काठमाडौं: सरकारले नेपाल प्रहरीका चिफ (आईजिपी) बसन्तबहादुर कुवँरलाई हटाउने तयारी गरेको छ। स्रोतका अनुसार आइजी कुवँरलाई चाडैं पदबाट हटाउने तयारी थालिएको हो।
कुवँरलाई गृहमन्त्री एवं उपप्रधानमन्त्री रवि लामिछानेको प्रस्तावमा हटाउन लागिएको बुझिएको छ। कुवँरलाई नक्कली भुटानी शरणार्थी प्रकरण लगाएर हटाउने तयारी भएको स्रोतको दाबी छ। सो प्रकरणमा आईजिपीको भूमिकामाथि प्रश्न उठाउँदै हटाउने तयारी थालिएको हो।
सरकारले आगामी क्याबिनेट बैठकमार्फत यसबारे निर्णय गर्ने तयारी गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार अहिले आइजीलाई सिधैं बर्खास्त गर्ने वा छानविन समिति बनाएर हटाउने भन्ने दुई विकल्पबारे छलफल जारी छ।
आईजी कुवँरले तत्कालीन समयमा अपराध महाशाखाको एसएसपी हुँदा भुटानी शरणार्थीबारेको उजुरीसहितका अन्य फाइल लुकाएको गृहको आन्तरिक छानबिनबाट खुलेको गृहमन्त्री निकट स्रोतको दाबी छ।
तत्कालीन समयका गृहमन्त्री, गृहसचिव कारबाहीमा पर्ने तर आईजी कुवँर जोगिएपछि रविले आईजीविरुद्ध आन्तरिक अनुसन्धान गर्न लगाएका थिए।
रवि र आइजीको सुरुवाती दिनदेखि राम्रो सम्बन्ध छैन। उनले पटक–पटक प्रधानमन्त्रीसँग आईजी हटाउन प्रस्ताव गर्दै आएका थिए। यसैक्रममा गृहमन्त्री लामिछानेले एआईजी श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउन चाहेका छन्।
कुवँरलाई हटाएपछि अर्को आईजीपी एआईजीमध्येबाट नियुक्त गर्नुपर्ने हुन्छ। यसमा गृहमन्त्री र प्रधानमन्त्री दुवैको निकट रहेका ज्ञवालीको सम्भावना बलियो देखिन्छ।
ज्ञवाली हाल केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन्। उनलाई आईजी बनाउन र ३० वर्षे सेवा अवधी हटाउन मानवस्रोत विभागमा रहेका एआईजी भीम ढकाल समेत सक्रिय छन्।
र यो पनि !
आइजी कुँवरलाई गुल्ट्याउने तयारी
चिफ बन्ने सुरमा एआईजीद्वय, सबै मिलाउँदा पनि राष्ट्रपतिको भय
नेपाल प्रहरीमा तीन डीआईजी थप्न प्रस्ताव, आईजीपी कुँवरको चलखेल
‘बालकोट’ले नमान्दा डीआइजी बढुवामा गृहमन्त्री असफल, आइजीपीमाथि थियो दबाब
आइजीपीमाथि छानबिन किन नगर्ने ?
‘रबर स्ट्याम्प’ आइजी, गृहमन्त्रीको नाङ्गो हस्तक्षेप
करोडौंको सरकारी जग्गा मास्न मेयर र आइजीपीकै सेटिङ, सडकमा आए जनता