काठमाडौं: कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै अनिसा पराजुली त्यसतर्फ लागेकी छन्। नोभेम्बर १९ (आज) देखि नोभेम्बर २७ सम्म आयोजना हुने प्रतियोगिताका लागि उनी सोमबार साँझ कम्बोडिया गएकी हुन्। प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाइकी छिन्। कम्बोडियामा बौद्ध धर्मालम्बी धेरै हुने भएकोले बुद्धको थिम बनाएकी हुन्। नेपालको नाम विश्वमा चिनाउने अवसर पाएको बताउँदै उनले आफूले सक्ने प्रयास गर्ने बताइन्। ‘मिस प्लानेट’मा यो वर्ष थिम ‘दिगो विकास सँंगसगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ। उनी नेपालको प्रतिनिधित्व गर्दै नेक्स्ट मोडल्स नेपालमार्फत कम्बोडिया गएकी हुन्। वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोचिकित्सक नर्स हुन्। अनिसा केही…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरस्थित घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो। प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए। त्यसपछि उनलाई आज समातिएको हो।
काठमाडौं: नेपालको गुप्तचर संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका सुदूरपश्चिम हेर्ने हाकिम डीआईजीलाई काठमाडौं लगिएको छ। प्रदेश प्रमुखको रुपमा कार्यरत रहेका डीआईजी किशोर श्रेष्ठलाई तीन महिना नकट्दै सिंहदरबार लगिएको हो। उनलाई प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा कोठा छुट्याएर काज खटाइएको जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई एक साता अगाडि दरबन्दी नै खडा गरेर आफ्नै कार्यालयमा जिम्मेवारी दिएर राखेका हुन्। यस्तो गरिएको भने पहिलोपटक हो, अहिले डीआईजी मातहत टोली गठन हुने क्रममा छ। श्रेष्ठ सिंहदरबार गएपछि सुदूरपश्चिम हेर्न भने एसएसपी नवीन अधिकारीलाई खटाइएको छ। डीआईजी पठाउनुपर्नेलाई निमित्त हाकिम भन्दै एसएसपीलाई पठाइएको हो।
कैलाली: १३ वर्षअघि इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै गएका छन्। आफ्नै क्षमताले काम गर्न रुचाउने उनी एक उदाहरणीय कङ्क्रिट ब्लक व्यवसायीका रूपमा स्थापित बन्न सफल भएका हुन्। उनले २०६८ सालदेखि टीकापुरमा अनुपमा कङ्क्रिट ब्लक उद्योग सञ्चालन गर्दै आएका छन्। अध्ययनका हिसाबले इन्जिनियर बन्नुपर्ने दबाबकाबिच थापाले भने आर्थिक उन्नतिको सपना व्यवसाय गरेर मात्रै पूरा गर्न सकिने बताए। विदेशमा गर्ने मेहनत स्वदेशमा गर्दा सोचेको भन्दा राम्रो आम्दानी गर्न सकिने उनले बताए। विदेशमा गएर अरुको काम गर्नुभन्दा स्वदेशमा रोजगारी सृजना गरेर अरुलाई स्वरोजगार बनाउन पाउँदा उनी उत्साहित छन्। उसो त जागिर खान पनि थापालाई समस्या थिएन। लोकसेवा…
धनगढी: गृहमन्त्री रमेश लेखकले पछिल्लो समय सुदूरपश्चिमसहित विभिन्न क्षेत्रका भारतीय सीमा नाकाबाट लागूऔषध ओरापसार व्यापक भइरहेकोले निर्मम भएर नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन गरेका छन्। मंगलबार धनगढीमा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो भनेका हुन्। यस्तै अर्को सन्दर्भमा लेखकले प्रहरी समायोजन ऐन चाँडै आउने बताएका छन्। समायोजन ऐन प्रतिनिधिसभाको आउँदो अधिवेशनमा पेस गर्ने तयारी भइरहेको मन्त्री लेखकले बताए। प्रहरी समायोजन ऐन नआउँदासम्म प्रदेश सरकारको समन्वयमा काम गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन पनि दिएका छन्। गोष्ठीमा सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थिति…
धनगढीः धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। कैलालीको धनगढीमा मंगलबार बिहानदेखि गोष्ठी सुरु भएको हो। गोष्ठीको एक कार्यक्रमकाबीच गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन्। गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नौं वटै जिल्लाको सुरक्षा अवस्थाबारे जिल्लागत रुपमा छलफल हुने बताए। गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिमको सयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो। अहिले पनि प्रदेशस्तरीय सुरक्षा गोष्ठी जारी छ। गोष्ठीमा सुरक्षा निकायका प्रमुखहरु लगायत सहभागी छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाह लगायत मन्त्री, प्रदेश सभा सदस्य लगायत पनि सहभागि भएका छन्। अहिले गोष्टिको बन्दशत्र जारी छ। बन्दशत्रमा प्रदेशका जिल्लाहरुको सुरक्षाबारे छलफल हुने छ। हिजो…
डोटीः डोटीमा युवक मृत्युको विषयलाई लिएर सडक बन्द गरिएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिका–१ मा युवकका आफन्तले सडक अवरुद्ध पारेका हुन्। जिपले मोटरसाइकललाइ ठक्कर दिँदा शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो। सो जिप भरत सिंहले चलाएका थिए। चालक अहिले प्रहरी नियन्त्रणमा छन्। सोही विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गर्दै आएका छन्। घाइते साउँदको शनिवार उपचारका क्रममा मृत्यु भएको थियो। उनीहरुले जिप चालकलाई कारवाही र क्षतिपुर्तीको माग गर्दै सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख…
धनगढी: नेपाल सरकारका गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणी दुवाडी र तीनवटा सुरक्षा निकायका प्रमुखहरुको टोली धनगढी पुगेको छ। सोमबार बेलुका टोली धनगढी पुगेको हो। सो टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसमेत छन्। कैलालीको धनगढीमा मंगलबार सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएकाले टोली धनगढी पुगेको हो। धनगढीको एक होटलमा भोलि बिहान ८ः०० बजेदेखि सुरु हुने छ। गोष्ठीमा सुदूरपश्चिम प्रदेशका सुरक्षा निकायका प्रमुख, सरोकारवालाहरू, र अन्य सम्बन्धित व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कञ्चनपुरः कञ्चनपुरमा स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलका देव नाथले चलाएको युके ०६ बिई ९३८२ नम्बरको स्कुटर आइतवार दुर्घटना भएको थियो। स्कुटरले ५४ वर्षीया दुर्गादेबी बास्तालालाई ठक्कर दिएको थियो। स्कुटर पल्टिएर चालक नाथ घाइते भएका थिए। चालक नाथको भारतमा उपचारको क्रममा सोमवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएकी पैदलयात्री दुर्गाको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौं: काठमाडौंमा हिजोदेखि ‘एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन बैठक थालिएको हो। सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा भोलिसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रूपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलले जनाएको छ। बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुनेछ। बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल…