जनाको निवेदन आएको जानकारी दिँदै माल थर परिवर्तन…

Read More

कञ्चनपुरः कञ्चनपुरको उत्तरी चुरे तटीय क्षेत्रको एक गाउँमा प्रहरी चौकी स्थापना गरिएको छ। बेदकोट नगरपालिका–८ गैलनदीमा प्रहरी चौकी स्थापना गरिएको हो। बेदकोट नगरपालिका–८ का वडाध्यक्ष महेशराज जोशीले वडाको स्थानीय शान्ति सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए। पछिल्लो समय बढ्दै गएको गैरकानुनी गतिविधि लागुऔषधको सेवन, ओसारपसारजस्ता कामकारबाही नियन्त्रण गर्न चौकी स्थापना गरिएको हो। सो अवसरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले गाउँमा शान्ति सुरक्षा अमनचयनका लागि अहिले अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको बताए। गाउँमै प्रहरी चौकी स्थापना भएपछि स्थानीय हर्षित भएका छन्। प्रहरी नहुँदा गाउँमा चोरी तस्करी, लागुऔषधको कारोबार, मदिरा बेचबिखनदेखिका गैरकानुनी गतिविधि नियन्त्रण हुने अपेक्षा…

Read More

काठमाडौं : भारतको लोकसभा निर्वाचनमा भाजपाको चर्चित भनाइ थियो जो रामको लाए है, उसको हम लाएंगे । अर्थात् जसले राम मन्दिर पुननिर्माण गरेर राम ल्याए, उसलाई हामी (जनता)ले जिताउँछौं । चुनावको मुखैमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम मन्दिरको प्राण प्रतिष्ठान गरेका थिए । यसले विपक्षी पार्टीहरूलाई निकै संकटमा परेको थियो । मुस्लिम शासकको पालामा १६ औं शताब्दीमा ध्वस्त पारिएको राम मन्दिरलाई सोही ठाउँमा पुनस्स्थापित गर्न भारतमा लाखौंको ज्यान गएको थियो । राम मन्दिरको एजेण्डा लिएरै भाजपाले चुनाव जितेको थियो । भारतको लोकसभामा सबैभन्दा धेरै ८० सीट बोकेको उत्तर प्रदेशलाई भाजपाले आफ्नो दुई तिहाई बहुमतको…

Read More

धनगढी : कञ्चनपुरमा तत्कालीन नेकपा माओवादीका लडाकु पूर्वजनमुक्ति सेना, सहिद, घाइते एवं बेपत्ता परिवारलाई बाख्रा वितरण गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–३ नम्बर वडाले पूर्वजनमुक्ति सेना, सहिद एवं बेपत्ता परिवारलाई बाख्रा वितरण गरेको हो। सोमबार कृष्णपुर नगरपालिका–३ ले पूर्वजन सेना, सहिद परिवार, घाइते र बेपत्ता भएका आफन्तका परिवारलाई बाख्रा वितरण गरेको हो। कृष्णपुर नगरपालिका–३ का वडाध्यक्ष खेमराज चौधरीले वर्तमान व्यवस्था ल्याउनमा पूर्वजनमुक्ति सेना, सहिद परिवार, घाइते र बेपत्ता योद्धाको महत्वपूर्ण भूमिका भएकाले सम्मानस्वरूप एक–एक उन्नत जातका बाख्रा प्रदान गरेर सम्मान गरिएको बताए। वडाध्यक्ष चौधरीका अनुसार पूर्वजनमुक्ति सेना नौ, सहिद परिवार ६ र बेपत्ता एक परिवारलाई बाख्रा र प्रमाणपत्रसहित सम्मान गरिएको छ।

