Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन्। उपनिर्वाचन भइरहेको चितवन क्षेत्र नम्बर २ का मतदाता नभएकाले उनले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन्। त्यस्तै एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले पनि आफैलाई मतदान गर्न पाएनन्।

Read More

पाँचथर : पाँचथर जीप दुर्घटना हुँदा एकजनाको मृत्युपाँचथरको फिदिम-११ मा पिकअप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मे १ ज २९५८ नम्बरको पिकअप दुर्घटना भएको हो । फालेलुङबाट फिदिम आउदै गरेको पिकअप जीप दुर्घटना भएको हो । विस्तृत विवरण आउन बाँकि रहेको छ ।

Read More

काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरुविरुद्ध षडयन्त्र गर्न खाजिएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शान्तीपूर्वक भईरहेको उपनिर्वाचन बिथोल्ने प्रयास भएको बताएका हुन् । हारको मानसिकता बोकेका मानिसहरूको पछि नलाग्न उनले मतदातालाई आग्रह समेत गरेका छन्।  ‘रास्वपा तीनवटै ठाउँमा एक्लै चुनाव लडिरहेको छ। न कसैलाई हामीले भोट मागेका छौं न कसैसँग तालमेल छ। एक्लै आफ्नो बलमा हामी चुनाव लडिरहेका छौं,’ सभापति लामिछानेले भनेका छन्, ‘कुनैपनि किसिमका गलत सूचनाको पछि नलागि घण्टी चुनाव चिन्हमा मतदान गर्नुहोला।’ साथै, उनले आफूहरुविरुद्ध भएको घेराबन्दी र षडयन्त्रको जवाफ जनताले भोटमार्फत दिने पनि बताएका छन्।

Read More

धनगढीः कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनामा परेर ज्यान गएको छ । बिहीवार साँझ जिल्लाको धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार जनकराज धामीको मृत्यु भएको हो। उनी बिहीवार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए। त्यही क्रममा उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको थियो। उनको शनिवार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले बताएको छ।

Read More

काठमाडौ: प्रतिनिधिसभा सदस्यका लागि तनहुँ क्षेत्र नं। १ मा उपनिर्वाचन सुरु भइसकेको छ। गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो। त्यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा। स्वर्णिम वाग्ले लगायत उम्मेदवार छन्। नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ। नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न पाउने छैनन्।

Read More

कञ्चनपुर: कञ्चनपुरमा महिलाको हत्या गरेको नरभक्षी बाघलाई सबैले हेर्न पाउने भएका छन् । नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको हो । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले जानकारी दिए ।उनले आफूहरुसँग खोरमा राख्न पर्याप्त स्रोत साधन नभएको र बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिने बताए । शुक्रबार उक्त बाघले बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो । चन्दसँगै घाँस काट्न गएका अन्य चार–पाँच महिलाले भागेर ज्यान जोगाएका थिए। बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट बाघविज्ञ डा दिनेश देवकोटा नेतृत्वको…

Read More

धनगढी: सुदूरपश्चिममा नयाँ प्रदेश प्रहरी प्रमुखकको रुपमा डिआइजी भरतबहादुर बोहरा आउन लागेका छन् ।केही दिनमा हालै बढुवा भएका बोहरा धनगढी पुग्ने र कार्यभार सम्हाल्ने स्रोतले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व हत्याउन बोहरासँगै अर्का डिआइजी अर्जुन चन्द पनि लागेका थिए। तर बोहरालाई नै सुदूरपश्चिम पठाउने कुरा फाइनल भएर सार्वजनिक हुन बाँकी रहेको प्रहरी स्रोतको भनाई छ। नयाँ आउन लागेका डिआइजी बोहरा अछामका स्थायी बासिन्दा हुन्।

Read More

काठमाडौं: गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको अवस्थामा आज आइतबार बिदा दिने या नदिने बारेमा स्पष्ट पार्न विज्ञप्ति सार्वजनिक गरेको छ । मन्त्रालयलाई मुस्लिम आयोगले ईद मनाउने निर्णयलाई आधार बनाएर बैशाख ८ गते शुक्रबार चन्द्रमा देखिएमा ९ गते ईद उल फित्र मनाइने र ८ गते शुक्रबार चन्द्रमा नदेखिएमा रमजानको ३० औं दिन स्वतः व्रत सम्पन्न हुने भएकोले सोही बमोजिम बिदा दिनका लागि आग्रह गरेको थियो । शुक्रबार साँझ चन्द्रमा देखिएसँगै ९ गते शनिबार सार्वजनिक बिदाको दिन नै ईद परेको भन्दै शनिबार नै ईदको बिदा परेको जनाएको छ । यसबाट आइतबार…

Read More

काठमाडौं: आज प्रतिनिधिसभातर्फ रिक्त रहेकोतीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदको लागि उपनिर्वाचन हुन लागेकाे हाे । कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको तनहुँ-१, नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि चितवन-२ र जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा-२ मा उपनिर्वाचन हुन लागेको हो। बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हुँदैछ ।

Read More

काठमाडौं: राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनले नेपालमा आविष्कारको पक्षमा बृहत् जनआन्दोलन हुनुपर्ने विचार प्रकट गरेका छन् । हालै नेपाली विद्युतिय सवारी उत्पादक ‘यात्री’लाई सरकारले दर्ता असहयोग गरेपछि विदेश पलायन भएको समाचार आएपछि पुनले यस्तो बताएका हुन् । उनले आविस्कारको पक्षको बृहत् जनआन्दोलनको नेतृत्व गर्न आफु तयार रहेको बताएका छन् । उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागी बृहत जनआन्दोलन गरौँ । नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्रीलाई सरकार बाट अनुमति दिलाऔं । यात्री मोटर साइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरु बनेका छन् । काठमाडौँ उपत्यका बाट बृहत आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व…

Read More