Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आज आइतबारलाई तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा आज मुद्दाको पेशी रहेको छ । गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि लगातार सुनुवाइ हुन सकेको थिएन। बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ। सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा पुर्पक्षका लागि जेल चलान गरेको थियो। तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो।

Read More

धनगढी: आज पूर्व राजा ज्ञानेन्द्र शाह कैलालीको धनगढी आउने कार्यक्रम रहेको छ। पूर्व राजपरिवार आजै धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ। पूर्व राजाको नागरिक अभिनन्दन ८ गते सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशाला अर्थात् कभर्ड हलमा हुनेछ। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र आन्दोलन घोषणा गरेकाले भ्रमण स्थगित भएको थियो। आयोजकले राजपरिवार सडक मार्ग हुँदै आइतवार नै धनगढी पुग्ने र सोमवार नागरिक अभिनन्दन गर्ने तयारी थालेको जनाएको छ।

Read More

धनगढी: नवनियुक्त उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले पहिलो दिनमै आफ्नो क्षेत्रअधिकार भित्र परेका कामहरूलाई प्राथमिकताका साथ पुरा गर्ने बाचा गरेका छन्। उनी हिजो(शनिबार) मात्रै मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वको सरकारमा सहभागी भएका हुन्। माओवादी केन्द्रबाट कैलाली क्षेत्र नम्बर ५ को (१) बाट चुनाव जितेका धामी २०३८ साल कात्तिक २३ गते दार्चुलाको साविकको धापा गाउँ विकास समिति– ३ बाजमा जन्मेको हुन्। उनले माध्यमिक शिक्षा मालिकार्जुन माध्यमिक विद्यालयबाट पूरा गरेका थिए। उनले २०५४ सालबाट अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीतिमा प्रवेश गरे। २०५६ सालमा कैलाली बहुमुखी क्याम्पसमा प्रारम्भिक कमिटी हुँदै २०५७ सालमा अनेरास्ववियुबाट सदस्य पदको उम्मेदवार भएका थिए। २०५८ सालमा उनी अनेरास्ववियु छाडेर…

Read More

धनगढी: अछामको भाटाकाटियाबाट आएका झपटबहादुर साउद हिजो सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्री भएका छन्। अछाम क्षेत्र नम्बर १ को (२)बाट निर्वाचित सांसद साउद २०३७ असार २४ गते साविकको भाटाकाटिया गाउँ विकास समिति-६ मा  जन्मेका हुन्। उनले २०५४ सालमा महेन्द्र माध्यमिक विद्यालय बयालपाटा माध्यमिक शिक्षा अध्ययनको राजनीतिक यात्रा सुरु गरेका थिए। त्योबेला उनी अखिल क्रान्तिकारीको सदस्य बनेका थिए। उनले २०५५ सालमा वाइसिएलको वैधानिक टोल कमिटीको अध्यक्ष भएर काम गरे। २०५७ सालमा भने उनले भाटाकटेनी सेल सेक्रेटरीको जिम्मेवारी पाए। त्यसपछि साउदले २०५८ देखि अखिल क्रान्तिकारी अछामको अध्यक्ष हुँदै दुई कार्यकालको जिम्मेवारी पूरा गरेका थिए। २०५९ सालमा अछाम, कालिकोट र बाजुराको जिल्ला इन्चार्जको जिम्मेवारी पनि…

Read More

धनगढी: बझाङको लुयाटामा जन्मिएका पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्। शनिबार मात्रै उनले पदभार ग्रहण गरेका छन्। सिंह बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट निर्वाचित भएका थिए। २०१५ साल माघ १७ गते जन्मिएका उनले बझाङको पाण्डु प्राथमिक विद्यालय र घचाया प्राथमिक विद्यालय हुँदै सत्यवादी माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका थिए। बीएल महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट पुरा गरेका सिंहले कानुनकै विद्यार्थी भएकाले प्रदेशको हित हुने नीति निर्माणमा जोड दिने बताएका छन्। उनको राजनीतिक यात्र २०३१ सालमा एसएलसी सकेर भएको थियो। त्योबेला देखिनै उनी नेविसंघमा आवद्ध भएका थिए। नेपालगन्ज हुँदा २०३५ सालतिर उनी महेन्द्र…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको नाम परिवर्तन गर्न माग गरिएको छ।प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको नाम परिवर्तन गर्न माग गरेका हुन्। उनले सुदूरपश्चिम प्रदेशको नाम खप्तड–थारु प्रदेश राख्न माग गरेका छन्। प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘सुदूरपश्चिम प्रदेशलाई पछाडि पारिएको छ। नामैले पछाडि परेको लाग्छ। टाढा लाग्छ। सर्वप्रथम त यो प्रदेशको नाम परिवर्तन गरिनुपर्छ। यहाँको पहिचान झल्किने किसिमले नामाकरण गर्नुपर्छ।  प्रदेश स्वायत्त हुने किसिमले पार्टीले निर्धारण गरेको छ,  प्रदेशको नाम खप्तड–थारु प्रदेश राख्नुपर्छ।’

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। यी चारै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। राती कोशी  र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक  वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढीः बाजुराको जगन्नाथ गाउँपालिकाकी पूर्व उपाध्यक्ष ऐना गिरीको निधन भएको छ। २०७४ को स्थानीय निर्वाचिनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित गिरीको शनिवार निधन भएको हो। खुट्टा र पेटको समस्याबाट पीडित गिरीलाई शुक्रबार राति एक्कासी बेहोस भएपछि उपचारका लागि धनगढी ल्याउने क्रममा डोटीको साझघाट नजिकै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नगरपालिकाले रक्तसञ्चार केन्द्र धनगढीलाई रगत संकलन कार्यमा आवश्यक सहयोग गर्ने र लाग्ने दस्तुर पालिकाले ब्यहोर्ने गरी नेपाल रेडक्रस सोसाइटी धनगढी शाखासँग सम्झौता गरेको छ ।रगतका लागि नगरपालिका क्षेत्रका नागरिकलाई कुनै सास्ती नहोस् र रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनी निःशुल्क रगतको व्यवस्था गरिएको नगरप्रमुख तोयप्रसाद शर्माले बताए ।त्यस्तै, नगरपालिकाभित्र रक्तदान उत्प्रेरणा कार्यक्रमको आयोजना गर्न नगरपालिकाले वार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्ने र यसका लागि आवश्यक प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र धनगढीले गर्ने गरी निःशुल्क रगत उपलब्ध गराउन रेडक्रसको धनगढी शाखसँग समझौता गरेको उनले बताए ।

Read More

धनगढी: सुदूरपश्चिममा प्रदेश सरकार विस्तार गरिएको छ। आज (शनिबार) मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेका हुन्। जसअनुसार उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली काङ्ग्रेसका पृथ्वीबहादुर सिंहलाई, सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रका झपटबहादुर साउदलाई र वन पर्यटन तथा वातावरण मन्त्रीमा माओवादीकै रमेशसिंह धामीलाई नियुक्त गरेका हुन्। यस्तै, माओवादीकी गितादेवी माल वन पर्यटन तथा वातावरण राज्यमन्त्री बनेकी छन्। मन्त्रीत्रयले आज प्रदेश प्रमुख देवराज समक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए भने राज्यमन्त्री मालले मुख्यमन्त्रीबाट सपथ लिइन्।

Read More