Author: महेन्द्रनगर पोष्ट

धनगढीः नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले केही पदाधिकारी र सदस्यलाई निष्कासन गरेको छ। संघले तत्कालीन स्थायी कमिटी सदस्य तथा रौतहट जिल्ला इञ्चार्ज निवेश यादवसहितलाई निष्कासन गरेको जानकारी दिएको छ। संघको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने पर्साका विश्वराज पटेल, रामेछापका शंकर लाखे, नवलपुरका गुणराज पुन, काभे्रपलाञ्चोकका वीरेन्द्र लामाले पार्टी र संघको हित विपरी गतिविधि गरेको बताएको छ। जारी विज्ञप्तिमा उनीहरु सबैलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको व्यहोरा उल्लेख छ।

Read More

धनगढीः दार्चुलाका विभिन्न स्थानहरुमा अहिले पनि सडक विस्तार भएका छैनन्। जिल्लास्थित मालिकार्जुन गाउँपालिका–२ न्वालपानीको हालत पनि यस्तै छ। त्यहाँको एउटा कहालिलाग्दो दृश्य अहिले चर्चामा छ। दृश्य हो, एक सुत्केरीलाई व्यथाले च्यापेपछि खाटको डोरीमा बोकेर स्वास्थ्य चौकी लैजान लागेको। स्थानीयका अनुसार ती महिलालाई बिहीबार राति व्यथा लागेको थियो। त्यसपछि गाउँमा बिरामी बोक्ने स्ट्रेचर नहुँदा खाटको डोरीमा बोकेर अस्पताल लगेको बताइएको छ। यति मात्र होइन, गाउँमा बाटोसमेत राम्रो नभएको र विरामी अस्पताल पु¥याउन समस्या हुने गरेको स्थानीलयको गुनासो छ। न्वालापानीमा कम्तीमा ७५ परिवारको बस्ती छ। उक्त बस्तीमा एउटा पनि स्ट्रेचर नहुँदा समस्या हुने गरेको छ। उसो त संघ सरकार, प्रदेश सरकार र…

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाले सम्झौता नै नगरी ठेकेदारलाई नदीजन्य बस्तुको निकासी पैठारी गर्न अनुमति दिएको छ। करिब २ महिना देखी निरन्तर कन्द्रा,कन्द्री,टेग्ना,डोडा,झिंगेझाला नदीबाट श्री कर्णाली निर्माण सेवाले नदीजन्य बस्तु उत्खनन गरिरहेको छ। तर, यसको सम्झौता नगरपालिकासँग भएको छैन्। कर्णाली निर्माण सेवाले नगरपालिकामा राख्नु पर्ने सबै धरौटी नराखेको हुँदा सम्झौता नभएको नगरप्रमुख खडक रावत बताउँछन्। नगरपालिकाले सम्झौता नै नगरी प्राकृतिक स्रोत साधनको दोहन गर्ने जिम्मा पाएको कम्पनीले नगरपालिकालाई बुझाउनु पर्ने धरौटी रकम समेत नबुझाउँदा पनि नगरपालिका मौन रहेको छ। असोज १ गतेबाट नियमित रुपमा नदीजन्य बस्तुको निकासी पैठारीका लागि ठेकेदारले जिम्मा पाउने गरेका थिए तर, यस पटक भने टेन्डर पाइसकेको कम्पनीले…

Read More

काठमाडौंः नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसको राजनीतिक प्रतिस्पर्धी नेकपा एमाले रहेको बताएका छन्। उपसभामुख चयनको विषयमा छलफल गर्न बोलाएको बैठकपछि नेता लेखकले कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका हुन्। उनले भने,‘संघमा् हामी सबैभन्दा ठूलो दल हो र प्रदेशसभामा पनि सबैभन्दा ठूलो दल हो। तर राजनीतिक प्रतिस्पर्धा त एमालेसँग हो नि। त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं।’

Read More

धनगढीः कैलालीमा ट्रयाक्टर दुर्घटना भएको छ। गोदावरी नगरपालिका–१२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान पौने ११ बजेतिर से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र पाण्डेले ढुङ्गा लिन गएको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएको जानकारी दिए। उनकाअनुसार रानाको शरीरमा गम्भीर चोट लागेको छ भने सोही ठाउँ बस्ने सहचालक ४० वर्षीय मनीराम चौधरी इन्जिनमा च्यापिएको अवस्थामा भेटिएका छन्। ट्रयाक्टरको इन्जिनले च्यापिएका चौधरीको उद्दारका लागि इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल गएको छ। चालक रानालाई एम्बुलेन्स मार्फत उपचारका लागि…

