Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: आज देशका पहाडी भू–भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यस्तै राती सुदूरपश्चिम प्रदेश लगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढीः नेपाल प्रहरीका १३ डीआईजीको आज पदस्थापन गरिएको छ। वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो। जसमा तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन्। त्यसमा पनि सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुख भएर डीआईजी भरतबहादुर बोहरा आएका छन्, उनको पनि प्रदेशमा आजै पदस्थापन भएको हो। उनी आज पदस्थापन भएलगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेका थिए। त्यहाँ उनले अनुगमन तथा निरीक्षण कार्य गरेको बताइएको छ। निरीक्षणको क्रममा भौतिक पूर्वाधारहरुको स्तर अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अन्य शाखाहरुबाट सम्पादित कार्यहरु र अभिलेख व्यवस्थापनको निरीक्षण गरिएको थियो।

Read More

धनगढीः बुधबार कैलालीको अत्तरियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयी ¥याली निकालेको छ। चितवनमा पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक र तनहुँमा रास्वपाका स्वर्णीम वाग्ले उप–निर्बाचनमा विजयी भएपछि खुशियालीमा उनिहरुले ¥याली निकालेका हुन्। उनीहरुले ¥याली सहित अत्तरिया बजार परिक्रमा गरे।

Read More

छत्तीसगढः बुधबार भारत छत्तीसगढ राज्यको दन्तेवाडा जिल्लामा विद्रोही माओवादी (नक्सली) समूहले प्रहरीको गाडीमा भयानक बिष्फोट गराएका छन्। उक्त हमलामा ११ जना प्रहरीको मृत्यु भएको छ। अरनपुर थाना क्षेत्रको अरनपुर–सामेली बीचको सडकमा माओवादीले बिस्फोट गराएका हुन। सडकमा गहिरो खाडल परेको छ। डिस्ट्रिक्ट रिजर्ब गार्डका सुरक्षाकर्मी माथि माओवादीले भयानक हमला गरेका हुन। मृत्यु हुनेमा गाडीका चालक पनि छन्। उक्त टोली वर्षामा फसेका सुरक्षाकर्मीलाई उद्धार गर्न गएको थियो। माओवादीहरुले प्रहरीको गाडीमा आईईडी विष्फोट गराएका थिए। समाचार एजेन्सीका अनुसार ५० केजी बिस्फोटक पदार्थ प्रयोग गरी गाडी ध्वस्त पारिएको छ। दन्तेवाडा जिल्लाको अरनपुर प्रहरी चौकी क्षेत्र अन्तर्गत अरनपुर–सामेली बीचमा आक्रमण भएको हो। स्रोतका अनुसार त्यसक्रममा…

Read More

धनगढी: बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ६ का वडा सदस्य ठगी साउँदको मदिरा काण्ड बजारमा आएको छ। हालै उनको मदिरा सेवन गरेर वडा कार्यालय पुगेको भिडिओ सामाजिक सञ्जाल सार्वजनिक भएको हो। भिडिओ २ साता अघिको भएपनि अचेल भाइरल भइरहेको छ। त्यसबेला ठगी वडा अध्यक्ष नरेन्द्र साउँद कार्यालयको कामले नगरपालिका गएका बेला उनलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको थियो। कार्यवाहक बसेकै समयमा उनी मदिरा सेवन गरेर वडा कार्यालय छिरेका थिए। त्यसबेला त्यहाँ कर्मचारीसंग विवाद भएको भिडिओ सार्वजनिक भएको छ। मदिराले लट्ठ भएका यसरी कार्यालय समयमा मदिरा सेवन गरेको आलोचना भइरहेको। यता, गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका साउँदलाई पार्टीले स्पष्टीकरण…

