कञ्चनपुर: कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। शुक्रवार राति बेलौरी नगरपालिका-१० सडकघाटबाट प्रहरीले ३.१७ ग्राम लागुऔषधसहित दुई जना युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुरको झलारी बस्ने भरत सिंह र नरेन्द्र ठगुन्ना रहेका छन। यी दुई जनालाई प्रहरी चौकी भुडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक राम सिंह फरालको कमाण्डमा खटिएको टाेलीले गोप्य सुचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथमा रहेको सु प प्र ०२००३ प ७९७६ नम्बरको अपाची मोटरसाइकल पनि बरामद गरेको जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
दार्चुला: भोलि(आइतबार) शिखर पुजन जात्राको अवसरमा दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतवार असार १७ गते सार्वजनिक बिदा दिने जनाएका हुन्। जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ। सोही जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको पालिकाहरुले जनाएका छन्। सार्वजनिक बिदाका दिन पालिकाभरी रहेका सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ।
नयाँ दिल्ली: भारतको महाराष्ट्रमा गएराति एउटा भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए । जसमध्ये २५ जनाको आगलागीका कारण घटनास्थलमा नै मृत्यु भएको थियो । सोही क्रममा अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ । बुलढाना प्रहरीका डिएसपी बाबुराव महामुनीले यसबारे जानकारी दिएका छन् । घटना शुक्रबार राति करिब २ बजे भएको उनले बताए । बसबाट २५ जनाको शव निकालिएको छ ।…
धनगढीः कैलालीको धनगढीका एक युवक काठमाडौंबाट सम्पर्कविहीन भएका छन्। धनगढी उपमहानगरपालिका–६ मटियारिका २६ वर्षीय अमित भट्ट यही वैशाख १२ गतेदेखि काठमाडौंको सातदोवाटोवाट सम्पर्कविहिन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको सम्पर्कमा रहेकाहरुलाई वा उनलाई देखेकाले ९८४८४२०५७३, ९८६६९४४५७३, ९८४८४९२८५० मा फोन गर्न परिवारका सदस्यहरुले आग्रह गरेका छन्।
काठमाडौंः आजबाट देशभर ढुंगा, रोडा, गिटी र बालुवाको उत्पादन र बिक्री बन्द हुने भएको छ। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले भोलीबाट ढुंगा तथा गिटी बालुवाको उत्पादन र बिक्री बन्द गर्ने घोषणा गरेको हो। क्रसर नविकरणमा देखिएको समस्याको स्थायी समाधानको माग गर्दै असार १५ सम्मको अल्टिमेटम दिएपनि गृह मन्त्रालयले आफूहरुको माग सम्बोधन नगरेका कारण असार १६ गतेबाट उद्योग नै बन्द गर्ने घोषणा गरिएको महासंघले जनाएको छ। महासंघका अध्यक्ष सिताराम न्यौपानेले यसअघि आफूहरुले असार १५ गते सम्मको समय दिएको तर, यस अवधिमा सरकारले क्रसर व्यवसायीहरुको माग सम्बोधन नगरेकाले भोलिबाट उत्पादन र बिक्री वितरण बन्द गर्ने घोषणा गरिएको बताए।
कैलाली: रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा रोपाइँ गर्न ढिलाइ भएको हो । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको जानकारी दिए । पहाडी जिल्ला बैतडी र दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको छ । “रोपाइँ गर्न पुग्नेगरी…
कञ्चनपुरः कञ्चनपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ स्थित अमरपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने भएको हो। प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको हो। अमरपुरमा करिब ३ विघामा १ सय शैयाको अस्पताल निर्माण हुनेछ। अस्पतालको डीपिआरलगायतको काम गर्न आयुर्वेद विभागले ३ करोड बजेट विनियोजन गरेको प्रादेशिक आयुर्वेदक निर्देशनालय कैलालीका निमित्त निर्देशक सूर्य उपाध्यायले बताए। दुई वर्ष अगाडी सरकारले ७ वटै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने निणर्य गरेको थियो। सुदूरपश्चिममा शुक्लाफाँटा आयुर्वेदिक अस्पताल निर्माणका लागि छनौट भएको थियो। जग्गा प्राप्त नहुँदा अस्पताल निर्माणमा ढिलाइँ भइरहेको थियो।
बैतडी: बैतडी प्रशासनले शिल गरेको मेडिकल जानकारीबिना पुनः सञ्चालन गरेको आरोपमा एकजना पक्राउ परेका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहकी पुतारी(श्रीमती) श्यामा शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयले गत जेठ दोश्रो साता अवैध ठहर गर्दै उक्त श्यामा क्लिनिक शिल गरेको थियो। अवैध रुपमा क्लिनिक सञ्चालन गरी समान्य स्वास्थ्य शिक्षा समेत हासिल नगरेकी (ननमेडिकल पर्सन) श्यामा शाहले बिरामी जाच्नेदेखि औषधी बिक्रि वितरण गर्ने गरेको पाइएपछि मेडिकल शिल गरिएको थियो। तर पुनः मेडिकल सञ्चालन गरिएपछी शुक्रबार श्यामालाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए।
डडेल्धुरा: डडेल्धुरामा भिरबाट लडेर एक किशोरको ज्यान गएको छ। जिल्लाको परशुराम नगरपालिका- ३ भट्वाडिका अन्दाजी १८ वर्षीय राम बोहराकाे भिरबाट लडेर मृत्यु भएको हो।लडेर घाइते भएका बोहराकाे उपचारका लागि जाेगबुडा अस्पताल लग्दै गर्दा बाटाेमै मृत्यु भएको परिवार स्रोतले जनाएको छ। बोहरा भागेश्वर मावि कटालमा कक्षा ११ मा अध्ययनरत थिए।
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो। सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो। पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। त्यहाँ हजारौं यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम सुरु गरिएको छ।