Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीस्थित विमानस्थललाई सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट ‘सरल’ले डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण गरेका छन्। आज (बिहीबार) प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा मन्त्री भाटले बोर्ड हस्तान्तरण गरेका हुन्। विमानस्थलका प्रमुखले मन्त्री भाटबाट स्मार्ट बोर्ड बुझेका थिए। स्वास्थ्य तथा सुरक्षा सम्बन्धि जनचेतनामूलक सामग्री प्रदर्शनीका लागि उक्त बोर्ड हस्तान्तरण गरिएको हो। सो बोर्डमा यात्रुलाई जनचेतनामूलक सूचना देखाउने, स्वास्थ्य सम्बन्धि र विमानस्थल सुरक्षाका लागि सूचना तथा जानकारीहरु प्रदर्शनी गराइने जनाइएको छ। सो बोर्ड विमानस्थलले आफ्नो क्षेत्रमा लगाउने छ।

Read More

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ स्वास्थ्य समस्याको कारण देखाउँदै काठमाडौँबाट नफर्किएपछि सरकारले पठाएको पत्र काठमाडौं पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रममा काठमाडौँ गएका प्रदेश प्रमुखले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको सिलबन्दी पत्र उतै पठाइएको हो । बिहीबार उक्त पत्र काठमाडौँ पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २९ असारमा प्रदेश प्रमुखलाई प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने सिफारिस गरिएको जनाएको छ तर प्रदेश प्रमुख उक्त सिफारिसलाई वेवास्ता गर्दै काठमाडौँ हिडेको भन्दै सरकारले उनको भूमिकामाथि प्रश्न उठाएको छ । प्रदेश प्रमुखको कार्यालयले भने उनी काठमाडौँ उडिसकेपछि मात्र सरकारको पत्र प्राप्त भएको…

Read More

काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका सहरी विकास मन्त्री आउँदा आउँदै विवादित बनेका छन्। मन्त्री बनेपछि सुरक्षा निकायबाट जानकारी लिएको भन्दै सार्वजनिक गरेपछि उनी विवादमा मुछिएका हुन्। नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयको नेतृत्व गरिरहेका छन्। उनी उपप्रधानमन्त्री पनि हुन्। तर, मुलुकको शान्ति सुरक्षा र समग्र गृह प्रशासन चलाउने जिम्मेवारी रहेको गृह मन्त्रालयलाई ओभरट्याक गर्दै सिंहले सुरक्षा निकायका प्रमुखबाट ब्रिफिङ लिएका छन्। उनको यो सुरुवाती कदमलाई निकै आलोचना गरिएको छ। किनकी नेपाली काँग्रेसकै अर्का नेता रमेश लेखक गृहमन्त्री हुन्। उनले शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिने र आवश्यक रणनीति बनाउनुपर्ने हुन्छ। तर,उदेकलाग्दो रुपमा सहरी विकास…

Read More

धनगढीः सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्कमण बढ्न थालेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाएको छ। तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलमा १३ र डडेल्धुरामा पाँच व्यक्ति सङ्क्रमित भएका छन्। निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कात्तिक महिनासम्म यस रोगको जोखिम बढी हुने गरेको बताए। उनले भने, ‘आसारदेखि कात्तिक महिनामा पानी पर्ने र रोकिनेक्रम निरन्तर भइरहँदा लामखुट्टेको वृद्धिविकास भई सङ्क्रमणको जोखिम बढी रहन्छ। त्यसैले रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’…

Read More

काठमाडौं : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निर्देशनको अवज्ञा गरेको छ । प्रचण्डले गत असार १२ गते सुदूरपश्चिम पार्टीलाई प्रदेश संसदीय दलको नेताका स्थायी कमिटी सदस्य खगराज भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न लिखित निर्देशन दिएका थिए । तर, निर्देशन पालना हुन सकेको छैन । भट्ट सुदूरपश्चिममा माओवादीका सबैभन्दा सिनियर नेता हुन् । सुरुमा दल नेता भट्ट नै भएपनि पछि सांसद मानबहादुर धामीले बहुमतबाट भट्टलाई दल नेताबाट हटाउँदै आफु नेता भएका थिए । सभामुखबाहेक १० सांसद सांसदमध्ये धामीको पक्षमा ६ जना पुगेका थिए भने भट्टको पक्षमा ४ जना थिए । तर अहिले भट्ट र धामी दुवैको…

Read More

काठमाडौं : द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९१ वर्षीया उनको बिहीबार निधन भएको होटल संघका अध्यक्ष विनायक शाहले बताए। अम्बिकालाई नेपालको सक्रिय महिला उद्यमीका रूपमा चिनिन्छ। सन् १९९१ मा श्रीमानको निधन भएपछि उनले सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। उनका दुई छोरी छन्। श्रीमान् र छोराको निधन भइसकेको छ।

Read More

धनगढी: कैलालीको गाेदावरीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। गाेदावरी नगरपालिका- ३ खमाैरा बस्ने २१ वर्षीया पूर्णिमा महता अस्ति राति साढे १२ बजे आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी आफ्नै सुत्ने काेठाकाे पंखामा दाेपट्टाले झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। उनी मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको मृत्युपछि गोदावरी नगरपालिकामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले भोलि शोक बिदा दिएको छ। उनी त्यहाँ स्नातक तह द्वितीय सेमिष्टरमा अध्ययनरत थिइन्।

Read More

धनगढी: कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा एसबिआई बैंकको काउन्टर खुलेको छ। बैंकले भन्सार कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको हो।   बैंकका प्रबन्ध निर्देशक एंव प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र भन्सार कार्यालय प्रमुख राजनबाबु काफ्लेले हिजो संयुक्त रुपमा काउन्टर उद्घाटन गरे। सो अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकूमार पाण्डे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्यालसहित बैंक र भन्सार कार्यालयका अन्य पदाधिकारीहरु सहभागी भएका थिए। एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीलाई उनीहरूको वित्तीय तथा भन्सारसम्बन्धी बैंकिङ सेवाको सुव्यवस्थित गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ। भीमदत्त नगरपालिका–०५, महेन्द्रनगरस्थित कञ्चनपुर क्याम्पस रोडमा अवस्थित शाखा…

Read More

काठमाडौं: नेपाल प्रहरीका २९३ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन भएको छ। प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका हालै प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका २९३ जना सहायक हवल्दारहरुको बुधबार पदस्थापन गरेको हो। उनीहरु प्रहरी उपरीक्षकको असार १ गतेको निर्णयानुसार प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका थिए। उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सूचीः ahc_8013_padasthapanDownload

Read More

काठमाडौं: नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये २० जनाको शव फेला परेको छ। जसमा २ महिला र १८  पुरुष छन्। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार १४ शवको सनाखत भएको छ भने ६ जनाको सनाखत हुन सकेको छैन्। रिजालका अनुसार अन्यको खोजी कार्य निरन्तर जारी छ। बसको कुनै संकेत अझै फेला परेको छैन्। वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए। ती बसमा ६५…

Read More