काठमाडौँ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । जनवरी १, २०२३ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने भएको हो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर जहाज बुधबार बिहान९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्ने कार्यतालिका रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उक्त जहाज १ घण्टा पोखरामा होल्ड भएर काठमाडौँ आउने र सोही दिन चीन फर्किने समेत निरौलाले जानकारी दिए । दक्षिण एसियामै पहिलोपटक पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिबलको अवसरमा चार्टर्ड फ्लाईट हुन लागेको हो…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । केही दिनयता प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा छलफल चलिरहेको छ । सोही क्रममा पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । लुम्बिनी प्रदेशको स्थानमा अंक लेखिएकाले सच्याएर ल्याएमात्र छलफल हुन सक्ने भन्दै एमाले सांसद रघुजी पन्तले बताएपछि बैठक स्थगित गरिएको हो ।
सुनबहादुर तामाङ नाम गरेका ठगले हिरादेवी थापा नाम गरेकी महिलाको १२ लाख ठगेका छन्। सोही आरोपमा सुनबहादुरलाई पक्रेर रोजगार विभागमा पठाइएको छ। नुवाकोट दुप्चेश्वरका ५५ वर्षीय सुनबहादुरलाई गोकर्णेश्वर ४, माकलबारीबाट नियन्त्रणमा लिइएको हो। हिरादेवीलाई जापान पठाइदिने प्रलोभनमा पटकपटक गरेर १२ लाख रुपैयाँ ठगेपछि सुनबहादुर फरार भएका हुन्। रोजगार विभागमा थापाले आफु ठगिएको निवेदन हालेपछि प्रहरीले अस्ति तामाङलाई पक्रेको हो।
यो वर्ष औसतभन्दा बढी गर्मी भएपछि जनावरले समेत पानीको खोजी गर्न थालेका छन् । मानिसले झैँ यी जनावरले पनि गर्मीबाट बच्न पानीको सहयोग लिएका हुन् । चीनको दक्षिण भेगमा यो वर्ष अन्यत्रको तुलनामा गर्मी ह्वात्तै बढेको छ । हङकङ नजिकैको सेन्जेन शहरमा रहेको वाइल्ड एनिमल पार्क (चिडियाघर) का जंगली जनावरले नजिकैको धारामा नुहाउने र पोखरी डुबुल्की मारेका छन् ।
वेदकोट : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिलो छन् । वर्षा नहुँदा अहिलेसम्म रोपाइँ सुरु गर्न नसकेको उनी बताउछन्।’गत वर्ष असार १ गतेदेखि नै रोपाइँ थाले, यसपटक पानी नै नपरेर खडेरी भएकाले रोपाइँ गर्न सकिएको छैन’, किसान चौधरीले भने, ‘सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा खेतीपाती गर्नुपर्छ ।’ उनी तीन बिघा जमिनमा धान खेती गर्छन् । धान, गहुँ, तरकारी खेती गर्ने चेतराज त्यसैबाट हुने उब्जाउ बेचेर घर खर्च चलाउछन् । बेदकोट नगरपालिका–४ का केशव बोहराको रोपाइँका लागि धानको ब्याड तयार भएको छ ।…
काठमाडौँ : अर्थ समितिले रोक्का गरेको ब्रोकर लाइसेन्सको प्रक्रिया खोलेको छ। मङ्गलवार बसेको समितिको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया खोल्ने निर्णय गरेको हो। जेठ २९ गतेको बैठकले अनुमति प्रक्रिया रोक्का गरेको थियो । समितिले ब्रोकर अनुमति प्रक्रियाबारे परेको उजुरीको आधारमा धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको थियो।
कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले अछामको बयालपाटा अस्पतालका लागि ५० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । सोमबार सार्वजनिक भएको प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक विकास कार्यक्रम पुस्तिका (रेड बुक)मा बयालपाटा अस्पताललाई ५० लाख रुपैयाँ मात्रै छुट्याएको खुलासा भएकाे हो । यसअघि सो अस्तपालाका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको कुरा बाहिर आए पनि रेड बुकमा भने बयालपाटा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग शीर्षकमा ५० लाख रुपैयाँ मात्रै विनियोजन गरेको उल्लेख छ । नमुना अस्पतालका रूपमा सञ्चालित सो अस्पतालमा बजेट छुट्याइएन भनेर प्रदेशसभामा बजेट प्रस्तुत गरेपछि त्यहाँका जनताले सामाजिक सञ्जालमा आक्रोश पाखेका थिए । तर यही असार २ गते…
धनगढीः अत्तरियामा एक सरकारी नम्बर प्लेटको गाडी तोडफोड गरिएको छ। अत्तरियाको चौकीडाँडामा सरकारी प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी गाडी तोडफोड गरिएको हो। रातो नम्बरको कार आज विहान तोडफोड गरिएको हो। कारको पछाडीको सिसा तोडफोड गरिएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार चौकीडाँडामा सरकारी गाडी तोडफोड भएको भन्ने खबर प्राप्त भएको जनाएको छ। पुर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी ३ चौकेडाडाँमा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेको बुझिएको छ।
कैलाली: कैलालीमा लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्। सोमबार साँझ टीकापुरमा सोही नगरपालिकाको १ नम्बर वडाका २९ वर्षीय बिशाल ज्ञवाली ४ ग्राम ८१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्। शङ्काको आधारमा ज्ञवालीले चलाएको सु.प.प्र.०१०११ प ७२४३ नम्बरको मोटरसाइकलको चेकजाँच गर्दा चिनी र दाल राखेको बोराभित्र प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको ब्राउनसुगर फेला परेको प्रहरीको भनाई छ। घटनामा पक्राउ परेकामाथि आज मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।
बैतडीः बैतडीमा लडेर एक बालिकाको मृत्यु भएको छ। विद्यालयको बिदा भएर घर फर्किने बेला लडेर सोमबार हेमन्ती धामीको मृत्यु भएको हो। सिगास गाउँपालिका–१ को माणौ टोलकी ५ वर्षीया धामी स्थानीय पञ्चोदय माविमा अध्ययन गर्थिन्। धामी विद्यालयबाट घर फर्कने क्रममा सोमवार ४ बजेतिर गडान भन्ने ठाउँमा लडेको विद्यालयका प्रधानाध्यापक मान सिंह धामीले जानकारी दिए। हेमन्ती सल्लापिरोलमा चिप्लीएर तल रहेको सडकमा खसेकी थिइन्।