Author: महेन्द्रनगर पोष्ट

भरतपुर: चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बस्ने भनिएको सर्वदलीय बैठक बस्न सकेको छैन।आज बिहानका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले सर्वदलीय बैठक बोलाएका थिए। राजनीतिक दलका प्रतिनिधिहरू मतगणनास्थल नपुगेपछि बैठक बस्न नसकेको हो।नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरूले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका थिए।यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।

Read More

कैलाली: डोटीबाट जितेर मन्त्री भइसकेका बीरबहादुर बलायरले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली रोजेका थिए। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति समेत रहेका उनी जिल्लाको क्षेत्र नम्बर ४ मा विजयी बने।त्यसयता हराएका उनी यतिबेला गाउँतिर जाने योजना बनाएका छन्। निर्वाचन जितेपछि सांसद बलायर कैलालीको जुम्ला भनेर चिनिने साबिक गोदावरी, खैराला, चुरे २, ४ र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मा कार्यकर्ता भेटघाट कार्यक्रममा पहिलोपटक जाँदैछन्। उनले आफ्नो निर्वाचन क्षेत्रको विकट पालिकामा चिर्वाचनताका पनि नपुगेको स्थानमा यसपटक वैशाख ११ देखि १५ गतेसम्म पुग्ने कार्यतालिका बनाएका छन्। चुरे ४ मा २० वर्षदेखि बन्न नसकेको र मोहन्यालमा अधुरो अवस्थामा रहेको सडकले यस क्षेत्रका…

Read More

काठमाडौं: आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा पेशी रहेको छ । सन्दीप हाल एसीसी प्रिमियर कप खेलिरहेका छन् । नेपालले प्रतियोगिताअन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा साउदी अरबविरुद्ध खेल्दैछ। अदालतमा पेशी रहेपनि सन्दीप नेपाली टोलीमा उपलब्ध हुनेछन्। युवती बलात्कार प्रकरणमा उनी पाटन उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा छुटेका थिए।

Read More

काठमाडौं: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। अपरान्ह पछि देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको  सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राती भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

Read More

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराएको छ। आइपिएल २०२३ मा चेन्नईको यो पाँचौं जित हो।कोलकाताले भने लगातार चौथो हार बेहोर्‍यो। आफ्नो सातौँ खेलमा चेन्नईले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो।यो जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले ७ खेलमा १० अंक जोडेको छ। आठौँ स्थानमा झरेको कोलकाताले ७ म्याच खेल्दा २ मा जित र ५ खेलमा हार बेहोरेको छ।

Read More

तनहुँ:  तनहुँ–१ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडी छन्। विहान ६ बजे सम्म नौ हजार दुई ४६ मत गणना हुँदा वाग्लेले पाँच हजार १९ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नेपाली काँग्रेस गोविन्द भट्टराईले दुई हजार ३ सय ५१ मत पाउनु भएको छ भने एमालेका सर्वेन्द्र खनालले एक हजार ५१९ मत पाएका छन्। राती १२ः३० बजेबाट सुरु गरिएको मतगणना ४२ वडा मध्ये पाँच वटा वडाको मतगणना सम्पन्न भएको छ। १ लाख २३ हजार ३०५ मतदाता मध्ये ५२ प्रतिशत मत खसेको थियो।

Read More

काठमाडौं: आइतबार सम्पन्न चितवन २, बारा २ र तनहुँ १ मध्ये तनहुँको मतगणना मध्यरात देखि जारी छ।चितवन र बाराको मतगणनाका लागि भने गए राति सर्वदलीय बैठक बस्न सकेन। मतगणनाबारे निर्णय गर्न सोमबार बिहान यी क्षेत्रमा सर्वदलीय बैठक बस्दैछ।बिहान ८ बजे चितवन क्षेत्र नम्बर २ को मतगणनबारे निर्णय गर्न सर्वदलीय बैठक तय भएको छ। रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभइ मतगणना नगर्ने नेकपा एमाले र नेपाली काङ्ग्रेसको उम्मेदवारको अडानका कारण आज बैठक स्थगित भएको थियो।यस्तै बारा क्षेत्र नम्बर २ मा पनि केहीबेरमा सर्वदलीय बैठक बस्दैछ। हावाहुरीका कारण रातिदेखि नै मतगणना गर्ने अवस्था नहुँदा दलहरूले बिहान सर्वदलीय बैठक बस्ने सहमति गरेका थिए।बिहान…

Read More

तनहुँ: तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।  पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ३४२२ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १५९७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १०९०  मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् । 

Read More

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरु भोलि धनगढी आउने भएका छन्। स्रोतका अनुसार भोलि केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवल शम्सेर जबरा,प्रवक्ता एंव प्रमुख सचेतक ज्ञानेन्द्र शाही धनगढी आउने कार्यक्रम छ। भोलि र पर्सि हुने अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी हुन उनीहरु धनगढी आउन लागेका हुन्।

Read More

डडेल्धुरा : दार्चुलामा आफुले भेट्न नपाएको भन्दै अनशन बसेका साधुको क्रोध मरेको छ । आज सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उनको अनशन तोडेका छन्। उनले जुस पिलाएर साधुको अनशन तोडेका हुन् ।शनिवार जिल्लाको गोकुलेश्वरमा जगतपुरी शिवधाम क्षेत्रका महाराज रामानन्द स्वामीलाई मुख्यमन्त्री भेट्नमा रोक लगाइएको थियो। सोही आक्रोशमा आएर उनीगोकुलेश्वरको शिवपुरी धाममा अनशन मौन अनशन बसेका थिए।मुख्यमन्त्री कमलबहादुर शाहलाई उनले त्यहाँको विकास निर्माण र केही विवादास्पद विषयवस्तुमा ध्यानाकर्षण गराउन खोजेका थिए। तर, सो विषयमा कुरा गर्न खोज्दा मुख्यमन्त्री र उनका कार्यकर्ताको निर्देशनमा प्रहरीले स्वामीलाई नियन्त्रणमा लिएको जनाइएको छ।

Read More