Author: महेन्द्रनगर पोष्ट

दार्चुलाः नेपाली सेनाको टोली व्यास गाउँपालिका–१ मा पर्ने चीनसँगको सिमाना टिङ्कर भन्ज्याङको निरीक्षण गरी फर्किएको छ। गत चैत २१ गते गुरु गोरख गुल्म खलङ्गा ब्यारेकबाट हिँडेको सेनाको टोली ११ दिनपछि टिङ्करमा रहेको पिलर नम्बर–१ को स्थलगत अनुगमन तथा निरीक्षण गरी फर्किएको हो। नेपालको बाटो हुँदै पिल्लर नम्बर–१ मा पुगेको सेनाले सीमास्तम्भको अवस्थाका बारेमा जानकारी लिएको हो। सो टोलीलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापा र सहायकरथी पुरुषोत्तम ढकालले छाङरु पुगेर भेटे। नेपाल–चीन पिल्लर नम्बर–१ हिउँले ढाकेको अवस्थामा फेला प¥यो, हिउँ सफा गरेर सीमास्तम्भबारे जानकारी लिएर टोली तल झ¥यो, सहायकरथी ढकालले भने, “हाम्रो टोली व्यास गाउँपालिकामा पुगेको छ।” सेनाको टोली १० गते…

Read More

धनगढीः नेपाली सेनाले फिल्ड अस्पतालका लागि उपकरण खरिद गर्दा नियम विपरीत भुक्तानी गरेको पाइएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा सेनाले २ ठाउँमा फिल्ड अस्पतालका लाग उपकरण खरिद गर्दा नियम विपरीत भुक्तानी गरेको उल्लेख छ। धनगढीको बोराडाँडीमा नेपाली सेनाको सुदूरपश्चिम पृतनाले २५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको थियो। फिल्ड अस्पताल बर्दिबास र धनगढीको लागि एक आपूर्तिकर्तासँग इलेक्ट्रिकल आइटम २०७८ असोज ११ सम्म बुझाउने गरी ८३ लाख ९१ हजारको खरिद सम्झौता भएको थियो। उक्त सम्झौताअन्तर्गत दुवै स्थानका अस्पतालहरूमा आपूर्ति गरिने इलेक्ट्रिक आइटममध्ये ६१० लिटर क्षमताका रेफ्रिजेटर ७/७ थान प्रतिथान १ लाख ६५ हजारका दरले खरिद गर्ने सम्झौता गरिएको थियो। सम्झौताअनुसार ६१० लिटरका ७/७…

Read More

काठमाडौंः उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय बासिन्दालाई सुरक्षा निकायको कमाण्डर बनाउने अथवा नबनाउने विषयमा छलफल गरिने बताएका छन्। आज गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। पछिल्लो समय स्थानीय प्रहरी अधिकारीहरुले कमाण्ड सम्हालिरहेको अवस्थामा समस्या पैदा भएको विषयलाई लिएर सञ्चारकर्मीले प्रश्न गरेपछि उनले यसमा आफ्नो ध्यानाकर्षण भएको बताए। उनले भने, ‘स्थानीयलाई नै सुरक्षा निकायको कमाण्ड दिने कि नदिने भन्ने विषयमा मैले नोट गरेको छु। यसलाई हामी सिरियसली लिएर छलफल गर्छौ।’ विशेषगरी सुदूरपश्चिममा स्थानीय नागरिकसमेत रहेका प्रहरी अधिकारीहरु सुरक्षा निकायको कमाण्डर छन्। अहिले पनि प्रदेश प्रहरीको हाकिम अर्थात् निमित्त डिआइजीको रुपमा अछामका भरत बोहरा, एसएसपी योगबहादुर पाल छन्।…

Read More

धनगढीः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य आरजू राणा देउवाले आज संघीय सरकार र धनगढी उपमहानगरपालिकाको लगानीमा निर्माण भएका तीन आयोजनाको उद्घाटन गरेकी छन्। धनगढी–८ मा निर्माण भएको तौलाहा तालका संरक्षण, धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयको भवन र वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिर परिसरमा निर्माण भएका विभिन्न संरचनाहरुको देउवाले उद्घाटन गरेकी हुन्। नेतृ देउवाले धनगढीमा १२ करोड ३७ लाख बढीका तीन भौतिक संरचनाको उद्घाटन गरेकी हुन्।

Read More

धनगढीः नेकपा एमालेको निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा युवा नेता भरत शाह चयन भएका भएका छन्। शाह सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्यमा चयन भएका हुन्। शाह सुदूरपश्चिममा समाजसेवीको रूपमा परिचित छन्। उनले कोरोनाकालमा युवाहरूलाई समेटेर राहत अभियान सञ्चालन गरेका थिए। उनको अभियानमा सुदूरपश्चिम प्रदेश सरकारले समेत सहकार्य गरेको थियो। सुदूरपश्चिम फाउन्डेसनको नेतृत्व गरेको शाह युवा माझ लोकप्रिय छन्। उनी राष्ट्रिय युवा संघ नेपालको अछाम इन्चार्ज समेत हुन्।

