कैलाली: नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदूरपश्चिमका विभिन्न स्थानीय तहसँगको सहकार्यमा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ। तीन वटा आँखा शिविर मार्फत १ हजार १ सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ। पहुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने हेतुले सङ्घले देशका विभिन्न क्षेत्रहरूमा निःशुल्क आँखा शिविरहरू सञ्चालन गर्दैै आइरहेको छ। जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाबिन्दु देखिएका ७३ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो । त्यस्तै डोटी जिल्लाकै बोगटान फुटसिल…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ । त्यस्तै मंगलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा…
धनगढी: आज काठमाडौंमा वर्षा भएको छ। आइतबार मध्यरातमा काठमाडौंका केही ठाउँमा केहीबेर वर्षा भएको हो। काठमाडौं उपत्यकाका केही स्थानहरूमा मेघगर्जनसहित पानी परेको मौसमविद् सन्जिव अधिकारीले बताए। उनका अनुसार पानी परेपछि अब विस्तारै काठमाडौंमा तापक्रम घट्ने सम्भावना रहेको छ। यस्तै सुदूर तराइको क्षेत्र धनगढी लगायतका सहरहरुमा पनि केही दिनमा तापक्रम घट्ने र पानी पर्ने सम्भावना रहेको बताइएको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जेठ ८ गते केरला आइपुगेको मनसुन नेपाल आउन धेरै ढिला नहुने जनाएको छ।अहिले मनसुन भित्रनका लागि मौसम अनुकूल बन्दै गइरहेको बताइन्छ।
धनगढी: नेकपा एमाले निकट अनेरास्ववियुको कैलाली जिल्लाको संयोजकको जिम्मेवारी रोहित बोगटीलाई दिइएको छ। बोगटीलाई अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो बैठकले संयोजक तोकेको हो। उनलाई कैलालीको संयोजक तोकेको अनेरास्ववियु कैलालीका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य किशोर शाहले जानकारी दिए। बोगटी यसअघि अनेरास्ववियु कैलालीको सचिव थिए।तर यता हालै अनेरास्ववियु कैलालीको इन्चार्ज तोकिएका प्रमोद खड्काले भने कैलाली संयोजक तोकिएको विषय आफूलाई थाहै नभएको जनाएका छन्।उनले संयोजकको जिम्मेवारी कसैलाई नदिइएको पनि दाबी गरेका छन्।
धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय दार्चुला तथा मातहत कार्यालयहरुको निरीक्षण गरेका छन्। आईतबार अनुगमनको क्रममा उनले जिल्ला प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन्। प्रदेश प्रहरी प्रमुख बोहराले नागरिकलाई केन्द्रमा राखी सेवा प्रवाह गर्न र सेवाग्राहीलाई गरिने सेवा छिटो छरितो एवं चुस्त दुरुस्त रुपमा प्रवाह गर्न निर्देशन दिए । साथै सीमावर्ती ईलाकामा हुने तस्करी नियन्त्रण गर्न, फरार प्रतिवादि पक्राउ गर्न, गुण्डागर्दि नियन्त्रण गर्न र लागुऔषध कारोबारीविरुद्ध निर्मम रुपमा प्रस्तुत भई प्रभावकारी रुपमा उच्च मनोबलका साथ कार्य सम्पादन गर्न समेत निर्देशन दिए । दार्चुला पुगेका बोहरालाई जिल्ला प्रहरी कर्मचारीले माला र गुच्छाले स्वागत गरेका थिए…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका विश्वविद्यालयहरुले पठनपाठनको शैली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। आइतबार काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन्। ‘हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ,’ उनले भने, ‘विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रमहरूमा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।’ अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसके साधन र स्रोतको सही सदुपयोग हुन नसक्ने पनि उनले प्रस्ट पारे। विश्वविद्यालय तहको अध्ययन अनुसन्धानलाई सबल बनाउन सरकारले अनुसन्धानका कार्यहरू विश्वविद्यालयमार्फत गराउने निर्णय गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरू आफैँ नमुना संस्थाको रूपमा सञ्चालन हुनुपर्नेमा उनले जोड…
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार ढल्न सक्ने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन पाँच वर्ष नै चलाउने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशङ्का व्यक्त गरेका । ‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ । सरकार दुर्घटनामा जान्छ । तर, त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्सन गर्नुपर्छ,’ उनले भने । अध्यक्ष नेपालले भारतीय नयाँ…
कञ्चनपुर : कैलालीको गेटामा विश्वविद्यालय बनाउने निर्णयबाट पछि हटेर एक सय शैयाको अस्पताल बनाउने गरी बजेट ल्याएकोमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले विश्वविद्यालय भनेर एक सय शैयाको अस्पतालको लागि बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएको हो। बैठकपछि संसदीय दलका नेता रावलले प्रेस विज्ञप्ती जारी गरी संघ सरकारले अस्पतालका लागि भन्दै बजेट विनियोजन गरेकोमा आपत्ति जनाएका छन। ‘संघीय सरकारले स्थापनाको घोषणा गरेको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई हाल आएर १०० शय्याको अस्पताल बनाउने गरि बजेट ल्याएकोमा घोर आपत्ति प्रकट गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ। यसअघि सुदूरपश्चिम…
काठमाडौं : नेकपा एमालेका सांसद तारा लामा तामाङले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन छोडेर एक सय शैयाको अस्पताल बनाउन खोज्नु षडयन्त्र भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै एमाले सांसद तामाङले भने- ‘पांच सय करोडको लगानीमा सुरु भएको गेटामा विश्वविद्यालय बनाउन छोडेर एक सय शैयाको अस्पताल बनाउने षडयन्त्र भयो ।’ उनले गेटामा विश्वविद्यालय बनाउन छोडेर अस्पताल नबनाउन सरकारलाई चेतावनी समेत दिएका छन् । राष्ट्रपतिले बाचन गरेको र प्रधानमन्त्रीले बोलेको विषयभन्दा फरक निर्णय हुंदा सुदुरपश्चिमेलीहरु आन्दोलित हुनुपरेको भन्दै यसमा उनले सरकारको ध्यानआकर्षण समेत गराएका छन् । सांसद तामाङले कंचनपुरमा वर्षोदेखि रहेको आरक्ष पिडितको समस्या समाधान गर्नेमा…
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली उडेका छन् । अध्यक्ष ठाकुर आज दिउँसो सवा २ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आर ए २१७ मा काठमाडौंबाट प्रस्थान गरेका हुन् । आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल कलकता गएको बताइएको छ । मन्त्रालयका अनुसार कलकत्तामा हुन लागेको बिमस्टेक बिजनेस कन्क्लेभमा सहभागी हुन दिउँसो साढे २ बजे एअर इण्डियामा मन्त्रीसहित चार जनाको टोली गएको हो । टोलीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टसमेत छन् ।