Read More

धनगढी: रवि लामिछानेका कार्यकर्ताले गालीपछि विक्षिप्त बनेकी युवतीसँग रवि लामिछानेले माफी मागेका छन्।  चितवन-२ को उपनिर्वाचनको क्रममा सामाजिक सञ्जाललगायत युट्युबहरूमा ती युवतीले रवि लामिछानेभन्दा पनि चितवनको छोरालाई जिताउनु भनी अभिव्यक्ति दिएकी थिइन्। उनको अभिव्यक्तिपछि उनलाई रास्वपाका कार्यकर्ताले सामाजिक सञ्जालमा तथानाम गालीगलौज गरेका थिए। ती युवतीसामु लामिछानेले घुँडा टेकेरै माफी मागेका हुन्। मानसिक पीडा भोगेकी उनलाई र उनको परिवारलाई लामिछानले बुधबार भेटेका हुन्। भेटमा लामिछानेले गाली गर्नेहरूको तर्फबाट आफूले माफी मागेको बताएका छन्। त्यसक्रममा उनले भने, ‘तपाईँ छोरीजस्तो, बहिनी जस्तो मान्छे । तपाईंलाई कति नराम्रो भने, मेरा लागि त्यो राम्रो कुरा होइन,’ लामिछानलेले राजनीतिमा मन नपरेका मानिसलाई गाली गर्न पाइने बताए। आफ्नो निर्देशनमा गाली गर्न नलगाएको बताएका लामिछानेले जसले गल्ती गरे…

Read More

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) ‘कोमा’मा गएका छन्। राति सुतेका बेला शंकास्पद रूपमा चितवनस्थित तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि यही वैशाख ५ गते ललितपुरस्थित मेडिसिटी लगिएको थियो। त्यस बेलादेखि नै बेहोस उनी अहिले कोमामा रहेको अस्पताल स्रोतले बुधबार जानकारी दिएको छ। चुनावी अभियानका क्रममा यही वैशाख ४ गते भरतपुर महानगरपालिका–११ स्थित तीनतले घरमा सुतेका उनी बिहान छतबाट खसेर गम्भीर घाइते भएका थिए। उनी घरको छतबाट कसरी खसे भन्ने विषयमा अनुसन्धान जारी छ। घटना अनुसन्धानका लागि प्रहरीले रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक…

Read More

धनगढी: कंचनपुरमा पूर्व प्रहरी समेत रहेका समाजसेवी रामबहादुर खड्काकी पत्नीको निधन भएको छ। आज (बुधवार) जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ५ का नेपाल पूर्व प्रहरी संगठन कृष्णपुर नगर अध्यक्ष तथा सेवा निवृत्त प्रहरी नायव निरीक्षक (सई) खड्काकी धर्मपत्नी इश्वरी खड्काको निधन भएको हो। जिल्ला प्रहरी कार्यालय कंचनपुरले वनदेवी सामुदायिक वनमा घर पोत्ने माटो खन्दै गर्दा माटोको ढिस्कोमा च्यापिएर उनको निधन भएको जनाएको छ।

Read More

डडेल्धुरा: पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा रवि लामिछानेले जितेको खुसीयाली मनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा परिवर्तनका पक्षधरहरुले चितवनमा भएको उपनिर्वाचनमा विजयी बनेका रवि लामिछानेको पक्षमा नाराबाजी गर्दै मोटरसाइकल र्‍याली निकालेका हुन्। उनीहरुले जिल्ला सदरमुकामको बसपार्कदेखि तुफानडाँडासम्म र्‍याली निकालेका थिए। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ४२ हजार ९६२ मतान्तरले विजयी भइसकेका छन्। लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका थिए।दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए। नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो स्थानमा रहेका…

Read More

कैलाली: कैलालीको कैलारी गाउँपालिकामा वंशाणुगत रोग  सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन्। वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वङ्शाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन्। यसअघिसम्म सो गाउँपालिकाबाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो। समुदायमा रहेका सिकलसेल एनिमियाको बिरामी पहिचानका लागि नौ वटा वडाको प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्दा १२१ जना नयाँ बिरामी थप भएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले जानकारी दिए।

Read More