Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको खुटिया नदीमा जैविक तटबन्ध गरिँदैछ । धनगढी उपमहानगरपालिका वडा नम्बर १७ स्थित खुटिया नदीले बर्सेनि सडक र खेतीयोग्य जमिन कटान गर्दै आएपछि उपमहानगरले जैविक तटबन्ध गरिरहेको हो । साथै धनगढी-२ मा नाला अतिक्रमण गरेर भौतिक संरचना निर्माण भएको स्थानमा उपमहानगरबाट सूचीकृत बेरोजगार श्रमिकले काम गरिरहेका छन् । उपमहानगका अनुसार उनीहरुले सामुदायिक आयोजनाहरुमा संलग्न भएर काम गर्दै आएका छन् ।

Read More

काठमाडौं: प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा आफूलाई अचम्म लागेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद बलायरले यस्तो बताएका हुन् । उनले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न नसकिने बताउँदै मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा अचम्म लाग्दो भएको बताए । ‘ननटेक्निकल युनिभर्सिटी सञ्चालन गर्नलाई धौधौ परिरहेको बेलामा किन सुदूरपश्चिमका जनतामाथि अन्याय भयो,’ उनले भनेका छन्, ’मेडिकल विश्वविद्यालय खोल्ने ? वडा अचम्म छ ! मेडिकल विश्वविश्वद्यालय खोलेर चलाउने के नेपालको अहिले सामर्थ्य छ ? त्यसैले मेडिकल कलेज सञ्चालन गर्नुपर्छ ।’

Read More

काठमाडौं: नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको हो । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

Read More

काठमाडौं: बेतालपुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने एक ट्याङ्कर कम्पनी कारबाहीमा परेको छ । नेपाल आयल निगमले श्री एक्सप्रेस परिवहन सेवा प्रालि रुपन्देहीलाई कारबाही गरेको हो । निगमसँग करार सम्झौतापछि सञ्चालनमा रहेको उक्त प्रालिलाई कारबाही गरिएको जनाइएको छ । उक्त प्रालिको लु.२.४८३९ (२० किलोलिटर क्षमता) नम्बरको ट्याङ्करले बिलबिजकभन्दा बढी परिमाणमा पेट्रोल ढुवानी गरेको पाइएपछि भन्सार कार्यालयले ट्रकलाई नियन्त्रणमा लिएको बताइएको छ । निगमका अनुसार पेट्रोल चोरी पैठारी कसूरमा कारबाही अगाडि बढाइएको छ । ट्याङ्कर ढुवानीकर्ता र चालकलाई ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ (तेस्रो संशोधनसहित)’ कारबाही गरिएको छ । जसअनुसार ट्यांकरको ढुवानी भाडा रोक्का राख्ने, २० हजार लिटर पेट्रोलको रकम असुलउपर गरिने…

Read More

बारा: बारामा लामखुट्टे भगाउन बालिएको धुपबाट आगो सल्किँदा एक घर जलेर नष्ट भएको छ । आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहास्थित एक घरमा आइतवार राति आगलागी भएको हो । आगलागीमा परि घरधनी ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेका छन् । आगलागीबाट चार लाख १० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Read More

धनगढी: कैलालीमा लागुऔषधसहित एक युवा समातिएका छन् । हिजो राति लम्कीचुहा नगरपालिका-९ प्रतापपुरबाट लागुऔषध (खैरो हिरोइन) सहित उनी समातिएका हुन् । उनको नाम प्रहरीले खुलाएको छैन । उनको साथबाट दुई सय मिलिग्राम लागुऔषध बरामद गरिएको थियो । अहिले प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

भारतको पटियालास्थित गुरुद्वारामा मदिरा सेवन गरेको आरोपमा एक महिलाको गोली हानी हत्या गरिएको छ । पटियालाका वरिष्ठ प्रहरी उपरीक्षक वरुण शर्माका अनुसार परमिंदर कौर नामकी एक महिलाले दुस्ख निवारन साहिब गुरुद्वाराको पोखरी नजिक रक्सी सेवन गरेकी थिइन् । अर्बन इस्टेट फेज वन निवासी ३२ वर्षीया महिलालाई निर्मलजीत सिंह नामका व्यक्तिले गोली हानेर मारेका हुन् । ‘परमिंदर कौरले गुरुद्वार दुखनिवारन साहिबको सरोवर नजिक रक्सी पिएकी थिइन् । यो कुरा संगतले थाहा पाएपछि प्रबन्धकको कार्यालयमा लैजाने निधो गरे । तर, त्यहाँ उपस्थित निर्मलजीत सिंह सैनी नामका व्यक्तिले आक्रोशित भई ती महिलालाई गोली हानेका थिए’ प्रहरी विज्ञप्तिमा भनिएको छ, ‘सैनीले आफ्नो ३२ बोरको…

Read More

धनगढीः पूर्व राजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिम भ्रमण गर्ने भएका छन् । भ्रमणको दौरान धनगढीमा जेठ ६ गते पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ। अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ । नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले पूर्व राजाको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोहकाबीच अभिनन्द गरिने बताए । पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य ५ गते धनगढी आउने कार्यक्रम तय भएको उनले बताए ।

Read More

धनगढी : छोटो लुगा लगाएर हिँडेको विषयमा कुरा काटेको भन्दै मकवानपुरका थाहा नगरपालिकाकी एक युवतीले छिमेकी अर्की युवतीलाई निर्घात कुटपिट गरेकी छिन् । थाहा नगरपालिका- १२ तल्लो वसन्त बस्ने २७ वर्षीया सुशीला स्याङ्तानले ३० वर्षीया विनिता मोक्तानमाथि कुटपिट गरी गम्भीर घाइते बनाएकी हुन् । उनलाई थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ । छोटो लुगा लगाएर हिँडेको कुरा विनिताले अरुसँग गरेको भन्दै सुशीलाले घरमै पुगेर निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । कुटपिट गर्ने शुसिलालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

Read More

डोटीः डोटीमा गोरूले हानेर घाइते बनाएकी एक महिलाको मृत्यु भएको छ । जोरायल गाउँपालिका वडा नम्बर ३ रावतकट्टेकी अन्दाजी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको मृत्यु भएको हो । सोमवार बिहान कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

Read More