Read More

धनगढीः नेकपा एमाले सम्बद्ध अनेरास्ववियु धनगढी उपमहानगर कमिटीले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगर कमिटिले उपमहानगरका १९ वटै वडामा अगामी सातादेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने नगर अध्यक्ष नितिश जोशीले जानकारी दिए। कार्यक्रमले जनता र जनतप्रतिनिधिबीच गुनासा, सुझाव र समस्याको दोहोरो अन्तरक्रिया गर्न सहयोग पुगाउने विश्वास जोशीको छ। स्थानीय सरकारले नयाँ वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिरहेका बेला आयोजना गरिने कार्यक्रमले जनगुनासो सम्बोधन हुने गरी बजेट निर्माण गर्ने काममा पनि सघाउ पुग्ने उनी बताउँछन्। त्यसैका लागि आज अनेरास्ववियु धनगढी उपमाहानगर कमिटीको टालीले वडाध्यक्षहरुलाइ आमन्त्रण गर्दै र कार्यक्रमबारे जानकारी गराएको छ।

Read More

धनगढीः सर्वोच्च अदालतमा रिट हालेर रवि लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले विद्धुतको बक्यौता असुल्न माग गर्दै नेपाल बिद्धुत प्राधिकरणमा निवेदन हालेका छन्। विभिन्न उद्योग तथा कम्पनीले विद्युत महशुलको बक्यौता रकम नबुझाएकोले तत्काल ती कम्पनीसँग रकम असुल उपर गर्न माग गर्दै उनले हिजो प्राधिकरणमा निवेदन दिएका हुन्। बक्यौता बुझाउन ३५ दिनको समयसीमा तोकी ताकेता गर्न प्राधिकरणलाई भनेका उनले अन्थया लाइन काट्न माग गरेका छन्। ‘विभिन्न उद्योगधन्दा तथा कलकारखानाले नेपाल विद्युत प्राधिकरणको विद्युत महशुल नबुझाएको एंव बुझाउन आनाकानी गरिरहेको भन्ने खबर सार्वजनिक हुने गरेका सम्पूर्ण बक्यौता बुझाउन बाँकी उद्योग एंव कम्पनीहरुलाई ३५ दिनको समयसीमा तोकी विद्युत महशुलको बक्यौता…

Read More

बैतडीः जिल्लाको पाटन नगरपालिका–४ पलेटामा एक बालिका मृत फेला परेकी छन्। स्थानीय रमेश चन्दकी ८ वर्षीया छोरी ललिता आज बिहान मृत फेला परेकी हुन। उनी सोमबार दिउँसोबाट सम्पर्कविहीन भएकी थिइन। मंगलबार विहान सोहीँ वडाको मङराउ खोलामा मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। बालिकाको शव पोष्टमार्टमका लागि पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरी निरीक्षक खत्रीले बताए।

Read More

बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय बाशुदेव जोशीको हत्या घटनाका दुई जना आरोपित समातिएका छन्। हत्या आरोपमा दोगडाकेदार गाउँपालिका–८ तोलीका मन्दिरे भनिने २४ वर्षीय महेन्द्र बिष्ट र कट्टेधारकी २८ वर्षीया धनमती भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए। ‘महिलालाई हिजै समातेका हौँ, अर्का आरोपित बिष्टलाई आज घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै छौँ,’ उनले भने। आरोपितलाई पक्राउ गर्न गएको प्रहरी टोलीका एक सदस्यका अनुसार गाउँमा बिष्टका दुई घर छन्। मुलघर भन्दा अर्को घरमा लुकिरहेको अवस्थामा पक्राउ परेका हुन। ‘ढोकामा बाहिरबाट ताला लगाएर बिष्टलाई भित्र लुकाइएको थियो,’ उनले भने। शनिबार राति…

Read More

धनगढीः नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा।आरजु राणा देउवाले धनगढीको विकास देखेर चकित परेको बताएकी छन्। धनगढीमा जारी नेपाल भारत मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै सांसद राणाले यस्तो बताएकी हुन्। राणाले यति छिटो धनगढीका सडकमा यति विकास होला र झिलिमिली बत्ती बल्ला भनेर कल्पना समेत नगरेको बताईन्। उनले भनिन्, ‘यति छिटो धनगढीका सडकमा यति विकास होला र झिलिमिली बत्ती बल्ला भनेर कल्पना पनि गरेको थिएन। हिजो राती महेन्द्रनगर बाट आएको गेटा भन्दा तलतिर आउदा कुन ठाउँ हो जस्तो लाग्यो।’ कार्यक्रमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव समेत सहभागीता रहेको थियो।

Read More