Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट सङ्घ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए । राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी गरेका हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको…

Read More

धनगढी – भारतबाट नेपाल भित्रिने नागरिकको सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमिण देखिने क्रम निकै बढ्न थालेको छ । भारतमा कोरोना संक्रमणदर दिन प्रतिदिन बढिरहेका बेला त्यहाँबाट नेपाल आउने नागरिकमा पनि संक्रमण देखिने क्रम बढेको गौरीफण्टा नाकास्थित सीमा स्वास्थ्य बिटले जनाएको छ । धनगढीस्थित त्रिनगर स्वास्थ्य बिटका इन्चार्ज गणेश साउदका अनुसार पछिललो समय भारतबाट आउने मध्ये १० प्रतिशतसम्म मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ । पछिल्लो समय भारतबाट गौरीफण्टा नाका हुँदै दैनिक दुई सय ५० जनासम्म मानिस नेपाल भित्रिने गरेकोमा उनीहरूमध्ये १० प्रतिशत सम्मका संक्रमण देखिन थालेको उनले बताए । ‘एक साता पहिलासम्म कोरोना संक्रमण देखिने क्रम त्यति थिएन्,’ साउदले…

Read More

काठमाडौं – प्रतिनिधि सभाको आज बुधबार बसेको बैठकमा सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबार भित्र सार्न माग गरेकी छन्। बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबार भित्र सार्न माग गरेकी हुन्। ‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितिका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु। सैनिक विशेष अदालतलाई सिंहदरबार भित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु,’ सांसद गुरुङले भनिन्। सैनिक विशेष अदलातको वेथितीको कारण सयौं सैनिकले समयमै न्याय पाउन नसकेको दाबी उनले गरिन् । ‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो, जसका कतिपय निर्णय सैनिक नेतृत्व र तिनका निहित स्वार्थ…

Read More

काठमाडौं – प्रतिनिधि सभाले जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो। जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को पहिलो संशोधनको रुपमा यो विधेयक २०७६ सालमा दर्ता भएको थियो ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली न्यायपालिकामा बिकृती बढेको भन्दै त्यसको छानविन गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद रसाईलीले उच्च स्तरीय छानविन आयोग गठन गरेर न्यायपालिकाको विकृती नियन्त्रण गर्न माग गरेका हुन् । ‘देवानी फौजदारी मुद्धामा न्याय पाउन सर्वसाधारणले ३० बर्षसम्म धाउनु पर्छ, न्यायमुर्तीहरुले समयमा न्याय दिन सकिरहेका छैनन,’ रसाईलीले संसदमा भने, ‘करिव २ सय न्यायधिसलाई न्यायपरिषदले छानविनको दायरमा ल्याएको छ, त्यसैले न्यायपालिका भित्रको विकृति अन्त्य गर्न उच्चस्तरीय छानविन आयोग गठन गरेर अघि बढनु पर्छ ।’ सरकारले छानविन आयोग गठन गरेर जनतालाई वेलैमा न्याय दिन ढिलाई गर्न नहुने उनको भनाई छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मालाई नियुक्त गरेका छन्। देउवाले उनीहरूलाई बुधबार नियुक्त गरेका हुन्। यसअघि कांग्रेसका प्रमुख सचेतक रहेका बालकृष्ण खाण थिए। एक वर्षअघि उनी गृहमन्त्री बनेका थिए। कांग्रेस सचेतक पुष्पा भुसाल गत साता उपसभामुखमा निर्वाचित भएपछि दुबै पद खाली भएको थियो। देउवाले पूर्वउपसभामुख समेत रहेकी चित्रलेखालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

Read More

काठमाडौं – बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेज ‘रिकभर’का लागि सम्बद्ध डिभाइस प्रहरीको फरेन्सिक ल्याब पठाउने निर्णय गरेको छ।बुधबार सबै सिस्टम ल्याबमा पठाइने छ । इन्जिनियरिङ अध्ययन संस्थान र प्रहरीको साइबर ब्युरोको विज्ञको सुझावका आधारमा अर्थ मन्त्रालयले उपलब्ध गराएको सिस्टमलाई ल्याबमा पठाउने निर्णय समितिले गरेको हो । विशेष समिति सचिव सुरेन्द्र अर्यालले विज्ञसँगको परामर्शका आधारमा डिभाइस ल्याब पठाउने निर्णय भएको बताए।अर्यालले भने, “फुटेज डिलिट भइसकेको अवस्थामा के गर्न सकिन्छ भनेर हामीले आईओई र साइबर ब्युरोका विज्ञसँग परामर्श गरेका थियौँ, उहाँहरूको सुझाव फरेन्सिक ल्याब पठाऊ भन्ने भयो । गोरखापत्र दैनिकमा समाचार छ…

Read More

काठमाडौं – गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरूले आज बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय अगाडि कालो ब्यानर टाँगेका छन् । यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरू घाइते भएका थिए । गभर्नरको गलत नीतिका कारण अर्थ व्यवस्था सङ्कटपूर्ण अवस्थामा पुगेको, उनको शैक्षिक योग्यमा प्रश्न उठेको र एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै काँग्रेस र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनहरूले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै आएका छन् । नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेविसंघ, नेकपा माओवादी केन्द्रको…

Read More

काठमाडौं – आज बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो। यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ छ। हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो।हिजो मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो। यसैगरी,…

Read More

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइने दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजदेखि शुरु हुँदैछ। आज बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ।प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछन् ।प्रशिक्षण आज र भोलि सञ्चालन हुनेछ। जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने प्रवक्ता जग्ननाथ खतिवडाले बताए।

Read More