Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – संक्रमणकालिन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण रहेको भन्दै द्वन्द्व पीडित समुदायले प्रदर्शन गरेका छन् । उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्यायहुने गरि कानुन बनाउनुपर्ने उनीहरुको माग छ । काठमाडौंको माइतीघरमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले गरेको प्रदर्शनमा सहभागीहरुले ऐन संशोधन प्रक्रियामा पीडितहरुसँग सार्थक परामर्श गर , दण्डहिनतालाई प्रस्रय दिने विधेयक स्वीकार्य छैन, विधेयकका त्रुटिपूर्ण प्रावधानहरु खारेज गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नयाँ कानुनले आफूहरु थप पीडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरुको भनाइ छ ।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज आइतबार बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको छ । पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो । यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएपछि प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो ।

Read More

काठमाडौं – शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खिर खानु आवश्यक देखिन्छ । साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ । खिरमा मिसाइने मरिच, किसमिस, सुकेको नरिवल, दालचिनी आदि मसलाले यो मौसममा मिठो हुनुका साथै यसको सेवनले हाम्रो शरीरको तापमानलाई सन्तुलनमा ल्याएर नकै फाइदा पु¥याउने गर्छ । हाम्रो शरीरमा चामलले कर्बोहाइट्रेट, घिउले फ्याट, दूधले क्याल्सियम, प्रोटिन तथा भिटामिन, ड्राइ फ्रुट्सहरुले विभिन्न खनिज तत्वहरु प्रदान गर्छ । खिरको सेवनले हाम्रो दाँत, हड्डी तथा मांसपेशीलाई बलियो बनाएर विकाशमा समेत सहयोग पुर्याउने गर्छ । खिर नरम हुने भएकाले यसलाई सजिलै…

Read More

कैलाली – भन्सार कार्यालय कैलालीले आर्थिक वर्ष २०७८–७९ मा रु नौ अर्ब ५८ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो अवधिमा रु ११ अर्ब ८२ करोड ३९ लाख राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । सङ्कलित राजस्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो । कार्यालयका अनुसार भन्सार महशुलतर्फ रु तीन अर्ब ५६ करोड ५५ लाख, मुल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब ८६ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ रु एक अर्ब ९१ लाख ३१ लाख राजस्व असुली भएको छ । सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ रु तीन…

Read More

काठमाडौं – नेकपा एमालेको केन्द्रीय विभागको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सुरु भएको हो । बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्य योजना प्रस्तुति भइरहेको रिजालले जानकारी दिए ।

Read More

डोटी – मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय यो झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेको छ । जिल्लाभित्रका मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयवासी बताउँछन् । छहरालगायतका क्षेत्रमा केही समय पहिले छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले प्याराग्लाइडिङ, छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था पनि गरेको थियो । छहरा क्षेत्रमा पर्यटक आकर्षित गराउनका लागि निर्वतमान…

Read More

काठमाडौं – धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ यही २४ साउनदेखि जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यका दरले तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र पाँच हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी तीन लाख नौ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो…

Read More

काठमाडौं – ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो । अभियानलाई निरन्तरता दिने क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो । १६ मध्ये पाँचवटा बसका चालक मादक पदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चेकजाँचका क्रममा मापसे गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । स्कुल बस चेकजाँच अभियानलाई निरन्तर…

Read More

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ। महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो। यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य तालामा ९५ हजार ३०० रुपैयाँ पुगेको छ। जुन, गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ थियो । शुक्रबार तोलामा ८०० रुपैयाँले बढेको सुनको मूल्य आज पुन: २०० रुपैयाँले बढेको हो। गत साताको बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ र तेजाबी…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुन: अर्थमन्त्रीको सपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ। पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्। आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो।समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो। अनाधिकृत व्यक्ति प्रवेश गरेको…

Read More