Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि राजधानी बर्लिन पुगेका छन् । उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका थिए ।  राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न वर्लीन पुगेका हुन् । उनले असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस…

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठकमा आज विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ । जसअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, अर्थ मन्त्रालयमाथि छलफल हुने कार्यसूची छ । आज बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति माग्ने र उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । सांसद रामहरि खतिवडाले विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् । डा. अमरेशकुमार सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा…

Read More

काठमाडौं :  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।  मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।

Read More

धनगढी : नेपाल–भारत सीमा नजिकबाट हराएका दुई बालकको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूतावासको कार्यालय, मानव वेचबिखन अनुसन्धान ब्यूरो, दोधारा चाँदनी नगरपालिका र वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारासँगको समन्वयमा उनीहरूको उद्धार गरिएको हो। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ का दुई बालक जेठ ७ गते स्कुलबाट घर नफर्किएपछि खोजी थालिएको थियो। सहयात्री नेपाल संस्थाले विभिन्न निकायसँग समन्वय गरी बालकहरूलाई शुक्रबार नेपाल ल्याएर परिवारको जिम्मा लगाएको हो। उनीहरूलाई भारतको राजकीय बाल गृह, शाहजहांपुरले आश्रय दिएर राखेको थियो। उक्त सूचना पाएपछि भारत पुगेर बालकलाई फर्काइएको सहयात्री नेपालका अध्यक्ष ऋतिक शाहीले बताए। 

Read More

धनगढी : कैलालीको भजनी नगरपालिका-९ भुरुवा निवासी करन राजीका छोरा १४ वर्षीय दिपेश राजीको कान्द्रा नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। हिजो असार १ गते दिउँसो ३ बजेको समयमा नदीमा डुबेर मृत्यु भएको हो । दिपेश आफ्नै घरदेखि करिब ३ देखि ४ किलोमिटर टाढा रहेको कान्द्रा नदीमा पौडी खेल्न गएका थिए। दिपेशसँगै ११ देखि १२ वर्ष उमेर समूहका ५ देखि ६ जना साथीहरू पनि पौडी खेल्न गएका थिए। घटनापछि उनीहरूले दिपेशको शव पानीबाट निकालेर नदी किनारामा राखी घरमा खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ भुरुवा गाउँका भलमान्सा बिल्लु राजीले टेलिफोनमार्फत प्रहरीलाई खबर गरेका थिए। त्यसपछि, प्रहरी चौकीबाट प्रहरी…

Read More

धनगढी : भारतको पिथौरागढ जिल्लास्थित धारचुलामा नेपाली किशोरद्धारा त्यहाँका एक किशोरको हत्या गरिएको छ । धारचुला सिस्ता (छलमाछिलासो) बस्ने १७ वर्षीय अनुज कुमार सिस्तालको घाँटीमा चक्कु प्रहार गरी हत्या गरिएको हो । भारतीय प्रहरीका अनुसार शनिवार बिहान ११ बजेतिर दार्चुलाको व्याँस गाउँपालिका–४ सुन्सेरा बस्ने अन्दाजी १६ वर्षीय सुबुराम लुहारले सिस्तालको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जनाएको छ । सिस्तालको हत्या गरी महाकाली नदीमा हाम फालेर भाग्न खोजेका लुहार नदीमा बेपत्ता भएको पनि बताइएको छ । केहि स्थानीयले लुहारलाई नदीमा बग्दै गरेको देखेको बताएका छन्। बेपत्ता लुहारको अहिले नदी किनार खोजी भइरहेको छ । लुहार धारचुला गब्र्याल खेडा बस्दै आएका…

Read More

काठमाडौं: सरकारले नेपाल प्रहरीका चिफ (आईजिपी) बसन्तबहादुर कुवँरलाई हटाउने तयारी गरेको छ। स्रोतका अनुसार आइजी कुवँरलाई चाडैं पदबाट हटाउने तयारी थालिएको हो। कुवँरलाई गृहमन्त्री एवं उपप्रधानमन्त्री रवि लामिछानेको प्रस्तावमा हटाउन लागिएको बुझिएको छ। कुवँरलाई नक्कली भुटानी शरणार्थी प्रकरण लगाएर हटाउने तयारी भएको स्रोतको दाबी छ। सो प्रकरणमा आईजिपीको भूमिकामाथि प्रश्न उठाउँदै हटाउने तयारी थालिएको हो। सरकारले आगामी क्याबिनेट बैठकमार्फत यसबारे निर्णय गर्ने तयारी गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार अहिले आइजीलाई सिधैं बर्खास्त गर्ने वा छानविन समिति बनाएर हटाउने भन्ने दुई विकल्पबारे छलफल जारी छ। आईजी कुवँरले तत्कालीन समयमा अपराध महाशाखाको एसएसपी हुँदा भुटानी शरणार्थीबारेको उजुरीसहितका अन्य फाइल लुकाएको गृहको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम साढे दुई अर्ब नाघेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनअनुसार प्रदेश सरकारको बेरुजु रकम दुई अर्ब ६८ करोड २९ लाख २९ हजार पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ६३ लाख ९१ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि बेरुजु रकम दुई अर्ब ३९ करोड १९ लाख ६० हजार रहेकोमा गत वर्षको जोड्दा दुई अर्ब ६८ करोड नाघेको हो । प्रदेश मन्त्रालय तथा निकायको दुई अर्ब १३ करोड ८० लाख ७५ हजार र समिति र अन्य संस्थाको ५४ करोड ४८ लाख ५४ हजार बेरुजु…

Read More

काठमाडौं : काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको विशेष कार्यक्रममा नेपाली सेनाका भुतपुर्व प्रधानसेनापति र नेपालका लागि श्रीलंकाली राजदूतलाई निम्त्याइएको छ । दूतावासले विगतमा पाकिस्तानमा सैन्य तालिम लिएका भूतपूर्व सैनिक अधिकृतहरुको सम्मानमा आयोजित कार्यक्रममा भूतपूर्व प्रधानसेनापति गौरब समशेर जंगबहादुर राणा र नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शना पाथिरानालाई विशेष अतिथिको रुपमा आमन्त्रण गरेको बताइन्छ । श्रीलंकाली राजदूत सुदर्शना त्यहाँको वायुसेनाका भूतपूर्व प्रमुख हुन् । पाकिस्तानी दूतावासका अनुसार कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राजदूत अब्ररार एच हासिमीले दोस्रो पटक आयोजित यस खालको कार्यक्रममा भएको उपस्थितिले दुई मुलुकबीचको प्रगाढ सम्बन्धलाई पुष्टि गरेको उल्लेख गरे । कार्यक्रमलाई भूतपूर्व प्रधानसेनापति राणा र मेजर जनरल बाबुराम श्रेष्ठले पनि…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक का हुन्। प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको हो। चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोडको बजेट ल्याएको सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोडको बजेट सार्वजनिक गरेको हो। प्रदेश सरकारले ११ अर्ब ७ करोड चालु र १७ अर्ब ५३ करोड पुँजीगत बजेट सार्वजनिक गरेको छ। कुल विनियोजित बजेटमध्ये विकासतर्फ ५५ र चालुतर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको…

Read More