Author: महेन्द्रनगर पोष्ट

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) ‘कोमा’मा गएका छन्। राति सुतेका बेला शंकास्पद रूपमा चितवनस्थित तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि यही वैशाख ५ गते ललितपुरस्थित मेडिसिटी लगिएको थियो। त्यस बेलादेखि नै बेहोस उनी अहिले कोमामा रहेको अस्पताल स्रोतले बुधबार जानकारी दिएको छ। चुनावी अभियानका क्रममा यही वैशाख ४ गते भरतपुर महानगरपालिका–११ स्थित तीनतले घरमा सुतेका उनी बिहान छतबाट खसेर गम्भीर घाइते भएका थिए। उनी घरको छतबाट कसरी खसे भन्ने विषयमा अनुसन्धान जारी छ। घटना अनुसन्धानका लागि प्रहरीले रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक…

Read More

धनगढी: कंचनपुरमा पूर्व प्रहरी समेत रहेका समाजसेवी रामबहादुर खड्काकी पत्नीको निधन भएको छ। आज (बुधवार) जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ५ का नेपाल पूर्व प्रहरी संगठन कृष्णपुर नगर अध्यक्ष तथा सेवा निवृत्त प्रहरी नायव निरीक्षक (सई) खड्काकी धर्मपत्नी इश्वरी खड्काको निधन भएको हो। जिल्ला प्रहरी कार्यालय कंचनपुरले वनदेवी सामुदायिक वनमा घर पोत्ने माटो खन्दै गर्दा माटोको ढिस्कोमा च्यापिएर उनको निधन भएको जनाएको छ।

Read More

डडेल्धुरा: पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा रवि लामिछानेले जितेको खुसीयाली मनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा परिवर्तनका पक्षधरहरुले चितवनमा भएको उपनिर्वाचनमा विजयी बनेका रवि लामिछानेको पक्षमा नाराबाजी गर्दै मोटरसाइकल र्‍याली निकालेका हुन्। उनीहरुले जिल्ला सदरमुकामको बसपार्कदेखि तुफानडाँडासम्म र्‍याली निकालेका थिए। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ४२ हजार ९६२ मतान्तरले विजयी भइसकेका छन्। लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका थिए।दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए। नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो स्थानमा रहेका…

Read More

कैलाली: कैलालीको कैलारी गाउँपालिकामा वंशाणुगत रोग  सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन्। वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वङ्शाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन्। यसअघिसम्म सो गाउँपालिकाबाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो। समुदायमा रहेका सिकलसेल एनिमियाको बिरामी पहिचानका लागि नौ वटा वडाको प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्दा १२१ जना नयाँ बिरामी थप भएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले जानकारी दिए।

Read More

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाराको उपनिर्वाचनमा उम्मेदवारी दिएका रमेश खरेलको जमानत जफत भएको छ। निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्। खरेलले पाएको मत ४.१४ प्रतिशत मात्रै हो।  बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्।

Read More

दार्चुला:  दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ। ब्यास गाउँपालिका-६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो। गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार जन्म दिएपनि एउटा बच्चा जन्माउन नसक्दा थप उपचारका लागि बुधबार बिहान हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

Read More

धनुषा: साढे ७ लाख बढी नक्कली नेपाली नोटसहित एक महिला प्रक्राउ परेकी छिन्। नक्कली नोट राखेको भन्ने शंकाका आधारमा खोजतलास गर्दा धनुषाको विदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनुकुमारी साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीका अनुसार साहलाई ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित नियन्त्रणमा लिइएको हो। उनको साथबाट एक हजार दरको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ। जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको झोलाबाट नक्कली नोट बरामद गरिएको हो।

Read More

न्युयोर्क: अमेरिकी राष्ट्रपति जो वाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। यसअघि डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाका राष्ट्रपति भएका वाइडेन पुनः दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। गत राष्ट्रपति निर्वाचनमा उनी वाइडेनसँग पराजित भएका थिए।

Read More

कञ्चनपुरः कञ्चनपुरको वेदकोटमा म्याद नाघेका औषधि बरामद गरिएका छन्। जिल्लाको वेदकोट नगरपालिका बजार अनुगमन समितिले नगरभित्र रहेका औषाधि पसलहरुको मंगलबार अनुगमन गरी म्याद नाघेका औषधि बरामद गरि नष्ट गरेको हो। बेदकोट बजार अनुगमन समितिका संयोजक पदम वहादुर ठकुराठीको नेतृत्वमा गएको अनुगमन टोलीले बजार अनुगमनको क्रममा मेडिकलमा भेटिएका म्याद नाघेका औषधु नष्ट गरेको बेदकोट बजार अनुगमन समितिका सदस्य सुनिल चन्दले जानकारी दिए। अनुगमन समितिले दैजीबजार र सामादैजी बजारका मेडिकलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा दर्ता नविकरण नगरिएको समेत पाइएको छ।

Read More

धनगढीः कैलालीस्थित धनगढीको एसपीए कलेजका शिक्षक चेतराज भट्टविरुद्ध बाल यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए। सोमबार एसपीमा प्ल्सटु अन्तरगत कार्यविधि कानुन पढाउने शिक्षक भट्टको अनलाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएपछि जागिर खोसिएको थियो। आरोपित भट्ट सोही दिन पक्राउ परेका थिए। भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। छात्राहरुलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुराहरु पठाउने गरेको भट्टमाथि आरोप छ। सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले विरोध जनाएपछि भट्ट…

Read More