Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहीमाथि कुटपिट गर्ने कुलाउ स्वास्थ्य चौकीका सिनियर अहेव पानबहादुर चन्द र मेडिकल सञ्चालक बिरबहादुर चन्दलाई प्रहरीले धरौटीमा छोडेको छ। उनीहरुलाई बैतडी प्रहरीले ३ दिन थुनामा राखेर अस्ति ५/५ हजार धरौटीमा छाडेको हो।  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दिपक गिरीका अनुसार पीडित शाहको उजुरीका आधारमा उनीहरू पक्राउ परेका थिए। अघिल्लो हप्ताको शुक्रबार उनीहरुले शाहमाथि गालीगलौज तथा कुटपिट गरि फरार भएका थिए। उनीहरूले स्वास्थ्य शाखा प्रमुख शाहलाई आफ्नो बारेमा गाउँपालिकामा रिर्पोट पु¥याएको भन्दै कुटेको बताइएको थियो। कुटपिटपछि शाहको कम्मरमा समस्या आएको थियो। बैतडीका विभिन्न स्थानीय तहका कर्मचारीमाथि आर्थिक बर्षको अन्तीममा कुटपिट हुने गरेको…

Read More

धनगढी : धनगढीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ । धनगढी उपमहानगरपालिका-१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेकाे  से३ प५६९५ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर नालमा खसेकाे थियाे । दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका-८ का  कृष्ण चाैधरीकाे शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएकाे प्रहरीले जनाएको छ । पछाडि सवार साेही ठाउँ बस्ने २८ वर्षका यादव चाैधरी सामान्य घाइते भएक छन् ।

Read More

धनगढी : दार्चुलामा बाढीले वस्ती जोखिममा पारेपछि ९२ जनाले आफ्नो घर छाडेका छन्। जिल्लाको मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका हुन्। लगातारको वर्षाका कारण मार्मा गाउँपालिका–४ र ५ को बीचको गन्याड खोलाको बाढीको जोखिमका कारण आसपास बस्तीका ९२ जना घर छाडेर विद्यालयमा बास बसेका छन्।  असार तेस्रो साताको अन्त्यतिर आएको वर्षाको भलले गन्याड खोलामा बाढी आउन सुरु भएको मार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महताले बताए। गन्याड दलित बस्तीका ५ परिवार र बाँकी परिवार मर्मती बस्तीका विस्थापितमा परेको उनले बताए। बाढीको जोखिममा परेपछि केही घरपरिवारलाई स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाले जनाएको छ। गाउँपालिका–४ र ५ का १६…

Read More

काठमाडौं : अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् ।काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । उनले भने, ‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।’उनले वाग्मती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए । उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए । उनले भने, ‘यो बेलामा घटना…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्योलमा परेको छ ।केन्द्रमा राजनीतिक समीकरण फेरबदल भएसँगै बजेट अन्योलमा परेको हो । बजेटमाथि प्रदेश सभामा हालसम्म छलफल नै सुरु भएको छैन । बजेटलाई लिएर सत्तारूढ दलहरूबीच नै चर्को असन्तुष्टि रहेका देखिन्छ । केन्द्रमा सत्तासमीकरण बदलिएसँगै प्रदेश सरकार पनि फेरिने भएपछि बजेट पारित हुनेमा संशय देखिएको हो ।नयाँ समीकरण बनाएका कांग्रेस र एमालेबीच सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सहमति छ । नयाँ सरकार गठन हुने भएपछि एमाले बजेट पारित गर्न नहुने पक्षमा छ । प्रदेश सभामा अहिले कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा एमाले,…

Read More

काठमाडौं: सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक दरबन्दी भई ओलीनिवास बालकाेटमा सुरक्षा प्रमुखको जिम्मेवारीमा खटिएका इन्स्पेक्टर थापाको शनिबार बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार ४२ वर्षीय इन्स्पेक्टर थापा शुक्रबार बेलुका खाना खाएर भक्तपुरको सूर्यविनायक नगरपालिका-९, गुण्डुस्थित उनको घरमा सुतेकामा शनिबार बिहान ५:३० बजे अचेत भेटिएका थिए। उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा बिहान ६:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। उनी डेढ वर्षदेखि ओलीको सुरक्षामै कार्यरत थिए। सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार आकस्मिक हदृयघात भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। शवको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। थापाका एक छोरा र श्रीमती छन्।

Read More

काठमाडौं : देशका धेरै स्थानमा आज वर्षा भइरहेकाले आकस्मिक बाढीको सम्भावना छ ।  सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  केही स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले उच्च सावधानी अपनाउन विभागले आग्रह गरेको छ । आज दिउँसो र राति सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।    

Read More

काठमाडौं : सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत आयोजनाको ढलानमा खसेर बेपत्ता भएका दुईजनाको शव भेटिएको छ।  बेपत्ता भएका बर्दियाको बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भोटेकोशी गाउँपालिका-४ मा आयोजनाको डिसेन्डर कभर स्ल्याबमा खस्दा उनीहरू च्यापिएका थिए। शुक्रबार नै दश जनाको सकुशल उद्धार गएिको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ३ जना प्रहरीले पक्राउ गरेको छ । बझाङको खप्तडछान्ना गाउँपालिका–३ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बसपार्कमा कोठा गरि बस्ने २८ वर्षीय सुजल खड्काको कोठाबाट भीमदत्त नगरपालिका–६ बस्ने बर्ष २९ वर्षीय गणेश बि.क. र भीमदत्त नगरपालिका–१५ का २७ वर्षीय प्रकाश भण्डारीसहित तीनै जनालाई पक्राउ गरेको हो । भण्डारीको साथबाट ०.०९ ग्राम र खाटमुनि फालेको अवस्थामा १.१८ ग्राम लागूऔषध (खैरो हेरोईन) फेला पारी तिनै जनालाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो । 

Read More