Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा भाग लिएका मध्ये रोल्पाका अधिकांश उम्मेदवारले तोकिएको समय भित्र खर्च विवरण पेस गरेका छैनन् । मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको समग्र विवरण बुझाउनु पर्ने प्रावधान रहे पनि रोल्पाका अधिकांश जनप्रतिनिधिले उक्त प्रावधान लत्त्याएका छन् । जिल्लाको दश स्थानीय तहमा उम्मेदवार बनेका १ हजार २३३ मध्ये ५७४ जनाले मात्रै निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ । जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको नगरप्रमुखमा ५ र उपप्रमुखमा ४ जनाको उम्मेदवारी परेकोमा दुवै पदका चार-चार जनाले खर्च विवरण पेस गरेका छन् । नगर उपप्रमुखमा…

Read More

काठमाडौं – अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायाता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ । यस्तो रकम गृह मन्त्रालय मार्फत राजनीतिक दलका पहुँचवाला नेता तथा कार्यकर्ता र संस्थाहरुलाई उपलब्ध गरिएको हो । आर्थिक सहयताको नाममा तीन वर्षमा ३० करोड रुपैयाँभन्दा बढी रकम बाँडेको पाइएको छ । यो प्रतिवेदन कुनै निजी संस्थाको होइन, सरकारी निकायले तयार पारेको प्रतिवेदनमा ओली नेतृत्वको सरकारले उक्त रकम आर्थिक सहायता शिर्षकमा वितरण गरेको देखाएको हो । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सममको तीन वर्षमा आर्थिक सहायता शिर्षकमा कूल ३० करोड १० लाख २९ हजार…

Read More

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको हो भन्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।” आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।” वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा…

Read More

सुर्खेत – पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका-३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हो । कर्णाली-कोटाछाल- दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए । ‘सोमबार बेलुका उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । दुई बालबालिकाको मृत्यु भएको पुष्टि भएछ,’ उनले भने ।

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको छ। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा आइपुगेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं– बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर पूर्वअर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न गठित संसदीय समितिले मंगलबार सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्दैछ। संसदीय समितिले अर्थ मन्त्रालयका १० जना कर्मचारीसँग बयान लिइसकेको छ। विज्ञसँग छलफल गरेपछि समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने तयारी गरेको छ। अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसहित समितिले अहिलेसम्म १० जना कर्मचारीसँग सीसीटीभी फुटेजका सम्बन्धमा शोधपुछ गरिसकेको छ। समिति सदस्य देव गुरुङका अनुसार फुटेजका विषयमा जानकार व्यक्तिसँग मंगलबार छलफल हुन लागेको हो। यसअघि सोमबारको समितिले मन्त्रालयका आईटी विज्ञसँगसमेत छलफल गरिसकेको छ। गत मंगलबारदेखि छानबिन सुरु गरेको संसदीय समितिले शोधपुछ र…

Read More

काठमाडौँ – ६० औँ इन्जिनियर दिवस आज मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याउने इन्जिनियर र संस्थाहरूलाई सम्मान समेत गरिनेछ । एसोसिएसनका केन्द्रीय सदस्य अनुपम पराजुलीका अनुसार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, शहीद नवराज विष्ट मेमोरियल अवार्ड, युथ प्रोफेसनल अवार्ड, महिला इन्जिनियर अवार्ड, इन्जिनियरर्स एप्रिसियसन अवार्ड र बेस्ट इन्नोभेसन अवार्ड वितरण गरिने छ । आज दिउँसो २ बजेपछि भने फोहोरको दीर्घकालीन व्यवस्थापन र स्थानीय सरकारमा सूचना प्रविधिको प्रयोग सम्बन्धी विषयमा छलफल हुने छ । साँझ ५ बजेपछि…

Read More

म्याड्रिड–दक्षिणी स्पेनको मारबेलामा रहेको ओपियम नाइटक्लबमा सोमबार बिहान गोली र चक्कु हानाहानमा कम्तीमा पाँच जना घाइते भएका छन् । पीडितमध्ये दुई जना सघन उपचारमा रहेको स्थानीय आपत्कालीन सेवाले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । बन्दुकधारी कोस्टा डेल सोल अस्पतालमा प्रहरी हिरासतमा छन् । उनलाई धेरै चोट लागेको छ । गोली लागेर अस्पताल लगिएका अन्य चारमध्ये दुई जनाको सघन उपचार भइरहेको छ । प्रहरीले गोली प्रहार गर्नेलाई साथ दिएका २६ वर्षीय एकजना संदिग्धलाई पनि पक्राउ गरेको छ ।

Read More

बैतडी – पहिलोपटक जिल्ला अस्पताल बैतडीमा नौ चिकित्सकले सेवा दिन थालेका छन् । दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन् । पहिलोपटक जिल्ला अस्पतालमा दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । उहाँहरु छात्रवृत्ति र करार सेवाका रहेका जनाइएको छ । अस्पताल स्थापना भएको विसं २०३३ देखि पहिलोपटक दुई विशेषज्ञसहित नौ चिकित्सकले अस्पतालमा सेवा दिन थालेका हुन् । जिल्ला अस्पतालमा अन्य दरबन्दीका स्वास्थ्यकर्मीको पनि अभाव नरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । अस्पतालमा अहिले एक एमडिजिपी चिकित्सक छन्…

Read More

काठमाडौं – क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते भएका छन् । काठमाडौंको चक्रपथस्थित भाटभटेनी नजिकै थापाको प्रदेश ३–०१–०२२ च ४४३७ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् । प्रदेश ३–०२–००९ प १७८२ नम्बरको मोटरसाइकलमा सवार दुई जना र अर्का एक सडकमा हिँडिरहेका एक बालक घाइते भएको प्रहरी स्रोतले जनाएको छ। घाइते हुनेमा मोटरसाइकलमा सवार काभ्रेका विवेक अधिकारी र ओखलढुंगाका सुदिप खतिवडा रहेका छन् । उनीहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ भने काठमाडौँकै जरंखुका बालक रुक्सल थापाको चाहिँ त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ । प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ…

Read More