Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: जापानको सेन्दाइमा भएको बस दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। थापा सेन्मोन गाक्कोउमा अध्ययनरत थिए भने तामाङ निहोनगो गाक्कोउमा। सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या देखिएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। सोही क्रममा बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। ट्रकको ठक्करपछि बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिकाले जग्गाको वर्गीकरण सुरु गरेको छ। भू–उपयोग नियमावलीअनुसार वेदकोटले जग्गाको वर्गीकरण गरेको हो। सोमवार नगरपालिकाले एक कार्यक्रम गरी भूउपयोग निमावलीअनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण गरेको छ। नगरप्रमुख भोजराज बोहराले जग्गाको वर्गीकरण विवरण तथा नक्सा भूमि तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख तेजबहादुर चन्द र नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्करराज पाललाई हस्तान्तरण गरे थिए। जग्गालाई आवासीय, व्यवसायीक र कृषि क्षेत्रलगायत १० वटा क्षेत्रमा वर्गीकरण गरिएको नगर प्रमुख बोहराले बताए।

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका- ५ स्थित सुकासालमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद भएको छ।हिजो साँझ प्रहरीले समान जाँच गर्दा दुवै पक्षबिच विवाद मच्चिएको हो। भारतीय सीमावर्ती शहर वनबासाबाट दुई पाङ्ग्रे साधनमा मालसामान क्यारिङ्ग गर्दै आएका उनीहरु आक्रोशित भएर सुकासालस्थित प्रहरी बिटमा तोडफोड समेत गरेका छन् । प्रहरीले चेकजाँचका नाममा अनावश्यक दुःख दिएको उनीहरूको आरोप छ। झडपमा दुवै पक्षका केही व्यक्ति घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ।  तोडफोडमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन्।

Read More

धनगढी: सुदूरपश्चिमको प्रि–बजेट छलफल काठमाडौँमा गरिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरुबीच मंगलबार काठमाडौँमा प्रि बजेट छलफल भएको हो । आर्थिक मामिला मन्त्रालय धनगढीको आयोजनामा यहाँको बजेट, विकास योजनाको समीक्षासहित आगामी बजेट र योजनाबारे छलफल गरिएको छ ।

Read More

बैतडी: बैतडीको एक विद्यालयका विद्यार्थी बिरामी हुन थालेपछि स्थानीय पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयलाई सहयोगका लागि गुहारिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ स्थित रायपुर आधारभूत विद्यालयका विद्यार्थीहरु एक्कासी ढल्ने, काँप्ने हुन थालेपछि विद्यालयले सहयोगका लागि गुहारेको हो । पालैपालो रुने, कराउने, एकले अर्कोलाई देखेर सामूहिक रूपमै चिच्याहट गर्ने, लड्ने समस्या विद्यार्थीमा देखिन्छ । विद्यालयले कहिले विद्यार्थी ६ महिनासम्म बिरामी हुने त कहिले २/३ महिना बिराएर फेरि बिरामी भइहाल्ने समस्या रहेको जनाएको छ । केही दिनका लागि अन्य विद्यालयमा सर्दा पनि समस्या समाधान नभएको भन्दै विद्यालयले अमचौरा स्वास्थ्य चौकी, वडा नम्बर ४ को कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय बैतडी र पञ्चेश्वर गाउँपालिकालाई…

Read More

काठमाडौं: सर्वोच्च अदालतले कैलालीको टिकापुर घटनाका दोषी रेशमलाल चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो। अदालतले टिकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ। यस्तै लक्ष्मण थारुको हकमा ५ वर्षको कैद सजाय घटाएर ३ वर्ष कायम गरिएको छ।

Read More

कञ्चनपुरः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध उजुरी दिनेहरूको घुइँचो लागेको छ । जिल्ला प्रहरी कार्यालयले संस्थाविरुद्ध उजुरी दिन आग्रह गरेसँगै उजुरी दिनेहरूको घुइँचो लागेको हो । प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थाका विभिन्न जिल्ला शाखाका बचतकर्ताले बचत रकम फिर्ता नपाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकाले कञ्चनपुरमा पनि त्यस्तो समस्या भए जाहेरी दरखास्त पेश गर्न आग्रह गरेको थियो । बचतकर्ताको बचत रकम, सावाँ, ब्याज फिर्ता नगरेको वा ठगी गरेको भए जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न आग्रह गरिएको थियो । उक्त सूचना पश्चात कञ्चनपुरमा पनि उजुरी दिनेहरुको भिड नै लागेको…

Read More

-खगेन्द्र गिरी२०१५ सालमा सम्पन्न देशको प्रथम संसदीय चुनाव र त्यसपछिका सबै निर्वाचनहरु सम्पन्न गर्दा निष्पक्ष व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन हुनुपर्छ भन्ने मान्यता थियो श्री ५ महेन्द्रको। तर दलहरु त्यसमा सहमत नभएकोले २०१५ सालको संबिधानमा त्यो प्रावधान राख्न सकिएन। २०१७ सालमा पञ्चायती व्यवस्था लागू गरेपछि भने राजाको सो इच्छा कार्यान्वयन भयो। श्री ५ महेन्द्र बाँचुञ्जेल पञ्चायतका कुनै पनि प्रधानमन्त्रीलाई पदमै बसेर राष्ट्रिय पञ्चायतको चुनाव लड्न दिइएन। २०१५ सालको पहिलो आमचुनावको बेला पार्टीका नेताहरुले आआफ्नै नेतृत्वमा चुनावी सरकार गठन गराउनु पर्ने ढिपी गरिरहेका थिए। राजा महेन्द्रको भने चुनावी सरकारमा स्वतन्त्र व्यक्तिहरु आउन् भन्ने चाहना थियो। राजा महेन्द्रको २०१५ सालको चुनावी सरकारको…

Read More

कैलाली: कैलालीको बेहडाबाबा तालमा मोटरबोट सञ्चालनमा आएको छ । धनगढी उ महानगरपालिका-१६ को बेहडाबाबा मन्दिरको महादेवा तालमा मोटरबोट सञ्चालनमा आएको हो । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले मोटरबोटको उद्घाटन गरेका छन् । बेहडाबाबा मन्दिर व्यवस्थापन समितिसँग नेपाल बोट एण्ड अम्युज्मन्ट्ले बोट सञ्चालनका लागि तीन वर्षे सम्झौता गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए । आन्तरिक पर्यटन विकासका लागि भन्दै सो तालमा कम्पनीले ६ बोट सञ्चालनमा ल्याउने तयारी गरेको छ । तालको मध्य भागमा रहेको महादेवा अर्थात गङ्गा मन्दिरमा पूजा गर्न जान प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्नेछ भने मोटर बोटमा पूरै तालमा सयर गर्न प्रतिव्यक्ति तीन सय…

Read More