Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीस ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो। संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो, निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने लिखित जवाफ माग गरिएको छ। माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री स्वयम्ले वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ।सर्वोच्चले आन्तरिम आदेश…

Read More

धनगढीः बैतडीमा एक गाउँपालिकाकी उपाध्यक्षलाई कार्यकक्षमै कुटपिट गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टमाथि कुटपिट भएको हो। उनले आफूमाथि सोही गाउपालिकाको वडा नं. ०३ बस्ने दिपक बहादुर चन्दले २५ गते दिउँसो ३ बजेर २० मिनेटको समयमा मादक पदार्थ सेवन गरि कार्यकक्षमै आएर कुटपिट गरेको आरोप लगाएकी छन्। कुर्सीमा बसेको बेला मलाई लछारपछार गरि हातमा लिएको फलामको प्लासले आफूलाई कुटपिट गरेको उनको आरोप छ।यस्तै उनले ज्यान मार्ने धम्कीसमेत दिएको हुदाँ निजमाथि आवश्यक छानविन गरि गराई कारबाहीका लागि गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई निवेदन दिएकी छन्।

Read More

दार्चुला: शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण कार्य अलपत्र परेको छ। ठेकेदार कम्पनीकोे लापरबाहीले निर्माण अधुरै छ। रोकिएको काम सुरु गर्न ६ पटक पत्राचार गरेपनि ‘नेता ठेकेदार’ले सत्ताको आडमा अटेर गरी निर्माण अलपत्र पारेको विद्यालयको आरोप छ। संघीय सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत गोकुलेश्वर माविको ९ कोठे भवन निमार्णका लागि २०७७/०७८ मा १ करोड ४५ लाख बजेट आएको थियो। ७६ प्रतिशत बिलो अर्थात ७९ लाख ४२ हजार रुपैयाँमा उषा निर्माण सेवा प्रालीले ठेक्का सकारेको थियो। शैल्यशिखर नगरपालिका–१ बलाँचका लालिराम विश्वकर्मा (अभिषेक) उक्त कम्पनीका सञ्चालक हुन्। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका विश्वकर्माले ‘सत्ताको आडमा’ काममा लापरबाही…

Read More

दार्चुला: दार्चुलाको टिंकर नाका सञ्चालनको माग राख्दै ब्याँस गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएको छ । गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी, ब्यासका बासिन्दा तथा प्रदेशसभा क्षेत्र नम्बर १ का पूर्व सांसद गेल्बु सिंह बोहरा र स्थानीयले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई उक्त मागपत्र बुझाउनु भएको हो । टिंकर नाका भएर दशकौँदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन २०२० देखी कोभिड महामारीका कारण नाका बन्द रहिआएको छ । टिंकर नाका संचालन नहुँदा दार्चुला जिल्लाको ब्याँस क्षेत्रमा बसोबास गर्ने तीन दर्जन भन्दा बढी व्यापारी व्यवसायीहरूका साथै सयौँ स्थानीय बासिन्दाहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको भन्दै तत्काल बन्द रहेको…

Read More

धनगढी : बैंक बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (विफू) नेपालको सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश संयोजक राजेन्द्रबहादुर विष्टको अध्यक्षता र बिफू नेपालका राष्ट्रिय समिति अध्यक्ष धर्मराज मैनालीको प्रमुख आथित्यतामा कृषि विकास बैंक तालिम केंद्र धनगढीको सभाहलमा आज फागुन २४ गते अधिवेशन सम्पन्न भएको हो। नारी दिवसको समेत अवसर पारेर अधिवेशन सम्पन्न भएको बताइएको छ। अधिवेशनमा बिफु नेपालसँग आवद्ध सरकारी स्तरका बैक, वित्तीय संस्था, बिमा कम्पनी, कर्मचारी सञ्चय कोषका सुदूरपश्चिमका नौं वटै जिल्लाबाट उपस्थित प्रतिनिधिहरूको सहभागिता थियो। संयोजक राजेन्द्र विष्टको अध्यक्षता सञ्चालन भएको उद्घाटन कार्यक्रममा विभिन्न घटक प्रतिष्ठानका प्रदेश अध्यक्ष, केन्द्रिय समिति पदाधिकारीहरूले अहिले बैंक वित्तीय संस्थाको…

