Author: महेन्द्रनगर पोष्ट

धनगढी: अछामको साँफेबगर नगरपालिकामा सिसिटिभी क्यामेरा खरिद गरि जडान नगरिएको भन्दै बजार व्यवस्थापन समितिले नगरपालिकामा बुझाएको ज्ञापन पत्रको विषय विवादमा परेको छ। साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवर नेतृत्वले नगरपालिकामा बुझाएको ज्ञापन पत्रको बिषय विवादमा परेको हो। स्रोतका अनुसार नगरपालिकाले नियमानुसार सिसिटिभी क्यामेरा खरिद गरेको बिषयलाइ विषयान्तर गरेर बजार व्यवस्थापन समितिका अध्यक्ष कुँवरले अतिरञ्जित गरेको बताइएको छ। नगरपालिकाले कुँवरले बजार व्यवस्थापन तथा सुधारका नाममा माग गरेको बजेट नगरपालिकाले भुक्तानी नगरेपछि नगरपालिका र नगरपालिकासंग सम्वन्धित व्यक्तिहरुलाई बदनामित गर्न सिसिटिभी क्यामेरा खरिद गरि जडान नगरिएको बिषयलाइ अतिरञ्जित गरेको जनाएको हो। आफूले माग गरेको करिव २० लाख रकम नगरपालिकाले बिनियोजित नगरेपछि …

Read More

काठमाडौंः सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन्। यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा डा रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन्। देउवा नेतृत्वको सरकारले उनीहरुसहित ११ राजदूत सिफारिस गरेको थियो। त्यसबेला सिफारिस भएर नियुक्ति पाएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रसियाका लागि मिलन तुलाधरलाई भने…

Read More

काठमाडौं: काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा हानेको छ। आज (बिहीबार) दिउँसो विभागसहित सशस्त्रको टोलीले क्यासिनोमा छापा हानेको हो। छापाका क्रममा क्यासिनो दर्ता, नवीकरणलगायत कागजात फेला नपरेको र करसमेत छली गरेको भन्दै विभागले क्यासिनो नै सिल गरेको छ। स्रोतका अनुसार सो क्यासिनोबाट १ करोड बढी बरामद गरिएको छ। यस्तै सो क्यासिनोका अध्यक्ष विनय साह र लेखाका क्याबिन पनि सिल गरिएका छन्। साह यस अगाडिदेखि नै अर्को लाइभ ग्यामिङको मुद्दामा फरार प्रतिवादी छन्। साहको समूहले होटल हायातमा पनि क्यासिनो चलाउने गरेको बताइन्छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आव २०८०/०८१ को वार्षिक नीति कार्यक्रम स्वीकृत भएको छ । प्रमुख प्रमुख नजिर मियाँले जेठ २० गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्वीकृत भएको हो । बिहीबार बसेको प्रदेशसभाको बैठकमा बहुमतले नीति तथा कार्यक्रम स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका हुन् ।

Read More

धनगढी : कैलालीमा मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन्। आज (बिहीबार) धनगढीको ट्रायल सेन्टरबाट मामाको नाममा ट्रायल परीक्षा दिने भान्जा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ७ का आशिष कठायत रहेका छन्। उनी आफ्ना मामा पदम कडायतको ट्रायल दिन परिक्षास्थलमा पुगेका थिए। मोटरसाईकलको ट्रायल भइरहेको बेला ट्राफिक प्रहरीले चेक गर्दा उनी पक्राउ परेका हुन्। उनलाई थप अनुसन्धानमा लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको जनाइएको छ।

Read More

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग नेपालका लागि इजरायली राजदूत हनान गोडरले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा बिहीबार भएको भेटमा मन्त्री चौधरीले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्‌भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको बताइन् । उनले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरेकी मन्त्री चौधरीको सचिवालयले जनाएको छ । इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा सहयोगका लागि आग्रह गरिन् । विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा…

Read More

धनगढीः कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–५ नुक्लिपुरबाट सोही ठाउँ बस्ने २३ वर्षीय रबि चौधरी ६३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्। यस्तै गौरीगंगा नगरपालिका–८ बडैपुर स्थित हसुलिया जाने सडकको दक्षिण साइडमा रहेको गौरी गणेश सामुदायिक वन भित्रबाट धनगढी उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय सरोज चौधरी पक्राउ परेका छन्। सरोजलाई २१० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिइएको हो। दुई जनालाई बुधवार नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

Read More

काठमाडौं – काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीमा मृत अवस्थामा फेला महिला पुरुष दुवै विवाहित भएको खुलेको छ । विवाहित भएपनि उनीहरु श्रीमान–श्रीमती नभएको खुलेको छ । यसअघि उनीहरु श्रीमान श्रीमती भएको आशंका गरिएको थियो । उनीहरु दुवै भक्तपुरमा बस्दै आएको खुलेको छ । आज दक्षिणकालीमा धादिङ सिद्धलेख गाँउपालिका–५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चागुनारायण नगरपालिका–५ की ३२ वर्षीया सरिता राई मृत अवस्थामा फेला परेका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिपक थापाले अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको टोली परिचालन गरिएको बताए । एआईजी थापाका अनुसार मृतक महिलाको श्रीमान…

Read More

काठमाडौं : नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने भएका छन् । दीपेन्द्रले स्कटल्यान्डमा अगस्टमा हुने स्कटिस सुपर टी-१० खेल्न लागेका हुन् । उनी सुपर टी-१० का लागी पर्थ रोयल्समा अनुबन्ध भएका हुन् । दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी-२० र यूएईको आईएल टी-२० खेलिसकेका छन् ।

Read More

धनगढी : गेटा अस्पतालमा कैलालीमा कर्मचारी छनोटको प्रक्रिया अगाडि बढेको छ । उक्त कर्मचारी भर्ना प्रक्रिया लोकसेवा आयोगका परीक्षासँग जुधेपछि रोकिएको थियो । गेटाले कर्मचारी भर्नाको लागि दरखास्त आहवान गरेको थियो । अस्पतालले करार सेवाका लागि स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडीयोग्राफी सहायक र फार्मेसी सहायकको आवेदन माग गरेको थियो । ३० बैशाखमा भएको लिखित परीक्षामा उत्तीर्ण स्टाफ नर्स पदको लागि तोकिएकै समयमा अन्तर्वार्ता भएपनि ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडियोग्राफी सहायक र फार्मेसी सहायकको अन्तर्वार्ता भने रोकिएको थियो । लिखित परीक्षामा उत्तीर्णलाई अस्पतालले २९ जेठमा अन्तर्वार्ताका लागि बोलाएको छ

Read More