Author: महेन्द्रनगर पोष्ट

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको एक होटलमा छापा हानेर नियन्त्रणमा लिएका सञ्चालकसहितका पाँच जनालाई छाडेको छ । धनगढीको शहीदगेट नजिकैको सिगाश होटलका सञ्चालक लोक धामीसहितका अन्य चार जना युवायुवती (२ युवा–२ युवती) लाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालयले अवैध यौनजन्य गतिविधि भइरहेको सूचनाका आधारमा होटलमा छापा हानेर उनीहरुलाई नियन्त्रणमा लिएको तर अनुसन्धानका क्रममा उक्त कुरा नखुलेपछि सोमबार छाडिएको जनाएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले तत्काल उनीहरु यौनजन्य गतिविधिमा संलग्न रहेको भन्ने पुष्टि नभएका कारण बोलाएको बेला उपस्थित हुनेगरी आफन्तको जिम्मा लगाइएको बताए।

Read More

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। रावल विश्वासको मत जुटाउन काठमाडौंमा दौडधुप गरिरहेका छन्। उनले यसअघि बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि विश्वासको मतबारे छलफल गरेका थिए। माग पूरा नभएसम्म विश्वासको मत दिन नसकिने अडान सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिएपछि मुख्यमन्त्री रावल सरकार ढल्ने चिन्तामा छन्। बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा एक अर्काबीच बधाई तथा शुभकामना अदान प्रदानसमेत भएको थियो।

Read More

धनगढीः कञ्चनपुरमा घरमा लुकाएको अवस्थाको काठ बरामद गरिएको छ। जिल्लाको लालझाडी गाँउपालिका–५ देखतभूलीमा अवैध रुपमा लुकाएर राखिएको काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय लालझाडीले जनाएको छ। सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले स्थानीय ६ घरबाट अवैध काठ बरामद गरिएको बताए। यादवकाअनुसार चिरान गरेर राखेको र गोलियासहित दुई सय ११ दशमलव १७ क्युफिट काठ बरामद गरिएको हो। जसमा स्थानीय सुविता रानाको घरबाट ६.८७ चिरान, ३८.२८ गोलिया, मोति रानाको घरबाट १५.१८ चिरान, ३८.०१ गोलिया, मोलो रानाको घरबाट चिरान ३३.७४, काली रानाको घरबाट चिरान १९.०१, विक्रम रानाको घरबाट २७.१४ र भङगी रानाको घरबाट ३२.९४ क्युफिट गोलिया बरामद गरिएको छ।

Read More

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार अभियान चलाउने भएको छ। पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो। चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय रास्वपाले गरेको छ। यही माघ महिनाभित्र सबै प्रदेशमा विस्तारित बैठक गरी प्रदेश समितिको पुनर्गठन गर्ने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए। बैठकले प्रदेश समितिको विस्तारित बैठकको मिति पनि तय गरेको छ। माघ १४ गते प्रदेश १ को विराटनगर, १६ गते मधेश प्रदेशको जनकुपुर, १८ गते बागमती प्रदेशको मकवानपुर, २१ गते गण्डकीको पोखरा, २४ गते लुम्बिनीको दाङ, २६ गते सुदूरपश्चिमको धनगढी र…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन तथा निरीक्षण गरेका छन्। उनले भौतिक पूर्वाधारहरूको स्तर अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अन्य शाखाहरूबाट सम्पादित कार्यहरू र अभिलेख व्यवस्थापनको निरीक्षण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। डिआइजी सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालले कार्यालय तथा जिल्लाको वस्तुस्थिति बारे जानकारी गराएका थिए।

