Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि  चेन्नई सुपर किङ्सले जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो। वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो। जुन चेन्नईले ५ विकेट गुमाएर पुरा गरेको थियो। चेन्नइका लागि डेभिड कन्वेले ४७ रन बनाउँदा ओपनर ऋतुराजले २६ रन बनाए। त्यस्तै अजिक्य रहाणेले २७ बनाए भने शिभम दुबे ३२ रनमा नटआउट रहे। गुजराजका मोहित शर्माले तीन तथा नुर अहमदले २ विकेट लिए पनि हारलाई टार्न सकेनन्।  त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरात टाइटन्सले २० ओभरमा ४…

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश  लगायत देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

धनगढी : नेपालका टिकटकर आयुषसिंह ठकुरीलाई भेट्न पाकिस्तानकी टिकटकर अलिजेह जमाली नेपाल आएकी छन् ।टिकटक लाइभमा लोकप्रिय रहेका यी जोडी आइतबार प्रत्यक्षरुपमा भेटघाट गरेका छन् । टिकटकबाट प्रेम सम्बन्धमा रहेका थिए । आइतबार पाकिस्तानकी टिकटकर अलिजेह जमाली नेपाली टिकटकर आयुषसिंह ठकुरीलाई भेट्न काठमाडौ पुगेकी हुन् । उनीसंगै उनकी आमा र बहिनी पनि नेपाल आएकी छन् । आयुष र अलिजेहसॅंगै टिकटक लाइभमा २ लाख २५ हजार जना हेरेका थिए सो अवसरमा दुबै परिवारले टिकटक सेलिब्रेट गरेका थिए । टिकटकर आयुषसिंह ठकुरीले फेसबुकमा राखेको एक भिडियोमा आयुशले अलिजेहलाई औंठी लगाएको देखिन्छ । पाकिस्तानकी टिकटकर अलिजेह हाल दुबईमा बस्दै आएकी थिइन् । टिकटकमा…

Read More

धनगढी – गणतन्त्र दिवसको अवसरमा धनगढीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले धनगढीको पार्क मोडमा रत्तदान कार्यक्रमको आयोजना गरेको हो । क्रान्तिकारीका प्रदेश कमिटि अध्यक्ष दिपक डिसीले रक्तदान कार्यक्रममा सहभागी भएर ३५ जनाले रगत दान गरेको जानकारी दिए । रक्तरञ्जित क्रान्तिकारीको इतिहासलाई ब्युँताउने उद्देश्यले गणतन्त्र दिवसमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

Read More

धनगढी: पछिल्लो समय कैलाली जिल्लामा लागुऔषध प्रयोगकर्ता, कारोबारी तथा ओसारपसारकर्ता बढेको पाइएको छ। विषेशगरी सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीमा प्रहरीले ड्रग (लागुऔषध) ओसारपसार रोक्न तथा नियन्त्रण गर्न प्रहरीले अथक प्रयास गरिरहेको जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले कैलालीमा ड्रग नियन्त्रण गर्न प्रहरी क्रियाशील रहेको जानकारी दिए। हिजो (आइतबार) पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। यस्तै उनले धनगढीमा अहिलेसम्म ड्रगको कारोबार गर्ने डिलर नै नभएको ठोकुवा गरेका छन्। उनले भारत (पारी गौरिफन्टा, पलिया) बाटै ड्रग सप्लाई हुने गरेको दाबी गरे। पारीबाट नै सप्लाई हुने भएकाले लागुऔषधको जालो तोड्न समस्या भैरहेको उनको भनाई छ।

Read More

काठमाडौं – आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ। सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन्। जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतले जानकारी दिए। सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ। जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ। यस्ताे छ पूर्णपाठ : बजेट-बक्तव्य-२०८०-FinalDownload

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित बसपार्क क्षेत्रबाट ८ जना जुवाडे समातिएका छन्। जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष प्रकाश थापासहितका ८ जना छन्। उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको थियो। थापा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्। जुवाको खालबाट डेढ लाख जति रकम पनि बरामद गरिएको बताइएको छ।

Read More

धनगढी – सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले युवालाई विदेश जाने सपना अन्त्य गराउनु पर्ने बताएका छन् । धनगढीमा जारी दुई दिने प्रादेशिक नीति संवाद तथा युवा महोत्सवको समापन गर्दै मन्त्री धामीले युवालाई विदेश जाने सपना अन्त्य गरेर सुदूरपश्चिम प्रदेश बनाउने जिम्मा लिनुपर्ने बताएका हुन् । धामीले जल, धार्मिक पर्यटन, जङ्गल, जमिन उपयोग गरेर युवालाई रोजगारीमा समेटेर प्रदेश सरकार अघि बढ्ने योजना बनाइएको बताए । युवा उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति, यौन तथा प्रजनन् स्वतथ्यबारे विज्ञहरूले अभिमुखीकरण दिएका थिए । कार्यक्रममा नेपालको जनसङ्ख्याको ४२ दशमलव ५ प्रतिशत मानिस…

Read More

धनगढी – सरकारले सुदूरपश्चिमको तराई र पहाड जोड्ने निर्माणाधीन खुटिया–दिपायल–उरै भञ्ज्याङ सडकलाई २५ करोड बजेटको व्यवस्था गरेको छ। अर्थमन्त्री डाक्टर। प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष ९आव० २०८०÷८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

Read More

धनगढी – सरकारले कैलालीको गेटास्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भएको छ। अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने यसअघि सरकारले निर्णय गरेको थियो। तर अर्थमन्त्री महतले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भन्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नभई अब शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अघि बढाइने भएको हो। सञ्चालनको प्रारुप टुंगो लागेपछि अब छिट्टै सञ्चालन हुने बाटो…

Read More