Read More

धनगढी : धनगढीको सौराई स्क्वायरले नारी दिवसका अवशरमा धनगढीका ९ जना महिलाहरुलाई सम्मान गरेको छ। १ सय १३ औँ अन्तराष्ट्रिय नारी दिवशका अवशरमा स्क्वायरले बिभिन्न क्षेत्रमा महत्वपुर्ण भुमिका निर्बाह गर्ने महिलाहरुलाई सम्मान गरेको हो। नारी दिवशका अवशरमा धनगढीका निर्मला बागचन्द, सरिता कठायत, गोबिन्दी भट्ट, उन्नति चौधरी ,भारती कुवर, सुल्जित कौर, गिता आले, रमा चन्द र रुपा राइ लाई स्क्वायरले सम्मान गरेको हो। ९ वटै महिलाहरुलाई धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले प्रमाणपत्र तथा नगद प्रदान गर्दै सम्मान गरेकी हुन् । सम्मानपत्र वितरण गर्दै रानाले अबको बिकास मानविय बिकास रहेको बताइन् । मानविय बिकास भए मात्रै हरेक नारीले स सम्मान जिउन…

Read More

धनगढी : गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग गोप्य रुपमा विवाह गरेको खुलेको छ। गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेको खुलेको हो। उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ। यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो। यी दुईजनाबाट एक सन्तानको पनि जन्म भएको छ। विवाहलाई राजेशपायलले गोप्य राखेका थिए। विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङको उमेर राजेशपायलभन्दा आधाले कम छ।  विवाहअघि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए। गत दशैंको महाष्टमीको बेला यी दुईले सन्तानलाई जन्म दिएको खुलासा भएको थियो।

Read More

धनगढीः बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पस, गोकुलेश्वरको स्ववियु सभापतिको लागि आशिष मालले उम्मेदावारी घोषणा गरेका छन्।डिलाशैनी गाउँपालिका वडा नम्बर ६ गोकुलेस्वरका मालले सभापतिमा उम्मेदावारी घोषणा गरेका हुन्। विद्यार्थीहरूका समस्याहरू समाधानको लागी स्ववियुमा उम्मेदावारी घोषणा गरेको उनले बताए। उनी अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन क्रान्तिकारीका नेता हुन्।

Read More

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महासचिव गुरुङले प्रधानमन्त्री दाहालसँग बिहान १० बजेदेखि झण्डै एक घण्टा कुराकानी गरेको बताइएको छ। गुरुङपछि प्रधानमन्त्री भेट्न प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह त्यहाँ पुगेका थिए। उनीहरुबीच झण्डै ४५ मिनेट कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ।

Read More

धनगढीः छिमेकी मुलुक भारतका ५० भन्दा बढी गाउँका समुदाय नेपाली सञ्चारमा निर्भर रहेको पाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतका ५० भन्दा बढी गाउँमा भारतीय सञ्चार उपलब्ध छैन। जसका कारण त्यहाँका बासिन्दाले नेपाली सञ्चार सुविधा उपभोग गर्ने गरेका छन्। भारतीय सञ्चारको सेवा नहुँदा सीमावर्ती गाउँका जनताले आफन्तलाई नमस्कार गर्न नेपाली सञ्चार सेवा प्रयोग गर्ने गरेका हुन्। यसका लागि उनीहरूले चर्को पैसा खर्च गर्नुपर्ने हुन्छ। रोमिङका कारण उनीहरुलाई भारतको तुलनामा नेपाली सञ्चार सेवा प्रयोग गर्न महँगो परेको बताइन्छ। यसका बाबजुद पनि भारतीय सञ्चार सुविधा नहुँदा मानिसहरु नेपाल–भारत सीमावर्ती क्षेत्रमा नेपाली सञ्चार सेवा लिन बाध्य छन्। सीमावर्ती गाउँहरुमा नेपाली सञ्चारको सेवा लिने भारतीय…

Read More