Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिबद्धता जनाएका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषय सम्बन्धी छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो प्रतिवद्धता जनाएका हुन्। सरकारले गृहमन्त्रालयमा गाँजा खेती अध्ययन गर्न बनेको समितिले एक महिनाभित्रै प्रतिवेदन दिने बताउँदै गृहमन्त्री लामिछानेले गाँजा खेती वैधानिक बनाउने विषयमा द्विविधा राख्नु नपर्ने उल्लेख गरे। गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्नेगरी एक महिनाभित्र नियमावली बनाउने समितिलाई उनले जानकारी दिए।

Read More

धनगढी : कञ्चनपुरमा कैदी र एक प्रहरी र कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेको घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक पुष्कर राज पन्तको नेतृत्वमा समिति गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीको निर्देशनमा हवल्दार रामसिंह धामीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरिएको हो । प्रहरी चौकी परासन, कञ्चनपुरमा दरबन्दी भई कारागार सुरक्षा गार्डमा कार्यरत धामीले जेठ २४ गते साँझ कैदी भुवन थापालाई भेटघाट गराउन पन्त रेष्टुरेन्टमा लगेका थिए। चेकजाँच गर्दा कैदी थापा र उनको आफन्त भनिएका अमर थापा मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिए। महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा स्वास्थ्य परीक्षण गराउँदा…

Read More

काठमाडौं: कञ्चनपुरको महेन्द्रनगर पुर्ख्यौली घर भएर ललितपुर बस्दै आएका सुशील चटौट जेलमुक्त भएका छन्। बलात्कार आरोपमा १४ महिनाअघि जिल्ला अदालतबाट दोषी ठहर भएर जेल गएका चटौत रिहा भएका हुन्। चटौतलाई उच्च अदालत पाटनले यहीँ जेठ १ मा सफाई दिने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन्। त्यस अगाडि जिल्ला अदालत ललितपुरले बलात्कारको अभियोगमा चटौतलाई १८ वर्ष एक महिना जेल सजाय तोकेको थियो। आफ्नै घरमा घरायसी काम गर्ने १४ वर्षीया नाबालिगलाई बलात्कार गरेको खुलेपछि उनलाई जिल्ला अदालत ललितपुरले सजाय तोकेको थियो। १५ चैत २०७९ चैतमा जिल्ला अदालत ललितपुरले उनलाई १८ वर्ष एक महिना जेल सजाय र पीडित नाबालिगलाई आठ लाख रुपैयाँ क्षतिपूर्ति…

Read More

धनगढी: डडेल्धुराका एक युवकको नदीमा डुबेर ज्यान गएको छ। शुक्रबार जिल्लाको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोलीको कालाखोला भन्ने स्थानमा नदीमा डुबेर ज्यान गएको हो। उनी आफ्नो कार बुकिङमा चलाउँदै आएका थिए। शुक्रबार पनि सवारी लगेर उनी कैलाली गएको र गर्मीका कारण आफ्ना थप ५ जना साथीहरूसँग नदीमा नुहाउन गएका थिए। अहिले उनको शव निकालिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टले अनुगमन एवं निरीक्षण गरेका छन्। आज (शुक्रबार) बिष्टले जिल्ला प्रहरी कार्यालयको अनुगमन गरेका हुन्। उनले त्यहाँक प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन पनि दिएका छन्। बिष्टले अपराध अनुसन्धानमा केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिएका थिए। यस्तै उनले दैनिक काम कारबाहीलाई चुस्त दुरुस्त बनाई आ-आफ्नो जिम्मेवार वडा एरियाहरुमा शान्ति सुरक्षा,अपराध नियन्त्रण र खुल्ला सिमानाकाहरुबाट हुने अपराधिक गतिविधि, अवैध चोरी तस्करीलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा ब्यापक रुपमा प्रहरी परिचालन गरि कडाईका साथ चेक जाँच गर्न निर्देशन दिए। त्यस्तै…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीले दार्चुलामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । व्याँस गाउँपालिकाको सहयोगमा “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत २३ गते वडा नम्बर ४ सुन्सेरामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा नाक, कान, घाँटी, हाडजोर्नी, नसासम्बन्धी समस्या, दन्त रोग, स्त्रीरोग, रक्तचाप र मधुमेह जस्ता रोगहरूको निःशुल्क जाँच, औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालका निमित्त कार्यालय प्रमुख प्रा. प्रहरी नायव उपरीक्षक डा. नविन लागेजुको कमाण्डमा शाखा अस्पताल धनगढीबाट खटिएको चिकित्सक टोलीले उक्त सेवा प्रदान गरेका थिए। शिबिरमा सर्वसाधारण पुरुष १५२ जना र महिलाहरू २४७ जना गरी जम्मा ३९९ जनाले…

Read More

काठमाडौं : दाङमा हत्या गरिएकी ३१ वर्षीया टीका रावत र उनको हत्यामा संलग्न  ३६ वर्षीय शालिकराम बुढाथोकीबीच दस दिनअघि मात्रै सम्बन्ध बिच्छेद भएको खुलेको छ।  तुलसीपुर उपमहानगरपालिका- ६ राप्ती टोलमा डेरा गरी बसेकी ३१ वर्षीया टीका रावतको शुक्रबार बिहान ८:४० बजे डेरानजिककै अर्को घरमा हत्या भएको थियो।  प्रत्यक्षदर्शीहरूको सूचनाको आधारमा प्रहरीले एक घन्टामै मृतककी श्रीमान् भनिएका ३६ वर्षीय शालिकराम बुढाथोकीलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरुको दस दिनअघि सम्बन्धबिच्छेद भएको खुलेको हो।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार बुढाथोकी नेपाली सेनाका अमलदार हुन्। उनी ज्वालादल गण बारामा कार्यरत छन्। उनी एक महिनाअघि मात्रै शान्ति मिसनबाट फर्किएका थिए।  जिल्ला अदालत सल्यानबाट जेठ १४ गते शालिकराम…

Read More

काठमाडौं: काठमाडौंबाट धनगढीका लागि शुक्रबार १२:२५ मा उड्ने भनिएको श्री एयरलाइन्सको जहाज अहिलेसम्म उड्न सकेको छैन। स्रोतका अनुसार श्री एयरलाइन्सको सा २२५ नम्बरको जहाज उड्न नसकेको हो। मौसम खराबीको कारण झण्डै आधा घण्टा बढी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको जनाइएको छ। मौसम क्लियर हुने बित्तिकै जहाज उड्ने बताइएको छ। करिब १० मिनेटमा उड्ने एयरलाइन्सको दाबी छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त प्रमुखमा वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनार जिम्मेवारी पाएका छन् । सामाजिक विकास मन्त्रालय सचिवस्तरीय निर्णय गरी मन्त्रालयको जनस्वास्थ्य महाशाखामा कार्यरत सुनारलाई सो जिम्मेवारी दिएको हो । निमित्त प्रमुखको जिम्मेवारी पाएका सुनारले बिहिबार नै पदभार ग्रहण गरेका छन् ।

Read More

धनगढी : कैलालीमा एक लाख बढिको अवैध सामान बरामद गरिएको छ । बिहीबार जिल्लाको धनगढी उपमहानगरपालिका—२ ट्राफिक चौराहा र पुरानो भन्सार रोड नजिक धनगढी—७ मनेहरा पेट्रोल पम्प नजिक र धनगढी—१० सिमल घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १ लाख ७ हजार ६ सय मुल्यको अवैध सामान बरामद गरिएको हो । उक्त मुल्य बराबरको चिनी, मिठाई, चप्पल, रङ, पापड, टेनिस बल, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More