Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – वर्तमान सरकारले एक वर्षको अवधिमा शिक्षालाई मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधारका रूपमा अथ्र्याउँदै विद्यालय शिक्षा क्षेत्र योजनाको प्रक्रियालाई अघि बढाएको छ । सन् २०३० सम्मका लागि तय भएको संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यलाई सघाउन राष्ट्रिय कार्यढाँचासहित न्यायपूर्ण, समतामूलक र समृद्ध नेपाल निर्माणका लागि शिक्षामा दीर्घकालीन सोच अघि सारिएको हो । विगतमा दातृ निकायको समेत सहकार्यमा विद्यालय क्षेत्र सुधार कार्यक्रम सञ्चालन गरिएकामा सोको अवधि सकिएपछि नयाँ योजना विकास भएको छ । दुई वर्ष अघिदेखि सुरु भएको उक्त योजना निर्माण प्रक्रिया कोभिड–१९ का कारण अवरुद्ध भए तापनि प्रधानन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षको अवधिमा सो योजना स्वीकृत भएको छ…

Read More

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी पुनर्गठन गर्न अपिल गरेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतामाथि गरेको कारबाही निर्णयको भर्त्सना गर्दै डा. भट्टराईले नयाँ पार्टी पुनर्गठन गर्न अपिल गरेका हुन् । शुक्रबार राति अबेर एक विज्ञप्ति जारी गर्दै डा.भट्टराईले नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल समेत गरेका छन् । ‘हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौँ’ भट्टराईले भनेका छन्, ‘यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन ।’ पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, साङ्गठनिक र केन्द्रीय समिति अध्यक्षको स्वच्छाचारी कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दैगर्दा केन्द्रीय…

Read More

काठमाडौं – चीनले रसुवागढी नाका दुईतर्फी नै खोल्ने भएको छ। बिहीबार भएको नेपाल चीन सीमासम्बन्धी परामर्श बैठकले कोभिड-१९ को मापदण्ड पालना गरेर नाका दुईतर्फी रूपमा नै सञ्चालनमा ल्याउने निर्णय गरेको हो।कोभिड-१९ सुरु भएपछि नाका एकतर्फी रूपमा सञ्चालन हुँदै आएको छ। भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्व नेपालकोतर्फबाट परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र चीनकोतर्फबाट परराष्ट्र मन्त्रालयका सीमा तथा समुन्द्रसम्बन्धी मामिला विभागका महानिर्देशक होङ लिआङले गरेका थिए।नाका एकतर्फी मात्र सञ्चालन भएका कारण लामो समयदेखि निर्यात ठप्प भएको, नाकाबाट पर्याप्त सामग्री आयात हुन नसकेको र दुई देशीय व्यापारमा कठिनाइ भएका कारण नाका दुईतर्फी रूपमा नै सञ्चालन गरिन लागिएको हो। कोरोना…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय,आलोकनगरमा आज बिहान ११ बजे बैठक सुरु हुने पार्टीका महासचिव वेदुराम भुसालले जानकारी दिए। बैठकमा केही दिनअघि सम्पन्न केन्द्रीय परिषद् बैठकले गरेका निर्णयहरू अगाडि बढाउने सन्दर्भमा छलफल हुने उनको भनाइ छ। पार्टीको यही असार १३ र १४ गते बसेको केन्द्रीय परिषद्को पहिलो बैठकले सत्ता गठबन्धनलाई कायम राखेर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने निर्णय गरेको छ। यस्तै, गठबन्धन हुन नसकेको अवस्थामा प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने गरी तयारी गर्ने पनि निर्णय गरेको छ। पार्टी गठन भएपछि पहिलोपटक बसेको बैठकले विभिन्न १७ वटा…

Read More

काठमाडौँ- सोमबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठकमा आज पदाधिकारीले जवाफ दिने कार्यसूची छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि प्रश्न उठाएका छन्। सभापति शेरबहादुर देउवा विधानअनुसार नचलेको, महामन्त्रीहरू व्यक्तिवादी तवरले चलेको आरोप लागेको छ। देउवाले महामन्त्रीहरूलाई ‘स्पेस’ नदिएको आरोप पनि लागेको छ। सरकारको आलोचना भएपछि बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामका बारेमा जवाफ दिने कार्यक्रम राखिएको हो। सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्‍न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए। महतका अनुसार जारी बैठक आज समापन…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न १३ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभिन्न १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२ं) बमोजिम आज राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् । यस्ता छन् राष्ट्रपतिद्वारा प्रमाणीकरण विधेयक :१. लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक२. आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक३. ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक४. राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक५. नेपाल…

Read More

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सो अवधिमा तीन हजार ७१८ जनाको नमुना परीक्षण गरिएको थियो। एक हजार ६४४ जनाले पीसीआर र दुई हजार ६८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ९०६ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ८७ हजार ९७२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या एक हजार २८४ रहेको छ । अहिलेसम्म कोरोनाबाट…

Read More

काठमाडौं – प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ मत परेको थियो भने एक मत तटस्थमा खसेको सभामुख सापकोटाले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । भुसालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । उनी भुसालसँग पराजित भएकी हुन् ।…

Read More

काठमाडौं – प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिर्पोटिङ पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका छन् । ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया चलिरहेको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्प्रर्धामा छन् ।

Read More

काठमाडौं – सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्ध परेको रिट खारेज गरिदिएको छ । धिरजप्रताप सिंहलाई आइजिपी बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च पुगेका एआइजी विश्वराज पोखरेलको रिट निवेदन खारेज भएको छ। ६८ दिनदेखि सर्वोच्चमा विचाराधीन रहेको रिटलाई शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले खारेज गरेको हो। पोखरेलले सिंहलाई वरियता मिचेर आइजिपी बनाएकाले बदर गरी आफूलाई नियुक्त गर्न माग गरेका थिए। गत वैशाख १९ गते सिंहलाई सरकारले आइजिपी बनाएको थियो। सिंह भन्दा पोखरेल डेढ वर्ष वरिष्ठ आइजिपी हुन्। सकारले वरियता मिचेर सिंहलाई अवसर दिएको थियो।

Read More