Author: महेन्द्रनगर पोष्ट

धनगढी : अछामको ढकारी गाउँपालिकामा कार्यालय प्रमुख लक्ष्मण साहमाथि हातपात भएको छ। स्थानिय नेपाली काँग्रेसका नेता टंकबहादुर साउँदले हाकिम शाहमाथि हातपात गरेका हुन् । सोमबार अपराह्न ४ बजेको समयमा साउँदले कार्यालयमै शाहमाथि आक्रमण गरेको बुझिएको छ । यस घटनामा गाउँपालिकाले विज्ञप्ति जारी गर्दै कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको भन्दै प्रशासनको ध्यानाकर्षण गरेको छ। गाउँपालिकाले दोषीलाई तुरुन्तै कडा भन्दा कडा कारबाहीको माग गरेको छ र कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति नभएसम्म सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। यो निर्णयले सेवाग्राहीहरुलाई पर्ने असुविधा प्रति गाउँपालिका क्षमाप्रार्थी रहेको छ। गाउँपालिकाले आफ्नो विज्ञप्तिमा भनेको छ, “कार्यालय प्रमुखमाथि भएको यो घटनाले…

Read More

धनगढी : धनगढीको निसर्गमा युवतीको मृत्यु डाक्टरको गल्तीको भएको तथ्य बाहिर आएको छ। अस्पताल स्रोतका अनुसार डाक्टर ओमप्रकाश भट्टले गलत औषधी प्रयोग गर्दा बिरामीको मृत्यु भएको बताइएको हो। धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति ३ बजे मृत्यु भएको थियो। सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी लक्ष्मीको डाक्टरले औषधी दिएको केही समयपछि मृत्यु भएको हो। बिरामी पुर्जा अनुसार कोलोजिपाम र ट्रमाडोल औषधी संगै प्रयोग गरिएको छ। चिकित्सकीय स्रोतका अनुसार यो दुवै प्रकारको औषधी संगै दिनु हुँदैन। तर डाक्टर भट्टले लक्ष्मीलाई कोलोजिपाम र ट्रमाडोल संगै दिएपछि मृत्यु भएको आरोप छ। कोलोजिपाम र ट्रमाडोल संगै प्रयोग…

Read More

कञ्चनपुर: महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार दिनपछि चारपांग्रे सवारी साधनको आवागमन खुला भएको छ। मंगलबार बिहानदेखि चारपांग्रे सवारी साधन आवागमन खुला गरिएको हो। बिहान ७ बजेको मापनअनुसार महाकालीमा पानीका बहाव ९७ हजार ६ सय क्युसेक पुगेको छ। पानीको बहाव १ लाख क्युसेकभन्दा तल पुगेपछि बिहान ७ बजेदेखि पुल ठूला सवारी साधनका लागि खुला गरिएको हो। शनिबारदेखि महाकालीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो।

Read More

धनगढी : धनगढीको निसर्ग अस्पतालको रचम लापरबाहीले एक युवतीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका १ शिवनगर बस्ने २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति ३ बजे मृत्यु भएको हो। सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी लक्ष्मीको तीन घण्टाको फरकमा उपचारको क्रममा मृत्यु भएको हो। डाक्टरको लापरबाहीले गर्दा नै विरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। मृतकका अंकल हेमराज जोशीले उपचारमा संलग्न डाक्टरलाई कारबाही हुनुपर्ने माग गरे। अस्पतालले भने लापरबाही स्विकार गरेको छैन। लक्ष्मी जोशी हेल्थ असिस्टेन्ट पढ्दै गरेकी थिइन् र उनी धनगढीकै नवजीवन अस्पतालमा ‘वजेटी’ गरिरहेकी थिइन्।

Read More

काठमाडौं: जम्मूको कठुआमा सेना र आतंककारीबीच जारी भिडन्तमा पाँच सैनिकको मृत्यु भएको छ। सोमबार साँझ आतंकवादीहरूले सेनाको गाडीमा आक्रमण गरेको खबर आएको थियो। यसै क्रममा आतंककारीले ग्रेनेड पनि प्रहार गरेका थिए। यसअघि हमलामा ६ जना सैनिक घाइते भएको खबर आएको थियो जसमध्ये २ जना गम्भीर घाइते भएका थिए। केही समयपछि हमलाको अपडेटले सेनाका चारजना जवान शहीद भएको खुलासा भयो। केही समयपछि कठुआमा भएको यो हमलामा अर्को सैनिकको शहीद भएको खबर आएको छ। घाइते सैनिकको सैनिक अस्पतालमा उपचार भइरहेको छ। सहिद हुनेहरु उत्तराखण्डका सैनिक हुन्।सो जम्मू कश्मीरको कठुआ घटनालाई उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दु:खद भएको बताएका छन्। सो घटना राज्यका…

Read More

काठमाडौं : उपराष्ट्रपति नन्दकिशोर पुन आज बिहान सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्य समस्याका कारण उनलाई बिहान १० बजे अस्पतालमा भर्ना गरिएको हो। सशस्त्र प्रहरी बल अस्पतालका एक अधिकारीका अनुसार उप राष्ट्रपति पुनको स्वास्थ्य अवस्था जाँच र उपचारको लागि अस्पतालमा भर्ना गरिएको हो। अस्पताल प्रशासनले उपराष्ट्रपतिको स्वास्थ्य स्थितिबारे थप विवरण आएको छैन ।

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकाललाई अनुशासन आयोगले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको सिफारिस गरेको छ । अस्वाभाविक हर्कत र पार्टी हितविपरितको गतिविधि गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । आयोगको सिफारिसमाथि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।

Read More

धनगढी : बझाङको केदारस्यूँ गाउँपालिकाले समग्रमा ९० प्रतिशत वित्तीय प्रगति गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले चालुतर्फ ९१ दशमलव ८८ प्रतिशत र पूँजिगत तर्फ ८९ दशमलव ५५ प्रतिशत प्रगति हासिल गरेको हो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पदमराज उपाध्यायका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को सम्पुर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखांकन कार्य बन्द भएको र चालु आर्थिक वर्षको वित्तीय प्रगति ९०.७१ प्रतिशत खर्च भएको बताए । गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागी ५५ करोड २६ लाख ५४ हजार ५३६ रुपैयाको बार्षिक स्वीकृत बजेट मध्ये ५० करोड २४ लाख १९ हजार ९२३ रुपैया अर्थात ९०.७१ प्रतिशत प्रगती भएको जनाइएको…

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्दै छ । बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौँ : कांग्रेस, एमालेसहितको समीकरण अन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेबाट मन्त्री बन्नेहरूको न्यूनतम तीन वटा आधारसहितको मापदण्ड बनाउने भएको छ । त्यसका लागि एमालेले मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकमा व्यापक छलफल गर्ने एमाले नेताहरूले बताएका छन् । मन्त्री बन्नका लागि काविल, योग्य तथा कार्यक्रम र नीतिगत हिसाबमा आफ्नो मन्त्रालय लिड गर्न सक्ने मान्छे सरकारमा जाने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए । मन्त्री हुनलाई यिनै मुख्य तीन आधारलाई अपनाएर अघि बढ्ने गौतमको भनाइ छ ।

Read More