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिका-७ सुनकुडामा रहेको पुष्पान्जली सहकारीका अध्यक्ष रघुनाथ जोशीलाई बचतकर्ताहरुले दिनदिनै कुट्ने गरेका छन्। बचतकर्ताहरुले आफ्नो रकम हिनामिना गरेको भन्दै अध्यक्षमाथि दिनदिनै गालीगलौच र हातपात गर्ने गरेका हुन् । रघुनाथ माओवादी केन्द्र बझाङका स्थानीय नेता हुन्। उनले माओवादी कार्यकर्ताहरू जम्मा गरेर बनाएको पुष्पान्जली सहकारीमा झण्डै २२ लाख बढी हिनामिना गरेका छन्। रघुनाथले सहकारी हिनामिना गरेपछि, जिल्ला मालपोत कार्यालयले उक्त संस्थाका १७ जना पदाधिकारीहरूको घरजग्गा रोक्का गरेको छ। सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग २०७५ चैत २८ गते ५० लाख कर्जाको सम्झौता भएको थियो। उक्त कर्जा लिनका लागि सञ्चालक समितिका पदाधिकारीहरूले घर जग्गा धितो राखेका थिए। सम्झौतापछि…

Read More

धनगढी : कैलालीका १३ स्थानीय तह मध्ये अधिकांश स्थानीय तहमा अधिवेशन भइसकेको छ । ती मध्ये धनगढीमा भएको एमाले पालिका अधिवेशन मार्फत महिला नेतृत्व निर्वाचित भएको छ । धनगढी उपमहानगरपालिकामा भएको निर्वाचनमा अन्य दुई उम्मेदवारलाई पछि पार्दै अम्बिका विष्ट निर्वाचित भएकी हुन् । उनले १२८ मत पाउँदा अर्का उम्मेदवार कमल सिंह रानाले ६९ मत र मदन रेग्मीले ४७ मत पाएका थिए । त्यस्तै उपाध्यक्षमा पर्वत चौधरी निर्वाचित भएका छन् भने सचिवमा चन्द्र प्रकाश जोशी, उपसचिवमा सरस्वती चन्द र जनक ढकाल निर्वाचित भएका हुन् । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी हो । यो संगै एक मात्र महिला अध्यक्ष विष्ट हुन्…

Read More

धनगढी : नेकपा एमालेको धनगढी उपमहानगर कमिटिको अध्यक्षमा अम्बिका विष्ट मल्ल विजयी भएकी छन् । बिष्ट धनगढी उपमहानगरपालिका कमिटिको नेतृत्वमा पुग्ने पहिलो महिला समेत बनेकी छन् । बिष्ट कमलसिंह राना र मदन रेग्मीलाई पराजीत गर्दै अध्यक्षमा विजयी भएकी हुन् । कुल खसेको सदर मतमध्ये बिष्टले १२८ मत पाएकी छन् भने अर्का उम्मेदवार कमल सिंह रानाले ६९ मत र मदन रेग्मीले ४७ मत मात्रै प्राप्त गरेका हुन । उपाध्यक्षमा पर्वत चौधरी निर्वाचित भएका छन् भने सचिवमा चन्द्र प्रकाश जोशी विजयी भएका छन् । उपसचिवमा सरस्वती चन्द र जनक बुढा निर्वाचित भएको नगर निर्वाचन समितिले जनाएको छ । एमालेको नयाँ नेतृत्व चयनका…

Read More

धनगढी: नेकपा एमालेको धनगढी उपमहानगरपालिका कमिटीको सदस्यमा युवा नेता आयुश ओली निर्वाचित भएका छन्। उनी सर्वाधिक मतसहित पालिकातर्फबाट निर्वाचित भएका हुन्। हिजो सम्पन्न नेकपा (एमाले) धनगढी उपमहानगरपालिका कमिटीको दोस्रो अधिवेशनबाट उनी नगर सदस्यमा निर्वाचित भएको बताइएको छ। धनगढी उपमहानगरपालिका २ घर भएका उनी राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटीको सहसचिव पनि हुन्। उनी युवाहरुमाझ लोकप्रिय छन्।

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् । बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए । १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।

Read More