काठमाडौँ : नेपाल प्रहरीका चिफ (प्रहरी महानिरीक्षक) बसन्तबहादुर कुँवरलाई पदबाट हटाउने तयारी थालिएको छ। स्रोतका अनुसार गृहले सो बारे आन्तरिक तयारी थालेको हो।
तयारीमात्र होइन, नेपाली काँग्रेसको पालामा बनाइएका आइजी कुँवरलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई प्रस्ताव नै गरिएको कुरा बाहिरिएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आईजीपी कुँवरलाई पदबाट हटाउने प्रस्ताव पेस गरेका हुन्।
गृहसामु इतिहासकै निरीह आइजीको उपमा पाएका कुँवरसँग गृहमन्त्री लामिछाने केही समयदेखि असन्तुष्ट रहेको बताइएको छ। सोही क्रममा लामिछानेले आफूलाई असहयोग गरेको भन्दै कुँवरलाई पदबाट निकाल्न प्रस्ताव गरेको स्रोतको दाबी छ।
स्रोतका अनुसार लामिछानेसहित विरुद्धको सहकारी काण्डको जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएकोमा विचाराधीन थियो। यसैक्रममा सो जाहेरी सर्वोच्च अदालतले झिकाउन माग गरेपछि उनीविरुद्ध परेको पुरक उजुरी बाहिर आएको र योसँगै गृहमन्त्री लामिछानेले आईजीपीलाई हटाउने प्रस्ताव गरेको बालुवाटार निकट स्रोतले जनाएको छ।
सूर्यदर्शन सहकारीको पुरक जाहेरी बाहिर आएको र त्यसबारेमा आफूलाई जानकारी नदिएको भन्दै लामिछाने आइजीपीसँग चिढिएका हुन्।
कास्की प्रहरीमा पुरक जाहेरी गत माघमै परेको भए पनि त्यसलाई गोप्य राखिएको थियो। गत आइतबार सर्वोच्च अदालतले पुरक जाहेरी मागेपछि बाहिर आएको छ।
उसो त गृहमन्त्री लामिछानेले भनेबमोजिम आइजीले मान्दै आएका थिए। तर पछिल्लो समय गृहमन्त्री सीआइबीका प्रमुख एवं एआइजी श्यामलाल ज्ञवाली निकट रहेर सरसल्लाह गर्न थालेपछि आइजीसँग दुरी बढेको बताइएको थियो।
सूर्यदर्शन सहकारी ठगीमा परेको उजुरीका कारण गृहमन्त्री र आईजी बीचको सम्बन्ध चिसिएकै बेला एआईजी ज्ञवालीले पनि आईजी हटाउनका लागि लबिइङ गरिरहेका छन्। सोही लबिइङमा गृहमन्त्री लामिछाने पनि सहमत हुँदा आइजी कुँवरलाई अन्तै थन्क्याएर एआइजी ज्ञवालीलाई आइजी बनाउने रणनीति छ।
र यो पनि !
नेपाल प्रहरीमा तीन डीआईजी थप्न प्रस्ताव, आईजीपी कुँवरको चलखेल
‘बालकोट’ले नमान्दा डीआइजी बढुवामा गृहमन्त्री असफल, आइजीपीमाथि थियो दबाब
आइजीपीमाथि छानबिन किन नगर्ने ?
‘रबर स्ट्याम्प’ आइजी, गृहमन्त्रीको नाङ्गो हस्तक्षेप
करोडौंको सरकारी जग्गा मास्न मेयर र आइजीपीकै सेटिङ, सडकमा आए जनता