धनगढी: कैलालीको धनगढीस्थित क्याम्पस रोडमा हिजो राति साढे १० बजे एक सामान्य दुर्घटना भयो। गाडीले पार्किङ गरिराखेका २ ओटा मोटरसाइकल ठोकेको थियो। सरकारी नम्बर प्लेटको उक्त गाडी सुदूरपश्चिम प्रदेश अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रहेको खुलेको छ। मदिरामा लट्ठ परेका चालक डम्बर थापाले ब्याक गर्नेबेला एक फार्मेसी बाहिर पार्किङ गरेका २ मोटरसाइकललाई ठोकेको प्रहरीले जनाएको छ। तर, प्रहरीले भने चालकलाई छाडेर गाडी मात्रै नियन्त्रणमा लिएको छ।
Author: महेन्द्रनगर पोष्ट
दार्चुला: दार्चुलामा अनुत्तीर्ण भएका विद्यार्थीको कपि पुनः परिक्षण गर्दा प्रथम भएको खबर आएको छ।जिल्लाको मालिकार्जुन गाउँपालिका ५ का एक विद्यार्थी कक्षा ८ को परीक्षामा अनुत्तीर्ण भएपछि पुनःपरीक्षण गराउँदा कक्षा प्रथम भएका हुन्। वडा नं ५ स्थित कृष्ण मावि डाँडाकोटमा अध्ययनरत निरज लोहार कक्षाका राम्रै विद्यार्थी भएपनि परीक्षाफल आउँदा उनी अनुत्तीर्ण भएका थिए। कक्षा ८ मा फेल भएपछि उनले आत्महत्या गर्ने भनेपछि उनको उत्तरपुस्तिका पुनःपरीक्षण गरिएको थियो।उत्तरपुस्तिका पुनः परीक्षण गरेपछि निरज कक्षा प्रथम भएका कृष्ण मावि डाँडाकोटका प्रधानाध्यापक श्याम गिरीले बताए। निरजका बुवा भोजराम लुहारले छोराको नतिजा आएपछि उत्तरपुस्तिका पुनः परीक्षणका लागि विद्यालयसंग आग्रह गरेका थिए। मालिकार्जुन गाउँपालिकाले सञ्चालन गरेको कक्षा ८ को…
डोटी: डोटीका ६५ वडामध्ये ३३ वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ। जिल्लाका ९ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ। ६ वडा रहेको पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए। यस्तै जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका ४ वडामा सचिव छैनन्। ९ वडा रहेको नगरपालिकामा वडा नम्बर ५, ७, ८, ९ सचिवविहीन छन्।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताए। ११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वडामा सचिव छैनन्। वडामा सचिव नहुँदा एउटै व्यक्तिले २ वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…
बैतडी: राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक महिला डिएसपी आउने भएकी छिन्। प्रहरी नायब उपरीक्षक अर्चना सिन्हा सरुवा भएर बैतडी आउने भएकी हुन्। राष्टिय अनुसन्धान विभाग जिल्ला कार्यालय बैतडीका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरीको दुई महिनामै सरुवा भएपछि अर्चना सिन्हा प्रमुखका रुपमा आउने आउँदैछिन्।
काठमाडौं: बारा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन्। जसपा अध्यक्ष यादवले १० हजार १९९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ८०६ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। नेकपा एमालेका पुरुषोत्तम पौडेल ४ हजार ११ मतसहित तेस्रो स्थानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
कैलाली: सुदूरपश्चिम प्रदेशलाई आवश्यक पाठ्यपुस्तकमध्ये करिब ८० प्रतिशत पाठ्यपुस्तक प्रदेशमा आइपुगेको छ। अहिलेसम्म १४ लाख थान पाठ्यपुस्तक आएर सम्बन्धित जिल्लामा धमाधम ढुवानी भइरहेको धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ। केन्द्रमार्फत कक्षा ६ देखि १२ कक्षासम्मको पुस्तक वितरण भइरहेको छ। १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक भने निजी प्रकाशनले ढुवानी गरिरहेका छन्। नयाँ शैक्षिक सत्र अगावै विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुर्याउने सरकार र केन्द्रको नीति अनुरुप विभिन्न जिल्लाहरुमा पुस्तक पठाइरहेको केन्द्रका धनगढी प्रमुख ध्रुवराज पन्तले बताए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरुलाई प्राथमिकतामा राखेर चैत २६ गतेबाट पुस्तक सम्बन्धित जिल्लामा पठाउने कार्य भइरहेको छ। दुर्गम जिल्लाहरु बाजुरा, दार्चुला, बझाङ र…
काठमाडौं: चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित निश्चित भएको छ। हालसम्म ५६ हजार ४ सय ९६ मत गणना भइसकेको छ भने लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्। चितवन-२ मा आइतबार भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो। अब २१ हजार ७८१ मत मात्र गन्न बाँकी छ। तर लामिछानेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग मतान्तर ३२ हजार ६१२ बनाइसकेका छन् अर्थात् गन्न बाँकी मतभन्दा मतान्तर बढी भइसकेको छ। यस हिसाबले रास्वपा सभापति लामिछानको जित पक्का भइसकेको छ।
काठमाडौँ: आज त्रिभुवन विमानस्थल खुल्नुअघि नियमित धावनमार्ग जाँच गर्ने क्रममा मरेको चरा भेटिएको छ। सोमबार राति फ्लाई दुबईको जहाजमा उक्त चरा ठोक्किएर आगो लागेको हुन सक्ने विमानस्थलका अधिकारीहरूले आशंका गरेका छन्। धावनमार्गमा भेटिएको चरा भँगेरा भन्दा केही ठूलो आकारको रहेको छ । तर कुन प्रजातिको चरा हो भन्ने एकिन नभइसकेको उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको इन्जिनमा आगोको लप्का देखिएको थियो। आगोसगै आसपासका मान्छेके ठुलै आवाज समेत सुनेका थिए। एफजेट–५७५ उडान नम्बरको जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई ‘आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको जानकारी दिएका थिए । उनीहरूले टावरका एटीसीलाई जहाज एउटा इन्जिनको भरमा…
धनगढीः हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। यस्तै राती कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
काठमाडौं: तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। प्रतिनिधि सभाको उपनिर्वाचनमा वाग्ले फराकिलो मतान्तरले निर्वाचित भएका हुन्। वाग्लले ३४ हजार ९४१ मत प्राप्त गर्दा निटकटम प्रतिद्धन्द्धी नेपाली काग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन्। वाग्ले र भट्टराईबीच १४ हजार ७९७ मतान्तर रहेको छ। त्यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएर तेस्रो स्थानमा छन्। राप्रपाकी शोभा गुरु«ले २१८ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत प्राप्त गरेका छन्।