Read More

धनगढीः कैलाली जिल्लामा दुई जनामा दादुरा देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलाली प्रमुख लालबहादुर धामीका अनुसार गोदावरी नगरपालिका‐३ भैसीहारका पाँच वर्ष १० महिना र गौरीगङ्गा नगरपालिका‐६ का १८ महिने बालकमा शुक्रबार दादुरा पुष्टि भएको हो। उनका अनुसार दुवै बालकले दादुराविरुद्धको खोप लगाए पनि दादुरा देखिएको छ। गौरीगङ्गाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको हो। यस्तै, गरेर धनगढी उपमहानगरपालिका‐ १ पशुपति टोलका दुई बच्चामा पनि दादुराको लक्षण देखिएपछि उपचार भइरहेको छ। उनीहरूको नमुना सङ्कलन गरेर ल्याबमा पठाइएको छ। धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएर र अर्का खोप नलगाएका पाँच वर्षीय बालक भारत गएर फर्किएपछि दादुरा देखिएको उनले बताए। बालबालिकाले…

Read More

धनगढीः नेकपा एमालेका नेता भीम रावलमाथि कारबाही गर्न माग भएको छ। राष्ट्रिय युवा संघ नेपालका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरेका हुन्। आइतबार धनगढीमा भएको राष्ट्रिय युवा संघ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बिसीले नेता रावलकै कारण अछाममा संगठन छिन्नभिन्न हुने अवस्थामा पुगेको आरोप समेत लगाएका छन्। ‘अछामबाट भीम रावललाई हामीले कति पटक भोट हालेर जितायौँ। पार्टीको उपाध्यक्ष बनाउँदै राष्ट्रिय स्तरको राजनीतिमा स्थापित गर्‍यौँ,’ बिसीले भने, ‘तर चुनावमा रावलले समाजवादी र कांग्रेसलाई जिताउन भूमिका खेल्नुभयो। उहाँलाई कारबाही गरिनुपर्छ।’ बिसीले रावलकै कारण राष्ट्रिय युवा संघका युवाहरुमा एकता हुन…

Read More

धनगढीः कैलालीमा भारतबाट अवैध रुपमा भित्र्याइरहेका चिनीसहितका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भ्त्र्यिाएका समान बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले धनगढी उपमहानगरपालिका–२ को त्रिनगर भन्सारबाट दुई क्वीन्टल चिनी, १२ वटा ब्याट्री, प्लाष्टिकको झिल्ली लगायतका अवैध सामान बरामद गरिएको जानकारी दिए। उनकाअनुसार धनगढी उपमहानगरपालिका–१ को त्रिवेणी घाटबाट स्थानीय २४ वर्षीय बिशाल थापाले चलाएको से १ प ४१४३ नम्बरको स्कुटीमा भारतबाट ल्याउदै गरेको अवस्थामा खुर्सानी लगायतका सामान पनि बरामद गरिएको छ। टीकापुर नगरपालिका–८ को झुंगास्थित भित्री सडक खण्डमा ३५ प्याकेट सुर्ती, बिडी, चकलेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ।…

Read More

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। तामाङ समुदायको महत्वपूर्ण चाड सोनाम ल्होसारको अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै रावलले नेपाली समाज धार्मिक, सांस्कृतिक, भौगोलिक विविधतामा सहिष्णुता र बन्धुत्वको एकतामा अन्र्तघुलित रहेको जनाएका छन्। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक चाडपर्वहरुले नयाँ उमंग र उत्साहका साथ एकआपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरेका छन्। ‘तामाङ जातिमा नयाँ वर्षको आरम्भको खुशियाली स्वरुप मनाइने सोनाम ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ, यस पर्वले हाम्रो धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको सम्वर्धन गर्न महत्वपूर्ण योगदान पु(याइरहने विश्वास लिएका छु,’ शुभकामना मन्तव्यमा…

Read More

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको टिप्पणी गरेका छन्। आइतबार टुँडिखेलमा खायोजित सोनाम ल्होछार समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको छ,’ प्रचण्डले भने। विगतमा ‘सामन्ती, एकात्मक र अधिनायकवादी शासन’बाट नेपालभित्रै रहेका जातजातीय, भाषा र संस्कृतिमाथि दमन भएको समेत उनको भनाइ छ। नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

Read More