Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढी उपमहानगरपालिकाका एक वडा सचिव कार्यालय समयमै मदिरा सेवन गरेर लठ्ठ अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १९ को वडा कार्यालयका सचिव हरिप्रसाद भट्ट कार्यालय समयमै मदिरा सेवन गरी वडा कार्यालय बाहिर सुतेको अवस्थामा फेला परेका हुन्। आज मदिरा सेवन गरेर वडा सचिव कार्यालय समयै फेला परेको धनगढी उपमहानगरपालिका– वडा नम्बर १९ का वडाअध्यक्ष बाँधुराम चौधरीले बताए। मदिरा सेवन गरेर वडा सचिव लठ्ठ भएपछि आज दिनभर वडा सचिवले गर्ने कामकाज सबै प्रभावित भएको वडा कार्यालय पुगेका सेवाग्राहीले बताएका छन्।

Read More

धनगढी: कैलालीमा खैरो हिरोईनसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका ५ नुक्कलीपुरका २३ वर्षीय साजन चौधरीलाई लागु औषध खैरो हिरोईनसहित मंगलवार फेलापारी पक्राउ गरेको प्रहरीले बताएको छ। उनले लगाएको जकेटको भित्री गोजीवाट ६७० मिलि ग्राम लागु औषध र साथमा रहेको अनटेस्ट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको बताएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित ५ जनालाई पक्राउ गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरीको टोलीले बेलौरी नगरपालिका ६ बैशाखामा सु.प.प्र.०१०–११ प ७१४६ नम्बरको स्कुटीमा सवार कैलालीको जोशीपुर गाउँपलिका–६ सिम्रीका २३ वर्षीय पारस कठरिया र २३ वर्षीय दिनेश रावतलाई पक्राउ गरेको छ भने उनीहरुको साथबाट १ पोका ८३ मिलीग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको छ । यस्तै भीमदत्त नगरपालिका ४ स्थित भाँसीबाट म२ प १८६६ नम्बरको मोटरसाइकलमा सवार १९ वर्षीय प्रवेश थापा मगर, दार्चुलाको शैल्यशिखर नगरपालिका ३का २९ वर्षीय रामसिंह धामी तथा र भीमदत्त नगरपालिका ४ का १८ वर्षीय अनुराग टोकेलाई पनि…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउने सम्भावना टर्दै गएको छ। उक्त प्रदेश सभाको निर्णायक दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेसँगै रावलले विश्वासको मत पाउने सम्भावना टर्दै गएको हो। आज (बुधबार) विश्वासको मत प्रयोजनाका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो। तथापि उक्त बैठक स्थगित भएको छ। भोलि १ बजे अर्को बैठक बोलाइएको छ। ‘हाम्रो माग सम्बोधन नभएसम्म हामी सरकारमा सहभागी नहुने यसअघि नै निर्णय गरिसकेका छौँ । यसका साथै हामी सुदूरपश्चिम सरकारलाई विश्वासको मत पनि नदिने निष्कर्षमा पुगिसकेका छौँ । यसअघि रेशम चौधरीलाई माघ महिनाभित्रै जेलमुक्त गर्ने निर्णय भएको थियो । सो निर्णय कार्यान्वयन…

Read More

धनगढी: कैलालीको चुरे गाउँपालिकामा गाउँस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ। नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भोलि (बुधबार) बिहान १० बजेदेखि सिल्ड हुन लागेको हो। उक्त प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले गर्नेछन्। प्रतियोगिता चुरे गाउँपालिका वडा नं १ अलाडको भैरव माध्यमिक विद्यालयको खेल मैदानमा हुने जनाइएको छ।

Read More

धनगढीः कैलालीमा पहिरोबाट विस्थापित भएका बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ । जिल्लाको चुरे गाउँपालिका–४ को पनेरु गडा अव्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका विस्थापित परिवारमा आश्रीत बालबालिकालाई मंगलबार न्यानो कपडा सहयोग गरिएको हो । कैलालीका पत्रकार बिरेन्द्र रावलको समन्वयमा अमेरिकाको क्यालिफोर्नीयाको लसएन्जल्समा बस्दै आइरहेका कृष्ण आचार्य, कुमार खड्का, महेश आचार्य, हरिहर आचार्य, योगेन्द्र अछामी, सरोज रावत, गणेश गुरुङ र एनिसटेन तिवारीको आर्थिक सहयोगमा १०३ जना बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको हो । पत्रकार रावलकाअनुसार उनीहरुले संकलन गरेर पठाएको ८० हजार रुपैयाँ बराबरको न्यानो लुगा बालबालिकाहरुलाई प्रदान गरिएको हो । पनेरुगडा पुगेर रावलले उनी बालबालिकालाई लुगा हस्तातरण गरेका हुन् । चुरे…

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने घोषणा गरेकि छन्। अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग पूरा नभएकाले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताइन। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार विश्वासको मत लिँदैछन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वत: पदमुक्त हुने संविधानको व्यवस्था छ । तर बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको राहदानीसम्बन्धी कसूरको जाहेरी प्रहरीले नलिएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेको छ।  मंगलबार युवराज पौडेल (सफल)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पूर्व-उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेविरूद्धको जाहेरी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले दर्ता नगरेको भन्दै निवेदन दिएका हुन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम कार्यालयमा निवेदन दिएका हुन्। सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले पनि निवेदन आएको पुष्टि गरे। ‘निवेदन आएको छ। तर मैले हेर्न पाइसकेको छैन,’ उनले भने। लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र प्रचलित राहदानी ऐन, २०७६ को दफा…

Read More

एजेन्सी: भारतीय सेनाले कम्बोडियन सेनालाई तालिम दिने भएको छ । दुई मुलुकका सैन्य अधिकारीहरुले गरेको हालैको सोसम्बन्धी सम्झौता दुबै मुलुकको सार्वभौम रक्षाको निम्ति ‘टर्निङ प्वाइन्ट’ भएको भारतीय सुरक्षा विश्लेषकहरूको निश्कर्ष छ । सम्झौताबमोजिम भारतीय सेनाका प्रशिक्षण कमाण्डरहरूले कम्बोडियन सेनाका लागि विशेष पाठ्यक्रमसहितको तालिम सञ्चालन गर्नेछन् । त्यसका लागि भारतीय सेनाले कम्बोडियामा नै प्रशिक्षण टोली पठाउने छ ।  भारत भ्रमणमा आएका रोयल कम्बोडियन आर्मी कमाण्डर लेफ्टिनेन्ट जनरल हुन मानेत र भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेबीच नयाँ दिल्लीमा भएको वार्तापछि रक्षा मन्त्रालयमा भएको सम्झौतामा सोसम्बन्धी विषय उल्लेख गरिएको हो । कम्बोडियाली सेनाका कमाण्डरले भारत भ्रमण गरेको यो पहिलो नै पहिलो हो…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक जना भारतीय नागरिक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ जनज्योती चोकमा भारतीय नागरिक मृत फेला परेका हुन्। चोक नजिकै काप्रोको रुख मुनि सोही ठाउँ बस्ने भारत बिहार घर भएका ८० वर्षीय मंगल यादव सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Read More