काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका सांसद रघुवीर महासेठले सीमाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । नेपाली सेनालाई उद्योग व्यापारमा लगाउन नहुने भन्दै उनले सीमा मिचिने क्रम नरोकिएकाले सुरक्षाका लागि अब नेपाली सेनालाई जिम्मा दिनुपर्ने बताए । ‘हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ । पहिला त्यस्तो स्थिति थिएन । आज हामीले जसलाई जिम्मा लगाएका छौं, कहीं कहीं नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ । भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ । हिजो मैले के, कसरी सही…
Author: महेन्द्रनगर पोष्ट
डोटी: इलाका प्रहरी कार्यालय दिपायल, डोटीका प्रहरी नायब निरीक्षक रुपसिंह थापाको बिदाइ गरिएको छ । सेवाको ३० वर्षको अवधिपछि नेपाल प्रहरीबाट उनी अनिवार्य अवकाशमा परेसँगै बिदाइ गरिएको हो । विसं २०५० सालमा नेपाल प्रहरीको प्रहरी जवान पदमा नियुक्त भएका थापा इप्रका दिपायलका प्रमुख थिए । उनले देश र नागरिकको सेवाका लागि आफू प्रहरी सेवामा आएको र ३० वर्षे सेवापछि आज बिदाइ भएको बताए । अबको बाँकी जीवन समाजसेवामा बिताउने उनको भनाइ छ ।
काठमाडौँ : वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन पैदावार विकास समितिले आफ्नो आम्दानीको स्रोतका रूपमा रहेको काठ, दाउरा बिक्री गर्न नसकेपछि गएको भदौदेखि आफ्ना कर्मचारीलाई तलब प्रदान गर्न सकेका छैनन्। आफ्नो उत्पादित वन पैदावार बिक्री गरी कर्मचारीको तलब भत्ता बेहोर्दै आएको समितिले गएको असार १६ मा ल्याइएको नयाँ वन नियमावलीको परिभाषाअनुसार काठ, दाउरा बिक्री गर्न नसकेपछि समस्या उत्पन्न भएको जनाएको छ । समितिअन्तर्गतका सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षारोपण आयोजनाबाट उत्पादन हुने टिक, सिसौँ, कर्मा, जामुन, अस्ना, टुनी, शिरिष, भुडकुल, गुटेल, बाँझीआदि प्रजातिका बल्लाबल्लीको राजस्व दर नयाँ वन नियमावलीमा उल्लेख गर्न छुट भएकाले बिक्री वितरणमा समस्या आएको समितिको भनाइ…
दार्चुला: दार्चुलामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट १८ वर्षीया हेमन्ती जोशीको मृत्यु भएको हो । उनलाई आज बिहान घरको कोठाभित्रै सर्पले टोकेपछि वैद्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ ।
काठमाडौँ: १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार नागार्जुन नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम सिलवाल पक्राउ परेका हुन् । सिलवालले गत सोमवार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको छ। सोही उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
काठमाडौँ: बाराको कलैया उपमहानगरपालिका २३ का वडा सदस्य राजेश शाहलाई प्रहरी चौकी इन्चार्जले कुटपिट गरेको घटना सार्वजनिक भएको छ । शान्ति सुरक्षाको लागि प्रहरी चौकी पुगेका वडा सदस्य शाहलाई अस्थायी प्रहरी पोस्ट शिक्षा गंगापुरका प्रमुख प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले कुटपिट गरेको घटना सार्वजनिक भएको हो । यादवले प्रहरीको एआईजी मिरा चौधरी भएसम्म आफूलाई केही गर्न सक्दैन भन्दै धम्की दिएको पनि पीडित शाहले बताएका छन् । प्रदेश सभा सदस्य महम्द समिर, कलैया उपमहानगरपालिका प्रमुख विनोद शाह नेतृत्वको टोलीले वडा सदस्यलाई बिना कारण कुट्ने प्रहरी सहायक निरीक्षक यादवलाई कारबाही गर्न बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीसँग माग गरेका छन् । प्रहरी उपरिक्षक…
काठमाडौँ: लोक सेवा आयोगको परीक्षामा चिट चोर्ने एक महिलालाई कारबाही गरिएको छ । शाखा अधिकृत वा सो सरहको पदको वैशाख २७ देखि २९ गतेसम्म लिइएको लिखित परीक्षामा सहभागी सृजना पन्थीलाई कारबाही गरिएको हो । उनलाई आगामी एक वर्षको लागि लोक सेवा आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाइएको छ । परीक्षामा पन्थीले प्रवेश पत्रको पृष्ठ भागमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको आयोगले जनाएको छ । सोही आधारमा आयोगको ऐन २०७९ को दफा ४१ को १ ९क० बमोजिमको कसुर गरेको पाइएको भन्दै उनलाई कारबाही गरिएको आयोगले जनाएको छ ।
काठमाडौँ: पूर्वन्यायाधीश भुवन गिरीमाथि जिल्ला अदालतमा जुत्ता प्रहार भएको छ । वैवाहिक बलात्कारको मुद्दा चलाएकी पत्नी आरती गिरीले उनलाई अदालतभित्रै जुत्ताले हानेकी हुन् । दुवैजना उक्त मुद्दाको पेसी बुझ्न आज जिल्ला अदालत गएका र सोही बेला पूर्वन्यायाधीश माथि जुत्ता हानिएको बताइएको छ । आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा भुवन पक्राउ परेका थिए ।
धनगढी: कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब २२ करोड बराबरको बजेट ल्याएको छ। शुक्रबारको दशौं नगरसभाबाट पालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको हो। जसमा चालुतर्फ ७६ करोड २८ लाख ६२ हजार र र पँजीगततर्फ ४६ करोड ६६ लाख ८ हजारको बजेट सार्वजनिक गरिएको छ। खर्च व्यहोेर्ने स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १८ करोड ४२ लाख, संघीय राजश्व बाँडफाँडबाट १७ करोड १ लाख ९२ हजार, संघीय सशर्त अनुदानबाट ३७ करोड ५२ लाख प्राप्त हुने अनुमान गरिएको छ। संघीय विशेष अनुदानबाट ३ करोड, संघीय समपुरक अनुदानबाट ८० लाख, प्रदेश वित्तीय समानीकरणबाट एक करोड ६९ लाख…
धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख शाह, तत्कालीन सहायक कम्प्युटर अप्रेटर (करार) नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। कार्यालय प्रमुख शाहले प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरुलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए। कार्यालय प्रमुख शाहले सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरी…