Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशमा माओवादीबाट मन्त्रीका लागि नाम बुझाइएपछि दलभित्र असन्तुष्टि देखिएको छ। मन्त्री बन्नेहरूबारेको विषयमा मन्त्री बन्न नपाएकाहरुले मुख्यमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराएका हुन्। सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घ सोडारीलाई ध्यानाकर्षण बुझाएका हुन्। नेकपा माओवादी केन्द्रबाट ओमविक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम मन्त्रीका लागि सिफारिस गरिएको छ। सो सिफारिसलाई नमान्ने भन्दै माओवादी सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन्। यहाँ माओवादीका सभामुख सहित ११ सांसद छन् भने दल नेताबाट खगराजलाई हटाएपछि मानबहादुर धामी नेता छन्।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएको छ। एमालेले प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पाल, बिरबहादुर थापा र हिरा सार्कीलाई मन्त्रीका रुपमा सरकार पठाउने भन्दै मुख्यमन्त्रीलाई नाम बुझाएको छ। यस्तै माओवादी केन्द्रले अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएको स्रोतले जनाएको छ । मुख्यमन्त्री सोडारीले स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर तारादत्त जोशीलाई समेत सरकारमा सहभागी गराएर सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयकाअनुसार सोडारीले साँझ ५ बजे सपथ ग्रहणको व्यवस्था मिलाइदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरिसकेका छन् । प्रमुख सत्ता साझेदार…

Read More

धनगढी : धनगढीमा विद्युतिय अपराधमा संलग्न दुई जना पक्राउ परेका छन् । धनगढी उप-महानगरपालिका-१ स्थित त्रिनगर कम्पलेक्समा रहेको आशिष मोबाईल ग्यालरीका सञ्चालक शल्ताज आलम र एक १४ वर्षीय किशोरलाई विद्युतिय अपराधको आरोपमा पक्राउ गरिएको हो। घटनाको विवरण अनुसार, पीडितले आफ्नो Benco S1 कम्पनीको Android मोबाईल सामान्य स्पिकरको समस्याका कारण आशिष मोबाईल ग्यालरीमा मर्मत गर्न दिएका थिए। ग्यालरी सञ्चालक शल्ताज आलमले मोबाईल मर्मत गर्न दुई तीन दिन लाग्ने बताएका थिए। असार २५ गते पीडितले मर्मत गराएको मोबाईल ग्यालरीबाट ल्याएर घरमा प्रयोग गर्ने क्रममा आफ्नो फेसबुक चलाउने प्रयास गर्दा अप्रिय घटना घट्यो। MD Dhoni नामबाट “Hello Didi” भनी च्याट गरिसकेपछि करिब आधा…

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिका अध्यक्ष अमर महर र उपाध्यक्ष धनलक्ष्मी मल्ललाई कार्यालय प्रवेशमा निषेध गरेको छ । गाउँपालिकामा बेरुजु बढेको र अनियमितता मौलाएको भन्दै विप्लव समूहले कार्यालय प्रवेश निषेध गरेको हो । उनिहरु सोमबार कार्यकक्षको ढोकामा प्रवेश निषेधको ब्यानर लगाएर एक दिन कार्यकक्षमा जान निषेध गरेको बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टी बझाङका इन्चार्ज भरत मल्लसहितको समुहले कार्यालय बाहिर धर्ना दिइरहेको छ । उनीहरुले अनियमितता बढेको, जिल्लामा सबैभन्दा बढी बेरुजु आएको लगाएतका बिषय उठाएका छन् ।

Read More

काठमाडौँ : छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा आज भएको भेटमा उनिहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त…

Read More

काठमाण्डु : सुदुरपश्चिम प्रदेश सरकार विस्तार गरिने भएको छ। एमाले र माओवादी केन्द्रबीच सरकार विस्तारको सहमति भएको हो । सहमतिअनुसार अहिले माओवादी केन्द्र र एमालेले तीन-तीन मन्त्रालय लिने समझदारी जुटेको छ । सोमबार बिहान बसेर मन्त्रालयको टुंगो लगाउने गरी छलफल अघि बढेको माओवादी केन्द्रका सांसद ओमविक्रम भाटले बताए । मन्त्रालयको टुंगो प्रदेशकै नेताहरु बसेर लगाउने गरि केन्द्रको निर्देशन आएको भाटले जानकारी दिए । अहिले मुख्यमन्त्री सोडारीसहित नागरिक उन्मुक्तिको रन्जिता पक्षका कैलाश चौधरी भौतिक पूर्वाधार र टीका थापा भूमि व्यवस्था तथा कृषि सरकारी मन्त्री छिन् । सोमबार मन्त्रालय विभाजन गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी छ । सुदुरपश्चिममा मुख्यमन्त्री सोडारीले भौतिक फुटाएर…

Read More

सिन्धुली : सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी सहायक हवल्दारको पनि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौंको प्रहरी अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइते भएका श्रेष्ठलाई गोलन्जोरको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा उपचारपछि हेलिकप्टरबाट प्रहरी अस्पताल लगिएको थियो । उनको पनि उपचारका क्रममा मृत्यु भएको हो । गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा फिक्कल गाउँपालिका-५ झगडेबेंसीको भित्री सडकमा आइतबार अपराह्न भएको दुर्घटनामा परी रत्नावती प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र ठाकुरको उपचारका क्रममा आइतबारै मृत्यु भएको थियो ।

Read More

धनगढी: प्रदेश नमुना युवा संसदको प्रतिपक्षी नेतामा दिपक विक चयन भएका छन्। युवा परिषदद्वारा सञ्चालित प्रदेश नमुना युवा संसदको प्रतिपक्षी नेतामा विक चयन भएका हुन्। उनी २०७३सालदेखि नेकपा एमालेकाे पार्टी सदस्यता लिदै राजनितीशास्त्र स्नातक गरिरहेका छन्। उनी राजनीतिक क्षेत्रबाहेक दलित आन्दाेलनका अगुवाका रुपमा पनि चिनिन्छन्। उनी हाल नेकपा एमाले गाेदावरी नगर कमिटी सदस्य छन्।

Read More

धनगढी : बझाङमा सशस्त्र प्रहरीका जवानको सेतीमा बगेर मृत्यु भएको छ। सोमबार बिहान सेती नदीमा बगेर केदारस्युँ गाउँपालिका ७ खिकीरीका २९ वर्षीय नरेन्द्रसिहं धामीको मृत्यु भएको हो। विपद् व्यवस्थापन तालिमको नमूना देखाउने क्रममा धामी सेतीमा डुबेर बेहोस भएका थिए। त्यसपछि धामीलाई जिल्ला अस्पताल बझाङ लगिएकोमा मृत्यु भएको हो। बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) गर्दा गर्दै उनी डुबेका थिए। सिमुलेशनका क्रममा उनी डुबेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। धामीका श्रीमती र दुई छोरा रहेका छन्।

Read More

जनकपुरधाम : जबर्जस्ती करणी अभियोगमा फरार भएका उपसचिव रुपेशकुमार साहले आत्मसमर्पण गरेका छन । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन । साहले गत शनिबार नै धनुषा प्रहरीमा आत्मसमर्पण गरेको प्रहरी स्रोतले बताएको छ । गत माघ १८ गते साहले मधेश भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरमा राति साढे १० बजेतिर ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएर बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप छ । पीडित महिलाले गत वैशाख पहिलो साता आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै प्रहीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि धनुषा जिल्ला अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो…

Read More