Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छन्। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा उनले २८ मत पाएकी थिइन्। ५३ जना मध्ये एक सभामुख बाहेक अन्य सबैले मत दिएका थिए। चौधरीले एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत पाइन्। उपसभामुखको अर्को उम्मेदवार नेकपा एकीकृत समाजवादी माया पन्तले २४ मत पाएकी थिइन्। पन्तले कांग्रेसको १९, नेकपा एकीकृत समाजवादीको ४ र स्वतन्त्र १ मत पाएकी थिइन्।

Read More

काठमाडौंः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्। आज मात्रै मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्। उनले पुस १० मा विनाविभागीय मन्त्रीको शपथ लिएको थियो। मन्त्रालयमा उनलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनी स्वागत गरेका थिए। स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको सहभागिता थियो। पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले काम गर्ने बताए।

Read More

धनगढीः अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बालिका बलात्कारको आरोपमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो। जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ। एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो। सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पल शाह तत्काल रिहा हुने छैनन्। हाल उनी जिल्ला अदालत…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको उपसभामुखमा नेकपा एमालेकी कोइलीदेवी चौधरीले उम्मेदवारी दिएकी छन्। एमालेका प्रदेशसभा सदस्य सुरेन्द्र पालको प्रस्ताव र माओवादीकी लक्ष्मी बिकको समर्थनमा चौधरीले मनोनयन दर्ता गरेकी हुन्। चौधरीलाई एमालेसहित नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले साथ दिएको छ। चौधरीविरुद्ध कांग्रेसको समर्थनमा नेकपा एकीकृत समाजवादीकी माया पन्तले उम्मेदवारी दिएकी छन्। उपसभामुख चयनका लागि साँझ ६ बजे मतदान गर्ने कार्यसूची छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको उपसभामुखमा नेकपा एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य माया पन्तले उम्मेदवारी दिएकी छन्। नेपाली कांग्रेसको समर्थनमा पन्तले उपसभामुखमा उम्मेदवारी दिएकी हुन्। एकीकृत समाजवादीका प्रदेशसभा सदस्य नरेश शाहीको प्रस्ताव र कांग्रेसकी मधुदेवी भारतीको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन्। सभामुख भीमबहादुर भण्डारीले मंगलबार साँझ ६ बजे उपसभामुख चयनका लागि प्रदेशसभाको बैठक बोलाएका छन्। सत्तारुढ गठबन्धनले नेकपा एमालेकी कोइलीदेवी चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ। चौधरीले केही बेरमा उम्मेदवारी दिदैछन्। सचिवालयकाअनुसार साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

Read More

धनगढीः सुदूरपश्चिमको उपसभामुखको लागि सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरी र कांग्रेस–नेकपा एस गठबन्धनबाट नेकपा एकीकृत समाजवादी माया पन्त चुनावी मैदानमा उत्रिने भएकी छन्। यसअघि नागरिक उन्मुक्ति पार्टीको भागमा परेको उपसभामुख नागरिक उन्मुक्तिले स्वीकार नगरेपछि एमालेले लिएको हो। आजै सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित भइसकेका छन्। आजै उपसभामुखको पनि निर्वाचन हुँदै छ।

Read More

धनगढीः कैलाली प्रहरीले धनगढीमा अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि बस्ने २३ वर्षीय आयुस ढकाल र गौरीगंगा नगरपालिका–४ घर भई धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने २५ वर्षीय बिजय नेपाली पक्राउ परेका हुन्। उनीहरुलाई ३ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाइएको छ।

Read More

धनगढीः प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा सोमबार सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेका छन्। हिजो भएको दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरी दुई खेलमा शतप्रतिशत जित निकाल्दै चार अंकका साथ सेमिफाइनल प्रवेश गरेको छ। यही समूहबाट पहिलो दुई खेलमा जित हात पार्दै एपीएफ सेमिफाइनल प्रवेश गरिसकेको छ। लगातार दोस्रो हारपछि गण्डकीको सेमिफाइनल यात्रा टुंगिएको छ। ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउँदै भेटायो। कप्तान बिन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रन बनाइन्। सोभा रोकाया ८ रनमा अविजित रहिन्। गण्डकीबाट एकमात्र विकेट निरुता जीटीले लिइन्। यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाका पूर्व मेयर खेमराज पाण्डेले माघ १ गते मकर संक्रान्तिका दिन बिहानै स्नान गरे। त्यसपछि उनी केहीबेरमा बिहान घर्किदै जादा हल्का घाम देखिन थालेपछि घरको आगनमा बसेर घाम तापिरहेका थिए। त्यही बेला उनकी छोरी सुष्माको फोन आयो। उनीहरुबीच कुराकानी नभएको लामो समय भइसकेको थियो। सुष्माले पाण्डेलाई काठमाडौँ विमानस्थलको यात्रु प्रतिक्षा कक्षबाट फोन गर्दै आफू पोखरा गइरहेको बताइन्। यति एयरलाइन्सको विमानबाट छोरा स्लकसँगै माघी मनाउन पोखरा जादै गरेको उनले सुनाइन्। पाण्डेले राम्रोसँग जानु भन्दै नातीको ख्याल गर्न सुझाव दिन नपाउदै उनले विमान उड्ने बेला भएको र आफू बस स्टेशनतर्फ जादै गरेको भन्दै विदा लिने अनुमती मागिन्। पाण्डेलाई उनले भनिन्,…

Read More

धनगढीः सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेले ८ वटा मन्त्रालयसहित सरकारमा १० जनाको सहभागीता गराउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सोमबार रातिको समझदारी अनुसार एमाले २ राज्यमन्त्री र ८ मन्त्री पाउने भएको हो। तीमध्ये उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलसहित ३ जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्। एमालेबाट यसअघि ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन्। दामोदर एमाले सुदूरपश्चिमका अध्यक्ष तथा बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। उनले भागवण्डा अनुसार आज उद्योग मन्त्रालयको जिम्मेवारी पाउने संभावना रहेको छ। स्रोतका अनुसार भण्डारीले पार्टीमा त्यसैका लागि लबिङ गरिरहेका छन्।भागवण्डामा एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि…

Read More