Author: महेन्द्रनगर पोष्ट

वीरगञ्ज : वीरगञ्जमा एक जनाको शव फेला परेको छ। वीरगञ्ज महानगरपालिका-११ रानिघाट नजैकै सिर्सिया नदीमा सोमबार दिउँसो एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। अन्दाजी ५० वर्षजस्तो देखिने पुरुषको शव नदीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवलाई नियन्त्रणमा लिइ पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएकोमा शवको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

Read More

काठमाडौँ : राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९–०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९-०८० पेस गर्ने कार्यसूची छ । त्यस्तै अर्थ मन्त्री वर्षमान पुनले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने तथा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्तुत गर्दै उक्त संशोधनलाई सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची…

Read More

काठमाडौँ : आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जनाएको छ । आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शिर्षकमाथि छलफल हुने तालिका रहेको छ । त्यस्तै आज विनियोजन विधेयक अन्तर्गत विभिन्न सांसदहरुले राखेका पाँच खर्च घाउने प्रस्ताव समेत पेश हुने तालिका रहेको छ । सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

Read More

काठमाडौँ : पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता भएको छ । पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमानसँग सम्पर्कविहीन भएको र विमानको स्थानबारे जानकारी नआएको बताएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो । उक्त विमानमा उपराष्ट्रपति बाहेक नौ जना सवार थिए । रिपोर्टका अनुसार विमान आफ्नो गन्तव्य मजुजुमा अवतरण गर्न असफल भएको थियो । मजुजु मलावीको उत्तरी क्षेत्रमा स्थित छ ।

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्को) उद्घाटन मञ्चमा सहभागी हुन आज साँझ त्यसतर्फ जान लागेका हुन । उनले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको छ । भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने छन । राष्ट्रपति पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका…

Read More

धनगढी: नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह वलीले हिरोले लास्टमा देखाउने जनाएका छन्। सुदूरपश्चिममा सरकार विस्तार भएर मन्त्रीमा छुटेपछि उनले यस्तो बताएका हुन्। उनले आफ्नो फेसबुकमार्फत आफूलाई हिरो करार गर्दै आफूले लास्टमा देखाउने चेतावनी दिएका छन्। आज (सोमबार) मात्रै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै आर्थिक मामिला मन्त्रीमा एमालेका सुरेन्द्रबहादुर पाल, सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रका ओमबिक्रम भाट सरल सहित पाँच जना विना विभागीय मन्त्री नियुक्त गरेका थिए। सोडारीले एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई मन्त्री नियुक्त गरेका हुन्। तर हाललाई उनीहरूको मन्त्रालय भने तोकिएको छैन। सोही…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री ओमविक्रम भाट (सरल) पदभार ग्रहण गरेसँगै सहिद परिवारको बस्तीमा पुगेका छन्। आज (सोमबार) बेलुका सपथ र पदभार ग्रहण गरेपछि मन्त्री भाट मध्यरातमा आफ्नो निर्वाचन क्षेत्रस्थित सहिद तथा बेपत्ता परिवारको बस्तीमा पुगेका हुन्। उनले कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ स्थित बालुवाफाटास्थित बस्तीमा पुगेर मन्त्री भएको पहिलोपटक सहिद परिवारको बस्तीमा आशीर्वाद लिएका थिए। यस्तै उनले आफूले सहिद परिवार र निर्वाचन क्षेत्रको विकास एवं संरक्षणका लागि अहोरात्र खटिएर काम गर्ने जनाए। ५ सहिद परिवार रहेको सो बस्तीमा उनीहरूको रोजगारी, शिक्षा स्वास्थ्यका पनि विशेष प्राथमिकताका साथ काम गर्ने मन्त्री भाटको भनाई छ। त्यस अगाडि भने मन्त्री भाटले नेकपा एमालेका…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले संविधान बमोजिम जनपक्षीय काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहण गरेपछि मन्त्रालयका कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री पाललले संविधान र कानुनको परिधीभित्र रहेर सुधारात्मक काम गर्ने प्रतिबद्धता जनाएका हुन् । फेरिएको राजनीतिक समीकरण र परस्थितीका बाबजुत प्रतिपक्षमा रहेको एमाले पनि सरकारमा आएको बताउँदै उनले नयाँ जिम्मेवारी निर्वाह गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि उल्लेख गरेका छन् । अर्थतन्त्रमा विभिन्न चुनौती र समस्या रहेकाले तीनको सामान गरेर अघि बढ्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाई थियो । कर्मचारीहरुलाई पालले प्रदेश सरकारलाई सफल बनाउने कुरामा गम्भीर भएर भूमिका…

Read More

धनगढी : सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री ओमबिक्रम भाटले प्रदेशमा व्याप्त जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचारसंहिता निर्माण गर्ने निर्णय गरेका छन् । सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका मन्त्री भाटले पदभार ग्रहण गर्दै मन्त्री भाटले सार्वजनिक निकायहरुमा अझै पनि जातीय छुवाछुत तथा महिलाहरुमाथि विभेद र यौनजन्य हिंसा भइरहेकाले नियन्त्रण गर्न आचारसंहिता बनाउने निर्णय गरेका हुन् । खसगरी प्रदेशका शिक्षा, स्वास्थ्य लगायतका सरकारी कार्यालय र सबै सार्वजनिक स्थललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त र महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विभेदजन्य कार्यहरुलाई नियन्त्रण गर्ने सम्बन्धी आचार संहिता निमार्ण गरिने निर्णयमा उल्लेख गरिएको छ । त्यसका लागि मन्त्रालयका कानुन…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा‍ तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले उनलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिन तयारी गरेका थिए । तर उनले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका सांसद जोशीले आफूलाई यहाँको मन्त्री पदले आकर्षण नगरेको भन्दै मन्त्री पदको शपथ नलिएको प्रतिक्रिया दिए । मुख्यमन्त्री सोडारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैँसँग राखेका छन् ।

Read More