Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर आँशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसा देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशै भरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश प्रदेशका एक–दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ। यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको…

Read More

धनगढी: नेकपा एकीकृत समाजवादीकी चर्चित नेत्री रामकुमारी झाक्री सुदूरपश्चिम पुगेकी छन्। झाक्रीले आफू सुदूरपश्चिमस्थित कैलालीको गेटा पुगेको सामाजिक संजालमार्फत जानकारी दिएकी छन्। उनले आफूले गेटामा निर्माण भएको मेडिकल कलेजबारे पछि कुरा गर्ने जनाएकी छन्। तर, कहाँ, कहिले र को संग कुरा गर्ने भन्नेबारे भने उनले खुलाएकी छैनन्। गत सालमा अहिलेकै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गेटामा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। यहाँ विश्वविद्यालय सञ्चालनमा आएमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा निकै टेवा पुग्ने छ। तर अहिलेसम्म पनि उक्त विश्वविद्यालय संचालन गर्ने प्रक्रिया भने अघि बढ्न सकेको छैन। जसका कारण विषेशज्ञ चिकित्सक र चिकित्सा शिक्षाको पर्खाइमा बसेका सुदूरवासी चिन्तित बनेका…

Read More

काठमाडौं: काठमाडाैंकाे कपनकी निरा आचार्यको उनकै पसलमा लुटपाट गर्न पुगेका झापाका विनोद विकसँग प्रतिकार गर्ने क्रममा हत्या भएकाे खुलेको छ। पक्राउ परेका विनोदले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा निराले लगाएको सुनको सिक्री लुट्न खोज्दा प्रतिकार गर्न खोजेपछि हत्या गरेको बताएका हुन्।  विनोदले प्रहरीसँगको बयानमा भनेका छन्, ‘निराको पसलमा म सामान किन्ने निहुमा छिरेको थिएँ। त्यहीबेला गलाको सिक्री तान्न खोज्दा प्रतिकार गरेपछि छुरा हानेर हत्या गरेको हुँ।’  यद्पि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले विनोदको बयानबाट प्रहरी सन्तुष्ट नरहेको बताए। ७ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै ‘निरु किचेन’ पसलभित्रै बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको चक्कु प्रहारबाट वीभत्स हत्या भएको थियो। आचार्यको हत्या रहस्यमय बन्दै गएपछि…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।  प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई फेरि सांसद् निर्वाचित भएर आएकोमा बधाइ दिएका छन्। यसअघि उनले फोनमार्फत् बधाइ दिँदै सत्ता सहकार्यको प्रस्ताव राखेका थिए।  आज पनि लामिछानेसँग सोही विषयमा प्रधानमन्त्री प्रचण्डले छलफल गरेको सचिवालयका एक सदस्यले बताएका छन्। 

Read More

डडेलधुरा:  सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना उग्रतारा– मेलौली सडकअन्तर्गत थप १० किलोमिटर सडक कालोपत्रे सुरु भएको छ । डडेलधुराको उग्रतारा मन्दिरको फेददेखि बैतडीको पञ्चेश्वर गाउँपालिका जोड्ने राजमार्ग निर्माण सुरु भएको तीन दशकपछि थप १० किलोमिटर कालोपत्रे हुन थालेको हो ।  सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेलधुराको करिब २३ करोड रुपियाँ लागतमा कालोपत्रे हुन थालेको हो । पूर्वाधार विकास कार्यालय प्रमुख नवराज रावलले अजयमेरु गाउँपालिकाको–१, बयलडाँडादेखि–२, चमडासम्म कालोपत्रे गर्ने कार्य सुरु भएको बताउनुभयो । डीबीएस टी’ प्रविधिमा कालोपत्रे हुन थालेको यो सडकको चौडाइ भने पाँच मिटर रहेको छ। केएस कन्स्ट्रक्सनमार्फत कालोपत्रेको काम भइरहेको हो। यसअघि उग्रतारादेखि बयलडाँडासम्म आठ किलोमिटर…

Read More

बाजुरा: बाजुराको ढम्कने र हिमालीमा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पका कारण जिल्लाका १ सय ५६ भन्दा बढी घरमा क्षति भएको छ। जगन्नाथ गाउँपालिकमा ५७ घर, हिमाली गाउँपालिका– २ का २८, बुढीनन्दा–३ मा २१, त्रिवेणी नगरपालिका–२ सिम्लामा ३९ घर र त्रिवेणी नगरपालिका–१ छताराका वटा ४ घरमा क्षति भएको नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाका मन्त्री टंकप्रसाद न्यौपानेले जानकारी दिए। हिमाली गाउँपालिका वडा नं १ विच्छ्याँका खड्क थापाको घर भत्केको छ।  उनको परिवार अहिले छिमेकी बलेन्द्र थापाको घरमा बसेका छन् । बिच्छ्याँ मावि, बुढीनन्दा नगरपलिका वडा नं–२ कोल्टीका धु्रवराज रेग्मीको घर पूर्ण रूपमा क्षति हुँदा उनको परिवार आफन्तको घरमा बसेका छन्। बुढीगंगा…

Read More

काठमाडौं: विपी राजमार्ग अन्तगर्त सिन्धुलीको पिपलभञ्जा‌गमा कार दुर्घटना हुँदा @ जनाको मृत्यु छ। त्यस्तै एक जना घाइते भएका छन्। आईतबार बिहान काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईं प्रहरीले जनाएको छ। अर्का घाइतेको परीचय खुल्न सकेको छैन। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइदैछ।

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी भएको छ। दलको नेता रहेका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। अब सभापति लामिछाने दलको नेता बन्नेछन्। शनिवार बसेको संसदीय दलको बैठकमा अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्। पार्टी संसदीय दलको बैठक सोमवार बसेर पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको छ।

Read More

अछाम: अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षका याम ढोलीको भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले बताएको छ। उनी शनिवार सैनबजारबाट बलाता जाँदै थिए। नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका हुन्। उनको पोष्टमाटमपछि शव आफन्तको जिम्मा लगाइएको छ।

Read More

धनगढी- कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–५ बाट एक ग्राम ८६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–११ का अर्जुन चौधरी पक्राउ परेका हुन्। धनगढीका २६ वर्षीय अर्जुन गोदारीबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो।

Read More