Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रवार सरकारले पूर्णता पाउने बताएका छन् । प्रदेश सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिइने बताएका हुन् । शाहले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर सरकारलाई पूर्णता दिइने बताए । रेशम चौधरीको आजीवन कारबासको सजाय सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका कारण सरकारमा सहभागी हुँदैन कि भन्ने जिज्ञासामा शाहले आफू नाउपा सरकारमा सहभागी हुनेमा विश्वस्त रहेको पनि बताए । सत्ता गठबन्धनमा भागबण्डासमेत मिलिसकेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिएका छन् । मुख्यमन्त्री शाहले आफ्नो १०० दिनको…

Read More

डम्मरदत्त भट्ट, धनगढी: युवा परिवर्तनका संवाहक र दिगो विकासका उत्प्रेरक शक्ति हुन् । युवा शक्ति राष्ट्रको एक अमूल्य सम्पत्ति हो। युवा राजनीतिक, आर्थिक , सामाजिक र साँस्कृतिक रुपान्तरणका अग्रदुत हुन् । यूएन र वल्र्ड बैंकले १५-२४ वर्ष उमेर समूहलाइ युवा मानेको छ भने नेपालको हकमा राष्ट्रिय युवा परिषद ऐन २०७२ र राष्ट्रिय युवा नीति २०७२ ले १६-४० को उमेर समूहलाइ युवा निर्धारण गरेको छ। साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको एक प्रमुख धरोहरका रुपमा रहेको हुन्छ। गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले युवाको सार्वभौम विकास गरी उनीहरुको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन जरुरी देखिन्छ।…

Read More

दैलेख: दैलेखमा भरुवा बन्दुक पड्किएर गोली लाग्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले मृतक आफैले चलाउँदै गरेको भरुवा बन्दुक पड्किँदा ज्यान गएको बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

दाङ: दाङको देउखुरीमा शुक्रवार बिहान दुईवटा बस ठोक्किएर दुर्घटना भएको छ । दाङको लमहीबाट भालुवाङका लागि छुटेको लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट तुलसीपुरका लागि छुटेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएका हुन् । दुर्घटनामा रोल्पा रुन्टीगढी–९ की २४ वर्षीया शोभा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार मृतक शोभाका दुई छोरासहित २३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लमही लगिएको बताइएको छ ।

Read More

रुकुम पश्चिम:  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडानम्बर -९, को खारखोलामा बिहीवार बेलुकी ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मुसिकोट नगरपालिका वडानम्बर -१४, का १८ वर्षीय हेमराज ओलीको मुत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहारी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। दुर्घटनामा सोही वडाका चन्द्र बहादुर खड्का र सानीभेरी गाउँपालिका वडानम्बर-११, का शेर बहादुर विक घाईते भएका छन्। घाईते दुई मध्ये खड्काको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ। विकलाई भने थप उपचारको लागि नेपालगञ्ज पठाईएको छ । सानीभेरीबाट मुसिकोट नगरपालिका -१४, को बाघखोर तर्फ बालुवा लिएर जाँदै गरेको रा १ त ३७९०…

Read More

कञ्चनपुर: कञ्चनपुरका आरक्ष पीडितहरु परराष्ट्रमन्त्री एनपी साउद र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेट्न काठमाडौं पुगेका छन्। राज्यको ध्यानाकर्षण गराउन अध्यक्ष कर्णबहादुर चन्दको नेतृत्वमा १० सदस्यीय आरक्ष पीडित संघर्ष समितिको टोली बुधवार काठमाडौं गएको थियो। बिहीवार संसद् भवन पुगेर आरक्ष पीडितको टोलीले सांसदहरू भेटेर समस्या समाधानका लागि आवाज उठाइदिन ध्यानाकर्षण गराएका थिए। यस्तै कञ्चनपुर ३ का प्रतिनिधि सभा सदस्य रशेम लेखक र कञ्चनपुर १ का प्रतिनिधि सभा सदस्य तारालामा तामाङले पनि सो विषयमा छलफल तथा ध्यानाकर्षण गराएका थिए। शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनर्स्थापना भएको छैन। राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले…

Read More

धनगढी: भू–स्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा पहिलोपटक यही जेठ २३, २४ र २५ गते अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनको पूर्वतयारीका सिलसिलामा हिजो धनगढीमा भएको छलफलमा सो जानकारी दिइएको हो। सम्मेलनको तयारीस्वरुप भएको छलफलमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति गठन गरिएको छ। समितिअन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ। कार्यक्रममा मुख्यमन्त्री शाहले खप्तडको विकासका लागि सबैबाट सकारात्मक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको बताए ।प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा…

Read More

बैतडी: बैतडीमा रुखबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।  जिल्लाको  मेलौली नगरपालिका – ३ कुजागाडकी  ३७ वर्षीया बिमला भाटको मृत्यु भएको  हो।  गत बैशाख २३ गते आफ्नै खरबारीमा स्याउला काट्न गएकी बिमला रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन्।घाइते  बिमलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको  थियो। गम्भीर घाइते बिमलाको  उपचार सम्भव नभएको भन्दै डाक्टरहरुले अस्पतालबाट डिस्चार्ज गरेपछि  घर ल्याउने क्रममा बिहिवार राती उनको मृत्यु भएक  देवर जय सिंह भाटले जानकारी दिए।

Read More

धनगढी: नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ। संसदीय दलका नेता खगराज भट्टका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुुंग्याइएको हो। यसअघि कञ्चनपुरका ओमबिक्रम भाट, अछामका अक्कल रावल र दार्चुलाकी लक्ष्मी बिक सरकारमा जाने सहमती भएको नेताहरुले बताउने गरेका थिए। तर उनीहरुको नाम काटिएको छ।

Read More

बुटवल: पूर्वपश्चिम् राजमार्ग अन्तरगत दाङको देउखुरीमा शुक्रबार बिहान साढे ५ बजे दुई बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्। मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ कि ४२ वर्षीया सोभा परियार रहेकी छन्। सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन्। लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका -३ फल्कापुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको वडा प्रहरी कार्यलय प्रमुख शंकर श्रेष्ठले जानकारी दिए।

Read More