काठमाडौं: नेपाल प्रहरीभित्र बदनामको उपमा पाएकी निलम्बित एवं फरार इन्सपेक्टर बिनुकुमारी शाही अझै पक्राउ परेकी छैनन्। निकटस्थ स्रोतका अनुसार उनी नेपालभित्रै प्रहरी सेटिङमा लुकेर बसेकी छन्। उनीविरुद्ध दसैं अगाडि नै पक्राउ पूर्जी जारी भएको थियो। तर उनी पक्राउ नपर्दा बेलाबखत फरारै रहेको अवस्थामा उनले प्रहरी, प्रशासनलाई चुनौती दिनेगरी सामाजिक सञ्जालमा सक्रियता देखाएपनी पछि भने चुप बसिन्। उता प्रहरीले भने सिआईबीमार्फत अनुसन्धान भ्याएर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा नै दायर भएको छ। उनीमाथिको अनुसन्धान सकिएर फाइल जिल्ला सरकारी वकिल कार्यालयबाट अदालतमा पुगेर मुद्दा दायर भएको हो। उनी मुछिएको हनि ट्रयापिङ प्रकरणमा फरार शाहीसहित ६ जनाविरुद्ध जिल्ला अदालत, ललितपुरमा मुद्दा दायर भएको बताइएको…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीमा दुई युवती मृत फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिकामा दुई युवतीले मृत भेटिएका हुन्। घोडाघोडी नगरपालिका –७ कीर्तिपुर बस्ने १६ वर्षकी भावना बोहरा आइतबार झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी निरीक्षक डिबी साउँदले घरनजिक जङ्गलको किनारमा रुखमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेको जानकारी दिए। यस्तै, घोडाघोडी नगरपालिका–५ बनखेत बस्ने २१ वर्षीया सबिता चौधरी पनि मृत फेला परेकी छिन्। आफ्नै घरमा शनिबार दिउँसो मृत फेला परेको परिवारका सदस्यहरुको भनाइ छ। अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
डडेल्धुरा: आन्तरिक राजस्व कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ। कार्यालयमा चार महिनादेखि कार्यालय प्रमुख नभएको र दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह पनि प्रभावित भएको छ। कर अधिकृत र नायब सुब्बाको अभावमा सेवा प्रवाहमा समस्या भएको हो। कार्यालयमा हाल १० जना कर्मचारीको दरबन्दी रिक्त छ। एक उपसचिव, तीन कर अधिकृत, पाँच सुब्बा र कम्प्युटर अधिकृतलगायत कर्मचारीको पद रिक्त रहेको छ। कार्यालय प्रमुखको चार महिनाअघि सरुवा भएपछि कार्यालय निमित्तकै भरमा चलिरहेको छ। उक्त कार्यालयले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुराका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ।
काठमाडौं: एकताका सरकारबाहिर हुँदा सडकमै ओर्लिएर जिल्लाबासी निर्मला पन्तको न्याय माग गर्ने नेता रमेश लेखक हाल सरकारको गृहमन्त्री पदमा छन्। यानिकी उनी आफैं न्याय दिलाउने स्थानमा छन्। तर, उनको त्यो न्याय माग र अहिलेको न्याय दिलाउने स्थानमा गएपछिको लोली र बोलीको भने कुनै मिलाप छैन। उनले पहिले हत्यारा पत्ता लगाउन नसक्नुलाई असफलता भन्दै तत्कालीन गृहमन्त्रीलाई जिम्मा लिन सुझाव दिएकोमा अहिले आफैं भने अनुसन्धान जारी छ भन्दै टार्ने परिस्थितिमा छन्। उनलाई गृहजिल्लाकी पन्तलाई न्याय दिलाउन नसक्नु नै निल्नु न ओकल्नु बनिरहेको छ। अस्तिमात्रै गृहजिल्ला कञ्चनपुर पुगेर धनगढी फर्किएर्पछि लेखकले अनुसन्धान जारी छ भन्ने रेडिमेड जवाफ दिएर पन्छिए। बिहीबार धनगढीमा प्रेस युनियन…
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं ७ वातावरण सामुदायिक वनसम्मको आठ किलोमिटर क्षेत्रमा तारजालीको छेकबार लगाएपछि मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी आएको छ। छेकबार लगाएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आवासीय क्षेत्र र खेतबारीमा जङ्गली जनावर आउन छाडेका हुन्। निकुञ्ज क्षेत्रबाट छिर्ने बँदेल, निलगाई, चित्तललगायत जनावरले खेतबारीमा लगाएको सागसब्जीदेखि अन्नबाली खाएर स्थानीय किसानलाई हैरान पारेका थिए। “निलगाई र चित्तलको बथानले रातिका बेला बारीमा छिरेर पूरै बाली सखाप पार्ने गर्दथे, परिवार पाल्नकै लागि स्थानीयले भारततर्फ लाग्नु पर्दथ्यो”, स्थानीय रतन रानाले भने, “तारको छेकबार जडानपछि त्यो कार्य रोकिएको छ।” सुनदेवी उपभोक्ता समितिले ताल, राष्ट्रिय प्रकृति संरक्षण कोष, वातावरण मध्यवर्ती सामुदायिक वनको सहयोगमा छेकबार…
