Author: महेन्द्रनगर पोष्ट

टेकसिंह धामी, धनगढी: कैलालीमा लागुऔषधको तस्करी गर्ने एक प्रहरी हवल्दार पक्राउ परेका छन्। शनिवार जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागुऔषधको ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार समातिएका हुन्। इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तिनकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरीका हवल्दार समेत रहेका ३३ वर्षीय प्रेमसिंह सुनारसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ। सुनार लम्कीचुहा नगरपालिका २ मोतिपुरका बासिन्दा हुन्। सुनारसङ्गै पक्राउ पर्नेमा लम्कीका २६ वर्षीय सागर घिमिरे पनि रहेका छन्। उनी खक्रौला नाकाबाट दिउँसो पक्राउ परेका थिए। सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत थिए। सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार…

Read More

बझाङ : जीपको ठक्करबाट बझाङमा दुई बालिका घाइते भएका छन्। चैनपुर-गोलाई हुँदै तमैल जोड्ने सडकखण्ड अन्तर्गत जयपृथ्वी नगरपालिका-४ भीडमुनी वृद्धाश्रम नजिकै जीपले ठक्कर दिँदा जयपृथ्वी नगरपालिका-३ सिमोल्तोलाकी दुई बालिका घाइते भएका हुन्। घाइते हुनेमा जयपृथ्वी नगरपालिका-३ सिमोल्तोलाकी ९ वर्षीया आयुष्मा विष्ट र १६ वर्षीया भावना विष्ट रहेका छन्। आयुष्मा विष्टको टाउको, ढाड र छातीमा चोट लागेको छ भने भावना विष्टको टाउको, ढाड र मुखमा गम्भीर चोट लागेको जिल्ला अस्पताल बझाङले जनाएको छ। घाइते दुबैको थप उपचारका लागि धनगढी रेफर गरेको छ।​ दुवैजना बालिका काफल बेचेर घर फर्कदै थिए। चैनपुरबाट खप्तडछान्नातर्फ गइरहेको चालक धनराज भटराईले चलाएको से १ ज १०५३ नम्बरको…

Read More

धनगढीः चीनबाट ल्याएको स्याउ भारततर्फ भइरहेको तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक कारबाहीमा परेका छन्। झापाको केचनाबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १ सय १५ कार्टुन फूजी स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म घेरा बारीका डिएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर ओकिल धानुक कारबाहीमा परेका हुन्। उनीहरूलाई तस्करीमा संलग्न रहेको आरोपमा कारबाही स्वरूप सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनी मुख्यालय कोशी प्रदेश सुनसरीमा तानिएका हुन्। वैशाख १७ गते झापाको कच कवल स्थित लोदा बरी चोकमा मे १ ज २८०४…

Read More

धनगढीः बझाङको साइपाल गाउँपालिकाले छोरी जन्माउने आमालाई नगदसहित सम्मान गर्ने भएको छ। लैंगिक विभेदको अन्त्य गर्न २०७९ र ८० को बजेटबाट गाउँपालिकाले उक्त कार्य थालिएको हो। साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले प्रोत्साहन स्वरुप उक्त कार्य गरिएको बताइन्। सुत्केरी खर्च स्वरूप प्रत्येक महिलालाइ खादा लगाएर २ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको उनले बताइन्। आजमात्रै विभिन्न वडाका नम्बर ३ मा छोरी जन्माएकी १२ जना महिलालाइ सम्मानसहित २ हजार नगद पुरस्कार वितरण गरिएको छ।

Read More

धनगढीः सुदूरपश्चिमका केही जिल्लाको भ्रमणपछि नेपालका लागि अमेरिकी राजदूत हिजो राति काठमाडौं फर्किएका छन्। राजदूत डिन आर थम्पसन हिजो राति पौने १० बजे राजधानी पुगेको बताइएको छ। राजदूत नेतृत्वको टोलीले सुदूरपश्चिमका विभिन्न जिल्लामा युएसएडको सहयोगमा सञ्चालित परियोजनाको अवलोकन भ्रमण गरेको थियो। उनी गत बुधबार बिहान धनगढी आएका थिए।

Read More

काठमाडौंः विभिन्न दल तथा स्वतन्त्र रुपमा राजनीतिमा होमिएर चर्चा कमाएका युवा नेताहरु एउटै फ्रेममा देखिएका छन्। अस्तीमात्रै कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) को विवाहको रिसेप्सन पार्टीमा उनीहरु एकसाथ देखिएका हुन्। जसमा एमालेका नेता, महेश बस्नेत, काँग्रेसका नेताद्वय गगन थापा र प्रदिप पौडेल, काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेन लगाउतका नेताहरु एकसाथ देखिएका थिए। सोही पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी बनेका थिए। पछिल्लो समय पुराना दल तथा नेताहरु सक्किने कि सच्चिने भन्ने बहस भइरहेका बेला पछिल्लो पुस्ताका युवा नेताहरुको अन्तरसम्बन्ध र समन्वय सकरात्मक हुन आवश्यक रहेको…

Read More

चितवन: चितवनमा विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ । मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँचवटा कारण नखुलेको पाइएको छ । यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा एक, २०७३/०७४ मा चार, २०७४/०७५ मा छ, २०७५/०७६ मा आठ बाघ मृत…

Read More

बैतडी: बैतडी घर भएका शास्त्रीय संगीतका साधक तथा गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ। ‘हेर दिन ढल्यो’ बोलको गीत लिएर गायक पेला दर्शक÷स्रोतामाझ पुनः आएका हुन्। शास्त्रीय संगीतको स्वादमा रहेको गीत पेलाको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ। यसअघि पेलाको स्वरमा रहेको ‘के लत बस्यो’गजल चर्चाको शिखरमा पुगेको थियो ।  उनका दाइ कृष्णसिंह पेलाले लेखेको गीतलाई तिलक पेला आफैँले संगीतबद्ध गरेका हुन्। गीत पेलाकै चेला रिदम कँडेलले एरेन्ज गरेका हुन्।  यो गीतले पनि दर्शकको तारिफ पाइरहेको छ। https://youtu.be/-Y-E_ELVL88

Read More

दैलेख:  दैलेख जिल्ला अदालतले १४ वर्षीया बालिका बलात्कार कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई १३ वर्षको कैद फैसला गरेको छ।  जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट शाहीलाई बलात्कार कसुरमा १३ वर्ष कैदका अलावा पीडितलाई ५० हजार क्षतिपूर्ति र पीडित राहत कोषमा दुई हजार दुई सय रुपियाँ तिर्नुपर्ने फैसला भएको छ। अदालतका सूचना अधिकारी नासु टीकाराम न्यौपानेका अनुसार २०७७ चैत १९ गते लक्ष्मी प्राथमिक विद्यालय देउरालीको भान्छाकोठामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा भूपेन्द्र शाहीलाई प्रहरीले गिरफ्तार गरेको थियो। अभियोग दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको मुद्दाको…

Read More

काठमाडौं: नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपक बाँस्कोटाकी छोरी प्रमिला बाँस्कोटा सुवेदीको अमेरिकामा सडक दुर्घटनामा परि मृत्यु भएको छ। ४६ वर्षीया प्रमिलाले चलाएको गाडीलाई ट्रकले ठक्कर दिँदा बिहीबार साँझ उनको निधन भएका हो। प्रमिला अमेरिकाको गाडी टेक्ससमा दुर्घटनामा परेको हो। छोरालाई स्कुल पुर्याएर फर्किन क्रमममा दुर्घटना भएको बताइएको छ। उनको नेपालस्थित पुर्ख्यौली घर पाँचथर हो ।

Read More