Author: महेन्द्रनगर पोष्ट

धनगढी: बझाङमा हिमपहिरोमा परेर दुई जना घाइते छन् भने तीन जना बेपत्ता भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिका वडा नम्बर २ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जादा दुई जना घाइते र तीन जना बेपत्ता भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले हिमपहिरोमा पुुरिएर तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली हिडेको जानकारी दिए तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनी बताउँछन्। उनकाअनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ भने सशस्त्र प्रहरीका सशस्त्र प्रहरी…

Read More

धनगढीः कैलालीको कर्णाली नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ। टीकापुर नगरपालिका–५ प्रेमनगरका १७ वर्षीय किशोर अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो। कर्णाली नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरुको सहयोगमा खोजी गर्ने क्रममा दौलतपुरस्थित नदी किनारमा उनको शव फेला परेको हो।

Read More

धनगढी: कैलाली प्रहरीले त्रिनगर भन्सार क्षेत्रबाट ब्राउनसुगरसहित एक भारतीयलाई पक्राउ गरेको छ। भारत पलिया बस्ने २४ वर्षीय मनोज सिंहलाई शनिबार राति अवैध लागूऔषध ब्राउनसुगर एक सय ७० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिवार सरकार विस्तार गरे। नेपाली काँग्रेसका दलका नेतासमेत रहेका शाहले आफू नियुक्त भएको एक सय दिनपछि सरकार विस्तार गरेका हुन्। तर, अझै सरकार भने पूर्ण हुन सकेको छैन। सत्ता साझेदार दलको रुपमा रहेको रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी सरकारमा नगएपछी सरकार अपूर्ण बनेको हो। सो पार्टीले मुख्यमन्त्रीसमक्ष सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्रीको डिमाण्ड गरेका थिए। तर त्यसमा भागवण्डाका क्रममा उनीहरुको माग पूरा हुन सकेन। त्यसै कारण उनीहरुले आफ्नो पार्टी सरकारमा नगएको बताएका छन्।भागवण्डाका क्रममा गठबन्धनभित्र सामाजिक विकास मन्त्रालय माओवादी केन्द्रले लिएपछि नागरिक उन्मुक्ति चिढिएको हो। नागरिक उन्मुक्ति पार्टीका…

Read More

काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । न्याय र समृद्धिको योगफल नै लोकतन्त्र भएको बताउँदै उनले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरेका हुन् । त्यस्तै, उनले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग पनि माग गरेका छन् ।

Read More

काठमाडौँ: परराष्ट्रमन्त्री एनपी साउदले राहदानी विभागको अनुगमन गरेका छन् । सर्वसाधरणले राहदानीका लागि लाइन लाग्ने गरेको कुरा चर्चामा आएपछि मन्त्री साउदले विभागको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले कर्मचारीहरुसँग छलफल गर्दै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट मातृभूमिको रक्षा हुन कठिन देखिएको टिप्पणी गरेका छन् । उनले नीति तथा कार्यक्रमको १८५ नम्बर बुँदामा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन नसकेको बताउँदै यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन देखिएको बताएका हुन् । ‘यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको देखिएन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन’, उनले भने ।

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम उत्साहजनक नरहेको टिप्पणी गरेका छन् । ओलीले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको बताएका छन् । उनी भन्छन्, ‘लुकाउन मात्र होइन, रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ ।’ देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको उनले बताए । उनले नीति तथा कार्यक्रमले आम नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने, रूपान्तरणकारी नीति नभएको दाबी गरेका छन् ।

Read More

धनगढी: आज पूर्व राजा ज्ञानेन्द्र शाह कैलालीको धनगढी आउने कार्यक्रम रहेको छ। पूर्व राजपरिवार आजै धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ। पूर्व राजाको नागरिक अभिनन्दन ८ गते सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशाला अर्थात् कभर्ड हलमा हुनेछ। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र आन्दोलन घोषणा गरेकाले भ्रमण स्थगित भएको थियो। उक्त अभिनन्दन कार्यक्रमको व्यवस्थापक राप्रपाका प्रतिनिधि सभा सदस्य समेत रहेका महामन्त्री धवल शमशेर राणा रहेको बुझिएको छ। उनी नेपालगन्जका स्थानीय भएपनी धनगढीमा राजा ल्याएर उनले कार्यक्रम…

Read More

काठमाडौँ: वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक युवाको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको सुतेकै अवस्थामा मृत्यु भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत थिए । उनी आठ महिनाअघि मात्रै पोर्चुगल पुगेका थिए ।

Read More