धनगढी: कैलालीमा एउटा विवाहका कुर्सी ताेडफाेड गर्दै लफडामा उत्रिएका दुई जना कुटिएका छन्। आइतबार बिहान २ बजेतिर बर्दगाेरिया गाउँपालिका- ६ का केशब नेपालीकाे छाेरी डम्मराकाे विवाहमा प्रवेश गरेर बिना कारण २४ वर्षीय सुशील बम लगायतले कुर्सी ताेडफाेड गरेकाे प्रहरीले जनाएको छ। साेही क्रममा स्थानीयले उनीहरूलाई लखेट्दै कुटपिट गरेका थिए । कुटपिटबाट बम र घाेडाघाेडी नगरपालिका -३ का २२ वर्षीय प्रमाेद परियार घाइते भएका छन्। बमलाई थप उपचारका लागि काेहलपुर पठाइएको छ । उनकाे साथबाट चक्कु बरामद गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले जानकारी दिए। उनीसँगै विवाहमा लफडा गर्ने दुई जनालाई पक्राउ गरिएकाे छ। पक्राउ पर्नेमा बर्दगाेरिया गाउँपालिका-६ बस्ने…
काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ को मस्यौदालाई स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्न गृहमन्त्री रमेश लेखकले हस्ताक्षर गरेका छन्। केही दिन अगाडि लेखकले सो हस्ताक्षर गरेका हुन्। गृहमन्त्री निकट स्रोतका अनुसार प्रहरी र सशस्त्रमा प्रहरी महानिरीक्षक (आईजीपी) को उमेरहद ६० वर्षे तोक्ने विधेयकको मस्यौदामा गृहमन्त्री लेखकले हस्ताक्षर थालेका छन्। दुवै संगठनमा सेवा उमेर ६० वर्ष र तल्लो दर्जाले १६ वर्षे सेवापछि अवकाश लिन पाउने गरी प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानून ६९ वर्षपछि नयाँ निर्माण हुन लागेको बताइएको छ। गृहमन्त्री लेखकको हस्ताक्षरपछि विधेयकको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश हुनेछ भने मन्त्रिपरिषद्को स्वीकृतिपछि विधेयक संसदमा…
धनगढीः कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना भएको छ। कैलालीको धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम चन्द (विप्लव) को कार्यक्रममा सहभागि भएर महेन्द्रनगर फर्कदै गर्दा बस दुर्घटना भएको हो। दुर्घटनामा २९ जना कार्यकर्ता घाइते भएका छन्। २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए। घाइतेहरुलाई उपचारका लागि अत्तरिया पठाइएको उनले बताए। घटनाको विषयमा विस्तृत विवरण आउन भने बाँकी नै छ।
दार्चुला: महाकाली नगरपालिका–४ बङ्गाबगरस्थित आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका–५ गोल्फा स्थायी घर भई बङ्गाबगरमा बसोबास रहेका ३६ वर्षीय राजेन्द्र महताको शुक्रबार साँझ छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार छिमेकीको घरको छतबाट आफ्नै घरको छतमा फाल हाल्ने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको हो। घर तल महाकाली किनारतिरबाट बाढीले बाटो बगाएपछि छिमेकीको घरको छतबाट आफ्नो छतमा जाने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीका प्रवक्ता कान्तिराज जोशीले बताए।
धनगढीः सुदूरपश्चिम प्रदेशका ४ जिल्ला विश्व बैंकको लगानी रोजाईमा परेका छन्। छनोटमा परेका ४ जिल्लामा पाँच वर्षे कार्यक्रम लागु हुनेछ। संघीय सरकारमार्फत प्रदेश र स्थानीय तहका सडक बनाउन र मर्मत गर्न पाँच वर्षे कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रदेश र स्थानीय तहका सडकहरूको आवधिक मर्मत, नियमित मर्मत, स्तरोन्नति र नयाँ सडक समेत बनाइने भएको छ। विश्व बैंकको सहयोगमा प्रदेश र स्थानीय तहमा पाँचवर्षे सडक सुधार कार्यक्रम सञ्चालन गरिने भएको हो। प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) अन्तर्गत विश्व बैंकको र नेपाल सरकारको १६ अर्ब ६४ करोडको लागतमा कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशमा उक्त कार्यक्रम लागू गरिनेछ। कार्यक्रम सञ्चालन गर्न सहरी विकासमन्त्री…