काठमाडौं: दार्चुलामा अर्की एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–१, आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति साढे नौ बजे मृत्यु भएको हो। घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको समेत मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रसिंह धामीले जानकारी दिए। द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन्। स्वास्थ्यचौकी पुर्याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएको उनले बताए। स्वास्थ्यचौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीको भनाइ छ। अपिहिमाल गाउँपालिका दार्चुलाको एक मात्र सडक सञ्जाल र विद्युत् सेवा नपुगेको पालिका हो। गएको…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: सर्वोच्च अदालतले पर्यटन राज्यमन्त्री एवं कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको छ। साथै उनको सांंसद पद जोगिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार निर्णय सुनाउँदै रिट खारेज गरिदिएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यो निर्णय सुनाएको हो। नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नसमेत योग्य नभएकाले उनलाई पदमुक्त गर्नुपर्ने माग राखी अधिवक्ता वसन्त जोशीले २०७९ चैत १७ गते यो रिट दायर गरेका थिए। फौजदारी कसुरमा सजाय ठहर भएका चौधरीको सांसदको उम्मेदवार बन्न योग्यता नपुग्ने भएकाले उनी…
धनगढी: बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मेलौली नगरपालिका–८ जमाडीकी २८ वर्षीया सीता विष्टको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। बैतडी प्रहरीका अनुसार गत पुस २९ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। डडेल्धुरा अस्पतालबाट केशरपुर स्वास्थ्य चौकी ल्याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
काठमाडौं: नेपाल प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) बढुवा प्रक्रियामा विवादित एसपी कमल थापा र प्रकाश रानाभाट छुटेका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले २०५६ र २०५८ सालका ब्याचका २५ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको भए पनि विवादित गतिविधिमा मुछिएका यी दुई अधिकारी सिफारिस सूचीमा परेनन्। थापा सुदूरपश्चिमको कञ्चनपुरमा कार्यरत हुँदा र भैँसेपाटी हनी ट्र्याप प्रकरणमा विवादमा तानिएका थिए। त्यस्तै, रानाभाट धनुषामा कार्यरत हुँदा विवादित बनेका थिए। यी दुवै जनामाथि अनुसन्धान र कारबाहीका लागि सिफारिस गरिएको कारण उनीहरूको बढुवा रोकिएको बताइएको छ। बढुवा रोकिएपछि एसपी थापाले आफ्नो आक्रोश सामाजिक सञ्जालमा पोखेका छन्। उनले नेपाल पत्रकार महासंघ कैलालीका सदस्यसमेत रहेका महेन्द्रनगरपोष्टका…
धनगढी: कैलालीमा एक जना पुरूष मृत अवस्थामा भेटिएका छन्। जिल्लाकाे लम्कीचुहा नगरपालिका-९ बस्ने ५० वर्षीय नैनबहादुर चाैधरी मंगलबार मृत भेटिएकाे प्रहरीले जनाएको छ। उनी दैनिकजसाे मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको प्रहरीकाे भनाइ छ।
धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजीटल बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखिएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ। कैलालीको धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजीटल बोर्डमा त्यस्तो लेखिएको हो। ह्याकरले बोर्ड ह्याक गरेर ‘आइ लभ यु चित्रा’ लेखेर स्क्रोल गरेको बताइएको छ। यता सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) गणेश चन्दले भने उक्त विषयमा अनुसन्धान भइरहेको बताए। ‘त्यो कसले र कसरी लेख्यो भन्ने विषयमा केही पत्ता लागेको छैन,’ उनले भने, ‘डीएसपी नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ।’ उक्त फोटोको तथ्य जाँच गर्ने प्रयास पनि भइरहेको उनले बताए। कतिपयले भने बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव राखिएको हुनसक्ने पनि…
धनगढी: बझाडस्थित थलारा गाउँपालिका–३ देवलबाझकी २४ वर्षीय राधिका जोशी उपाध्यायको सोमबार घर पोत्नका लागि माटो खन्ने क्रममा ढुंगा खस्दा ज्यान गएको छ। घटना भगवती आधारभूत विद्यालय नजिकै दिउँसो करिब १ बजे भएको हो। वडा अध्यक्ष प्रकाश भण्डारीका अनुसार, माटो खन्ने क्रममा माथिबाट ठूलो ढुंगा खसेर उपाध्यायको घटनास्थलमै मृत्यु भएको हो। भण्डारीले हिजो परेको पानीका कारण माटो गलेर ढुंगा खसेको हुनसक्ने बताए। मृतक उपाध्यायका ४० दिनकी छोरी र अढाई वर्षको छोरा छन्। उनका श्रीमान कुलराज उपाध्याय बाजुराको गौमुल गाउँपालिकामा प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत छन्। माघी पर्वको पूर्वसन्ध्यामा उपाध्यायको असामयिक निधनले देवलबाझ गाउँ शोकमा डुबेको छ।
काठमाडौं: नेपाल प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। सोमबार राति बसेको बढुवा समितिको बैठकले उनीहरुलाई एसपीबाट एसएसपीमा बढुवा सिफारिस गरेको हो। गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले २५ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको जनाइएको छ। बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस अगाडि एसएसपीमा सहमति नहुँदा लामो समयदेखि बढुवा सिफारिस हुन सकेको थिएन। बढुवा सिफारिसमा पहिलो नम्बरमा एसपी रमेश थापा भएका छन्। त्यसपछि क्रमशः दोस्रो, तेस्रो, चौथो, पाचौं, छैठौं, सातौ नम्बरमा अजय केसी, अनुपम शमशेर…
धनगढी: डडेल्धुरामा श्रीमतीको हत्या गरेका आरोपमा एक श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका-३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगर रहेका छन्। डम्बरले घरायसी विवाद हुँदा आज (सोमबार) बेलुका २४ वर्षीय श्रीमती अस्मिता थापा मगरलाई गोली हानेको डडेल्धुरा प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार श्रीमान श्रीमती बीच दैनिक झैझगडा भइरहने गरेको थियो। डम्बरले रक्सी सेवन गरि गोली हानेको बताइन्छ। श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको मुख्य गेटमा रहेको डिजिटल बोर्ड ह्याक भएको छ। ह्याकरले बोर्डमा ‘आई लभ यू चित्रा’ लेखेर सन्देश सार्वजनिक गरेका छन्। प्रहरी कार्यालयको यो बोर्डमा देखिएको सन्देशको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले प्रहरी कार्यालयको साइबर सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीका अनुसार घटना कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीयबासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो कार्यलाई अनुशासनहीनता र गैरजिम्मेवारीपूर्ण भन्दै आलोचना गरेका छन्। यसअघि पनि विभिन्न स्थानमा डिजिटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव राख्ने घटनाहरू सार्वजनिक भएका थिए। तर, प्रहरी कार्यालयजस्तो संवेदनशील संस्थाको बोर्ड ह्याक हुनु भने दुर्लभ र गम्भीर…