Read More

एजेन्सीः बंगलादेश–भारत तटरक्षकबीचको सहकार्यमा भारतीय तटरक्षक गार्डका दुई जहाजलाई त्यहाँको बन्दरगाह चटगाउँमा भव्य स्वागत गरिएको छ। दुई देशका तटीय गार्डहरूबीच जारी घनिष्ठ सहयोग र सम्बन्धको रूपमा छ दिने भ्रमणमा भारतीय तटरक्षक गार्डका दुई जहाज चटगाउँ पुगेको बखत उक्त स्वाग गरिएको बताइएको छ। गत शुक्रबार इन्डियन कोष्ट गार्ड शौर्य र राजवीरलाई चटगाउँ बन्दरगाहमा बंगलादेशको तटरक्षक बलले न्यानो स्वागत गरेको ढाकास्थित भारतीय उच्चायोगले जनाएको छ। इन्डियन कोस्ट गार्ड शौर्य प्राविधिक रुपले सुसम्पन्न गस्ती जहाज भएको भारतीय दाबी छ। त्यो गोवा शिपयार्ड लिमिटेडद्वारा डिजाइन र निर्माण गरिएको हो। त्यसमा चेतक र विकसित लाइट हेलिकप्टर सबै उडान र अवतरण गर्न सक्छन्। इन्डियन कोस्ट गार्ड…

Read More

धनगढीः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि ‘कलब्रेक’ र ‘म्यारिज’ टिमको सदस्य बनेको आरोप लागेको छ। सामाजिक सञ्जालमा उनलाई ‘कलब्रेक’ र ‘म्यारिज’ टिममा आफैँ सदस्य हुन पुगेको भन्दै व्यङ्ग्य गरिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ता नारायण अधिकारीले फेसबुकमा उक्त स्टाटससहित अरुले लेखेका केही स्टाटससमेत सेयर गरेका छन्। उनी पहिले टेलिभिजन प्रस्तोता हुँदा सरकार र सरकारी निकायमा भएका सामान्य बेथितिलाई पनि चर्का शब्दमा उरालेर वाहवाही लिने गरेकाले पनि अहिले उक्त आरोप लगाइएको बुझ्न सकिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत रहेका लामिछानेको एकल निर्णयबाट उनको दलका सांसदलाई मन्त्री बनाइएको विषय सार्वजनिक भइसकेको छ। एमालेको भागमा परेको स्वास्थ्य मन्त्रालयमा आफ्नो पार्टीको तर्फबाट सांसद डा। तोसिमा कार्कीलाई…

Read More

जनकपुरधामः प्रहरीको सीआईडी हौं भन्दै लुटपाट गर्ने गिरोहका ६ जना महोत्तरीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दिबास नगरपालिका १४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं १२ चल्की टोलका शैलेन्द्र राउत, र जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका १९ वर्षीय दीपक राउत छन्। उनीहरुलाई बुधबार प्रहरीले लुटपाटको सामानसहित बर्दिबासबाट नियन्त्रणमा लिएको हो। बर्दिबास प्रहरीका प्रहरी नायव निरीक्षक रवि रावलका अनुसार उनीहरुले प्रहरीको सीआईडी हुँ भन्दै गत पुस २८ गते अपराह्न सर्लाही हरिवन नगरपालिकाका राहुल महतोलाई नियन्त्रणमा लिई बर्दिबास ४ स्थित चेरुको जङ्गलमा लगेर लुटपाट गरेका थिए। महतोको साथमा रहेका…

Read More

पर्वतः फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा मैदानमा लगेर एकाएक हेलिकोप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि कुटपिट भएको छ। बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि हातपात भएको हो। पोखराबाट चार्टर गरेर लगिएको हेलिकोप्टर ल्यान्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। खेलको पहिलो हाफ चलिरहँदा हेलिकोप्टर खेलमैदानमा झारिएको थियो। खेल चलिरहँदा मैदानमै हेलिकोप्टर बसेपछि स्थानीय युवाहरू आक्रोशित बनेका थिए। उनीहरूको कुटाइबाट क्याप्टेन डङ्गोलको नाक तथा मुखबाट रगत निस्किएको छ। वालिङ…

Read More

धनगढीः धनगढीको बेलामा रहेको बेलादेवीपुर धाममा महायज्ञ आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको बेलादेवी धाममा अगामी माघ ११ गतेदेखि शिवपुराण एकादशाह ज्ञान महायज्ञ तथा विश्वकल्याण श्रृंगारिक महाआरती हुने भएको हो । बिहीबार धाममा पत्रकार सम्मेलनको आयोजना गर्दै बेलादेवीपुर धाम व्यवस्थापन समितिले महायज्ञबारे जानकारी दिएको हो । व्यवस्थापन समितिका अध्यक्ष कविराज जोशीले माघ २५ गतेदेखि मंसिर ६ गतेसम्म धाममा महायज्ञ आयोजना गरिन लागेको जानकारी दिए । शेष शैयामा शयन गरेका लक्ष्मीनारायणको ठूलो मूर्ती निर्माणार्थ सांस्कृति महोत्सव नाम दिएर महायज्ञ आयोजना गरिरहेको उनको भनाई छ । जोशीकाअनुसार महायज्ञ व्यवस्थापन र सञ्चालनमा करीब १० लाख रुपैयाँ बजेट…

Read More